काठमाडौं–नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक स्थगनको निर्णयपछि असन्तुष्ट प्रचण्ड–नेपाल समूहले बैठक गरेरै छाड्ने बताइरहेका बेला रक्षामन्त्री इश्वर पोखरेल बालुवाटार प्रवेश गरेका छन्।
आज ११ बस्ने तय भएको स्थायी कमिटी बैठक स्थगित गरिए पनि अर्को मिति तोकिएको छैन।
नेकपा सचिवालयले अध्यक्षद्वयका बीचमा परामर्श एवम् गृहकार्य हुन बाँकी रहेको बैठक स्थगित गरिएको र अध्यक्षद्वयबीच परामर्श भएपछि बैठकको सूचना जारी गरिने जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।