• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज ३०, २०८३ Fri, Oct 16, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अटो

स्वास्थ्य मापदण्डको खिल्ली उडाउँदै यातायात सञ्चालन [मापदण्डको विवरणसहित]

विभाग भन्छ : अनुगमन निरन्तर छ, तोकिएको मापदण्ड पुरा नगरेको पाइएमा स्पटमै कारबाही गर्छौं
64x64
शिव बोहरा मंगलबार, साउन १३, २०७७  १३:५२
1140x725

काठमाडौं–सरकारले असार २६ गतेदेखि स्वास्थ्यको मापदण्ड पुरा गरेर जिल्लाभित्र सार्वजनिक यातायात सञ्चालन गर्न दिने निर्णय गरे पनि व्यवसायीहरुले त्यस्ता मापदण्ड बेवास्ता गरेको पाइएको छ। व्यवसायीहरुले भाडा असुलीका लागि वैकल्पिक सुरक्षा उपाय अवलम्बन गरेका छैनन् भने उपत्यकाभित्र सञ्चालित बसहरुले स्वास्थ्य मापदण्डलाई बेवास्ता गर्दै अर्को जिल्लाका यात्री बोक्ने गरेका छन्।

सरकारको असार २६ को निर्णयपछि केही सवारी कम्पनीहरुले दुई दिनपछि उपत्यकामा बस चलाउन थाले। तर नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले भने यात्रु, चालक तथा सहचालकको सुरक्षा, बैंकको ब्याज, पुनर्कर्जालगायतको विषयलाई लिएर गाडी चलाएन। 

सरकारसँग विभिन्न चरणमा छलफलपछि साउन ८ देखि महासंघ मातहतका सबै सार्वजनिक सवारीसमेत सञ्चालनमा आए। सरकारले कोरोना संक्रमण जोखिमका कारण लगाइएको लकडाउन कायम रहुन्जेल साविक भाडादरमा ५० प्रतिशत बढी भाडा लिन पाउने निर्णय गर्‍यो। 

त्यस्तै साउन ५ मा बसेको मन्त्रिपरिषद् बैठकले भदौ १ गतेबाट छोटो, मध्यम र लामो दूरीका सबै खाले सार्वजनिक यात्रुबाहक सवारी साधन चलाउन अनुमति दिने निर्णय गरेको छ। यातायात व्यवसायीले अन्तर जिल्लामात्र नभई मध्यम तथा लामो दूरीका सवारीसाधन चल्न दिनुपर्ने माग गर्दै आएका थिए। 

सरकार र व्यवसायीबीच भाडा असुलीका लागि वैकल्पिक उपाय अवलम्बन गर्ने सहमति भएको थियो। सकभर भाडा भुक्तानीका लागि मोबाइल बेस्ड स्क्यान एन्ड पे वा कन्ट्याक्टलेस कार्ड, अनलाइन तथा इलेक्ट्रिोनिक भुक्तानी, भाडा भुक्तानीका लागि यात्रुहरुले टिकट काउन्टरबाट एकपटक वा धेरै पटक वा कुनै अवधिका लागि मान्य हुने टिकट किन्न सक्ने व्यवस्था गर्ने, सकभर भाडा असुलीमा प्रत्यक्ष नगदको प्रयोग नगर्ने सहमति भएको थियो। तर हाल उपत्यकालगायत अन्य जिल्लामा सञ्चालित कुनै पनि सवारीले भाडा लिँदा त्यस्तो व्यवस्था अवलम्बन गरेका छैनन्। 

हाल सञ्चालनमा रहेका सवारी साधनले स्वास्थ्य मापदण्ड पुरा गरेका छैनन् भने लिनुपर्ने भाडा २१ रुपैयाँ भए पनि चढ्ने बित्तिकै २५ रुपैयाँ लिँदै आएका छन्। विभागले भने आफूहरुले अनुगमनलाई तिब्रता दिएको दाबी गरेको छ। ‘हामीले विभागकै अनुगमन टोली बनाएर अनुगमन गरिरहेका छौं,’ यातायात व्यवस्था विभागका महानिर्देशक गोगनबहादुर हमालले भने, ‘सञ्चालनमा रहेका यात्रुबाहक सवारीले स्वास्थ्य मापदण्ड पालना गरे नगरेको, तोकिएभन्दा बढी भाडा लिएको विषयमा अनुगमन गर्न ट्राफिक प्रहरी र सम्बन्धित जिल्लाका सिडिओहरुलाई समेत भनेका छौं।’ 

अनुगमन निरन्तर जारी राखिएकाले तोकेको मापदण्ड पुरा नगरेको पाइएमा स्पटमै कारबाही गरिरहेको हमालको भनाइ छ। ‘हामीले विशेषगरी, कडाभन्दा बढी कारबाही गर्न ट्राफिक प्रहरीलाई निर्देशन दिएका छौं,’ उनले भने, ‘नियमानुसार नभए त्यस्ता सवारीलाई दिनभर होल्ड गरेर साँझमात्र छाड्ने गरिएको छ।’ 

