• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असोज २६, २०८३ Mon, Oct 12, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

नेकपामा सकस : बैठक एकतर्फी स्थगनपछि चिढिए प्रचण्ड-नेपाल, नेताहरु बालुवाटारमा

64x64
नेपाल लाइभ मंगलबार, साउन १३, २०७७  ११:२८
1140x725
फाइल फोटो: नेकपा स्थायी कमिटी बैठक

काठमाडौं- आज बस्ने भनिएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठकका लागि सदस्यहरु बालुवाटार प्रवेश गरेका छन्। यद्यपि, बैठक भने स्थगित भएको सूचना सार्वजनिक भएको छ।

केपी ओली पक्षले एकलौटी ढंगले बैठक स्थगित गरेको भन्दै पुष्पकमल दाहाल प्रचण्ड तथा माधव नेपाल पक्षले भने बैठक बस्ने बताएका छन्। यो समूहका नेताहरुले अब पनि बैठक नबसेर पार्टीलाई अनिर्णयको बन्दी बनाउन नसकिने भन्दै केही दिनयता आजको बैठक भने बस्ने बताउँदै आएको थियो।

'एकलौटी ढंगले बैठक स्थगित गरियो। हामीले बैठक चलाउँछौँ। पार्टीमा कुनै परामर्श नगरी स्थगित गरियो। यसरी बैठक स्थगित गरेर हुँदैन। पार्टीलाई अनिर्णयको बन्दी बनाउन मिल्दैन', एक स्थायी कमिटी सदस्यले भने।

नेता माधवकुमार नेपालले ओलीले एकतर्फी रुपमा बैठक रोक्न खोज्दैमा नराेकिने भन्दै प्रचण्डसँग सल्लाह गरेर बैठक चलाउने बताए।

बैठकमा भाग लिन प्रचण्ड, झलनाथ खनाल, माधव नेपाल, नारायणकाजी श्रेष्ठ, मातृका यादव, गणेश साह, युवराज ज्ञवाली, हरिबोल गजुरेल, मुकुन्द न्यौपाने लगायतका नेताहरु बालुवाटार प्रवेश गरिसकेका छन्।

Ncell 2
Ncell 2
nimb
nimb

स्थायी कमिटीमा प्रचण्ड पक्षका १९ जना सदस्य छन्। माधव नेपाल तथा झलनाथ खनाल पक्षका १५ जना सदस्य छन्। त्यस्तै, केपी ओलीका पक्षमा ११ जना मात्रै छन्।

पटकपटक स्थगित
असार १० गतेदेखि स्थायी कमिटी बैठक सुरु भएको थियो। पहिलो दिन अध्यक्ष ओली र प्रचण्डले मात्रै धारणा राखेर १२ गतेसम्म बैठक स्थगित भयो। असार १२ गते बसेको बैठक असार  १४ र १५ गते स्थगित भयो। १६ गते बैठक सुरु भयो।

असार १६, १७ र १८ गते स्थायी कमिटी बैठक बसी १९ गते स्थगित गरी २० गतेका लागि बैठक  बोलाइयो। पार्टीमा सहमति हुन नसकेपछि पुनः असार २२ गतेसम्मका लागि स्थगित भयो। असार २२ गते बैठक बस्न नसकेपछि २४ गतेका लागि बोलाइयो। फेरि असार २४ गते पनि बैठक बस्न नसकेपछि असार २६ गतेका लागि तय भएको थियो।

Xtrem
Xtrem

असार २६ गते बाढी पहिरो आएको भन्दै साउन २ गते बिहान ११ बजे बैठक बोलाइयो। शुक्रबार बिहान ११ बजे बैठक बस्न नसकेपछि दिउँसो ३ बजेका लागि बैठक सारियो। ३ बजे पनि बैठक बस्न नसकेपछि आइतबार दिउँसो ४ बजेसम्मका लागि बैठक स्थगित भयो।

साउन ४ गते बैठक बस्न नसकेपछि साउन ६ गते बिहान ११ बजे बस्ने तय भयो। बिहान ११ बजे बैठक बस्न नसकेपछि दिउँसो एक बजे बैठक बोलाएपनि एक घण्टा बस्न नपाउँदै बाढीपहिरोबाट जनधनको क्षति भएकाले साउन १३ गतेसम्मलाई बैठक स्थगित गरिएको थियो।

प्रकाशित मिति: मंगलबार, साउन १३, २०७७  ११:२८
  • #नेकपा
  • #स्थायी_कमिटी

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
कांग्रेस महाधिवेशन : खुला सहमहामन्त्रीमा रामहरि खतिवडाको अग्रता
पदमा नरहेपनि पार्टी र जनताको सेवामा निरन्तर लागिरहनेछु : डा.सुनिल शर्मा
प्रस्तावित राजदूतको संसदीय सुनुवाइ प्रक्रिया सुरु
सम्बन्धित सामग्री
कांग्रेस महाधिवेशन : खुला सहमहामन्त्रीमा रामहरि खतिवडाको अग्रता पछिल्लो मतपरिणामअनुसार रामहरि खतिवडा ९१७ मतसहित अग्रस्थानमा छन्। सोमबार, असोज २६, २०८३
पदमा नरहेपनि पार्टी र जनताको सेवामा निरन्तर लागिरहनेछु : डा.सुनिल शर्मा सामाजिक सञ्जालमार्फत उनले महाधिवेशनबाट निर्वाचित सम्पूर्ण पदाधिकारीलाई बधाई दिँदै आफूलाई विश्वास गरेर मत दिने महाधिवेशन प्रतिनिधि तथ... सोमबार, असोज २६, २०८३
प्रस्तावित राजदूतको संसदीय सुनुवाइ प्रक्रिया सुरु सङ्घीय संसद्को संसदीय सुनुवाइ समितिले आज उजुरीकर्ताहरूलाई समितिमा आमन्त्रण गरी छलफल गर्ने कार्यसूची तय गरेको हो। सोमबार, असोज २६, २०८३
ताजा समाचारसबै
कांग्रेस महाधिवेशन : खुला सहमहामन्त्रीमा रामहरि खतिवडाको अग्रता सोमबार, असोज २६, २०८३
पदमा नरहेपनि पार्टी र जनताको सेवामा निरन्तर लागिरहनेछु : डा.सुनिल शर्मा सोमबार, असोज २६, २०८३
प्रस्तावित राजदूतको संसदीय सुनुवाइ प्रक्रिया सुरु सोमबार, असोज २६, २०८३
मुगुमा पहिरोले एक्स्काभेटरसहित चालक पुरिए, सहचालक घाइते सोमबार, असोज २६, २०८३
विश्वव्यापी गरिबी बढेर एक अर्ब २० करोड पुग्यो सोमबार, असोज २६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
कांग्रेस महाधिवेशन : ६ हजार मतगणना हुँदा उपसभापतिमा चन्द्रकान्त र महामन्त्रीमा प्रदीप पौडेलको अग्रता आइतबार, असोज २५, २०८३
बुढीगण्डकी बाढी : यी हुन् भेडीगोठबाट सम्पर्कविहीन भएका ५ जना आइतबार, असोज २५, २०८३
कांग्रेस उपसभापतिमा भण्डारी र महामन्त्रीमा पाैडेलको अग्रता कायमै [अपडेट] आइतबार, असोज २५, २०८३
कांग्रेस सहमहामन्त्री र केन्द्रीय सदस्यको मतगणना सुरु आइतबार, असोज २५, २०८३
विद्यालयको प्रधानाध्यापकमाथि कुटपिट गर्ने २ जना नियन्त्रणमा आइतबार, असोज २५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्