काठमाडौं–नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमले पार्टी टुक्रनबाट रोक्न भन्दै दुवै अध्यक्षसमक्ष ६ बुँदे प्रस्ताव प्रस्तुत गरेका छन्।
उनले केपी ओली एकता महाधिवेशनसम्म अध्यक्ष र प्रतिनिधिसभाको यस कार्यकालको बाँकी अवधिभर प्रधानमन्त्री रहने तथा अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ एकता महाधिवेशनसम्म सम्पूर्ण कार्यकारी अधिकारसहित अध्यक्षको जिम्मेवारीमा रहने प्रस्ताव गरेका छन्।
यस्तै, पार्टीको एकता महाधिवेशन सहमतिमा आयोजना गर्ने र प्रधानमन्त्रीका दैनन्दिन कामहरुमा पार्टीले हस्तक्षेप गर्न नहुने नेता गौतमको प्रस्ताव छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।