उपत्यका भित्रने नाकामा भीड 

Ncell 2
Ncell 2
nimb
nimb

उपत्यका भित्रने नाकाहरुमा उपत्यका भित्रन चाहने यात्रुको भीड नै लाग्ने गरेको छ। एक जिल्लाभित्र मात्र सार्वजनिक यात्रुबाहक बस चल्न पाउने व्यवस्थाका कारण काभ्रे, नुवाकोट, धादिङलगायत जिल्लाबाट काठमाडौं, भक्तपुर तथा ललितपुरको सिमानामा बसले ल्याएर छाड्ने र त्यहाँबाट उपत्यकाका विभिन्न गन्तव्य पुर्‍याउने गरेका छन्। उपत्यकाभित्र सञ्चालित बसहरुले सीमा छेउबाट सुरक्षा मापदण्डलाई बेवास्ता गर्दै खचाखच यात्रु बोक्ने गरेका छन्।

त्यसरी खचाखच यात्रु ल्याउँदासमेत बसहरुले ५० प्रतिशत बढी भाडा लिइरहेका छन्। यातायात व्यवस्था विभागले अनुगमनलाई तिब्रता दिएको बताए पनि त्यसरी यात्रु बोक्ने क्रम रोकिएका छैनन्। 

यातायात व्यवसायी, मजदूर संगठन तथा यातायात व्यवस्था विभागबीचको वार्तामा सार्वजनिक यात्रुबाहक सवारी साधन चलाउँदा अवलम्बन गर्नुपर्ने विभिन्न बुँदाहरु तय गरिएको थियो। 

यस्ता छन् सार्वजनिक बस चलाउँला अवलम्बन गर्नुपर्ने स्वास्थ्य मापदण्डहरुः

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

जनचेतना अभिवृद्धिः यात्रु वर्ग वा सेवामा संलग्न कर्मचारीहरुका लागि कोभिड–१९ प्रकोपको जोखिमसम्बन्धी आधारभूत ज्ञान तथा जोखिम न्यूनीकरणका उपायसम्बन्धी जनचेतना अभिवृद्धि गर्ने, मास्क लगाउने, हात स्यानिटाइजर वा साबुन पानीले धुने, जताततै नछुने र नथुक्ने, सामाजिक दूरीसम्बन्धी, भाडा तिर्नका लागि गरिएको व्यवस्था, बस बिसौनीमा पर्खने र ओर्लने तरिका निश्चित गरिने। 

यात्रु सिटको सरसफाइ तथा निर्मालीकरणः यात्रुले एकपटक सवारी साधन प्रयोग गरेपछि सिट सरसफाइ

सामाजिक दूरी : यात्रु–यात्रुबीचको सामाजिक दूरी कायम गर्नका लागि यात्रुबाहक सवारी साधनको क्षमता अनुसार अधिकतम यात्रु संख्या निर्धारण गर्ने र ले–आउट सोहीअनुरुप बनाउने।

यातायात सञ्चालनको समय तालिकाः सवारी साधनहरुको सञ्चालनपूर्व सिट निर्धारण र समय तालिका तयार गरि बस स्टपहरुमा राख्ने।

यातायात सेवामा कार्यरत कर्मचारीको स्वास्थ्यको नियमित परीक्षणः प्रत्येक खेप सुरु हुने बेलामा वा दिनमा कम्तिमा दुईपटक निजको शरीरको तापक्रम मापन गर्नका लागि प्रत्येक बसमा थर्मल गनको व्यवस्था गर्ने।

यात्रुहरुका लागि स्यानिटाइजर उपलब्ध गराउने : सह–चालक वा यातायात सेवाका अन्य कर्मचारीले सवारीमा प्रवेश गर्ने बेलामा दुवै हातमा स्यानिटाइजर लगाएर सफा गर्ने व्यवस्था मिलाउने।

भाडा असुलीका लागि वैकल्पिक उपाय अवलम्बन गर्ने : सकभर भाडा भुक्तानीका लागि मोबाइल बेस्ड स्क्यान एन्ड पे वा कन्ट्याक्टलेस कार्ड, अनलाइन तथा इलेक्ट्रिोनिक भुक्तानी, भाडा भुक्तानीका लागि यात्रुहरुले टिकट काउन्टरबाट एकपटक वा धेरै पटक वा कुनै अवधिका लागि मान्य हुने टिकट किन्न सक्ने व्यवस्था गर्ने। सकभर भाडा असुलीमा प्रत्यक्ष नगदको प्रयोग नगर्ने।
सवारी साधनभित्र फोहर फाल्न छोप्न मिल्ने खालको डस्टबिन राख्ने र प्रत्यक खेपपछि त्यसको सफाइ गर्ने।

चालक कक्ष र यात्रु कक्षलाई उपयुक्त खालको प्लाइ बोर्ड वा ग्लास वा फाइबर बोर्ड वा बाक्लो खालको प्लास्टिक सिटद्वारा छुट्याउने।

सवारी साधनभित्र कोभिड–१९ सम्बन्धी सावधानीका सन्देश तथा सतर्कतासम्बन्धी जनचेतनामूलक सामग्री तयार गरि टाँस्ने।

सवारी चालक, सहचालक वा व्यवस्थापकमा शंकास्पद कोभिड–१९ को लक्षण देखिएमा सम्बन्धित निकायमा सूचना दिने र स्वास्थ्य परीक्षणको व्यवस्था मिलाउने।

सवारी चालक र सहचालकका लागि मास्क, ग्लोब, भाइजर र स्यानिटाइजर उपलब्ध गराउने।

बस टर्मिनल/बस बिसौनीमा साबुन पानी र स्यानिटाइजर राख्ने र कोभिड–१९ सम्बन्धी जनचेतनामूलक सामग्री राख्ने।
अनुगमनमा खटिने ट्राफिक प्रहरी वा कर्मचारीलाई मास्क, स्यानिटाइजर, ग्लोब, भाइजर उपलब्ध गराउने।

कुनै यात्रुमा कोभिड–१९ को संकास्पद लक्षण देखिएमा सम्बन्धित निकायमा खबर गर्ने व्यवस्था गरिएको छ।

प्रकाशित मिति: मंगलबार, साउन १३, २०७७  १३:५२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
शिव बोहरा
बोहरा नेपाल लाइभका वरिष्ठ संवाददाता हुन्।
लेखकबाट थप
चक्रपथको दोस्रो खण्ड विस्तार : महाराजगञ्जलाई छोडेर अन्यत्र काम अघि बढाउन चीनलाई आग्रह
मोटरसाइकल कार्यालयको आफ्नै भवन बन्‍न नदिन यातायात विभागको भाँजो
लय समात्‍ने प्रयासमा निर्माण क्षेत्र, रुग्ण आयोजना समस्यामै
सम्बन्धित सामग्री
दशैं–तिहारमा यती एअरलाइन्सबाट यात्रा गर्दा पुजो ज्याङ्गो स्कुटर जित्ने मौका यस अभियानअन्तर्गत यात्रुहरूले बम्पर उपहारमा आकर्षक पुजो ज्याङ्गो स्कुटर जित्ने अवसर पाउनेछन् । अग्नि मोटो इन्कको प्रायोजनमा सञ्चालन... बिहीबार, असोज २९, २०८३
होण्डाको दशैं अफर : बाइक–स्कुटर किन्दा १ लाखसम्म जित्ने मौका नेपालका लागि होण्डाको आधिकारिक वितरक स्याकार ट्रेडिङ कम्पनीले ‘यो दशैं, आशाको सुरुवात’ योजना ल्याएको हो। योजनाअन्तर्गत नयाँ होण्डा ब... मंगलबार, असोज १३, २०८३
२०२६ को पहिलो ६ महिनामा हुवावे विश्वकै नम्बर १ स्मार्टवाच ब्रान्ड कम्पनीका अनुसार यस उपलब्धिले विश्वव्यापी पहिरनयोग्य प्रविधिको बजारमा हुवावेको स्थान थप बलियो बनाएको छ। नयाँ प्रविधिको विकास र विभिन्... आइतबार, असोज ४, २०८३
ताजा समाचारसबै
यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य शुक्रबार, असोज ३०, २०८३
भोटेकोशी बाढीले विदुरको खानेपानी योजना ध्वस्त, ३० हजारभन्दा बढी प्रभावित शुक्रबार, असोज ३०, २०८३
गण्डकीबाट कांग्रेस केन्द्रीय सदस्यमा किरणबाबु श्रेष्ठसहित तीन जना निर्वाचित शुक्रबार, असोज ३०, २०८३
जलवायु सङ्कटबाट प्रभावित नेपाललाई थप वित्तीय सहयोग गर्न कार्कीले अन्तर्राष्ट्रिय समुदायसँग गरे आग्रह शुक्रबार, असोज ३०, २०८३
दशैं मनाउन गाउँ फर्किने यात्रुको चाप बढेसँगै बनेपा–काभ्रे सडकखण्डमा जाम (तस्बिर) शुक्रबार, असोज ३०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
खगेन्द्र सुनारले दिए पार्टीलाई जवाफ, के छ अनुशासन आयोगलाई पठाइएको पत्रमा ? बिहीबार, असोज २९, २०८३
न्यायाधीश बम हत्याका फरार प्रतिवादी थापा पक्राउ, दुई पेस्तोल र १५ राउन्ड गोली बरामद बिहीबार, असोज २९, २०८३
जब ट्रक घरभित्र पस्यो... बिहीबार, असोज २९, २०८३
कांग्रेसकाे पेशागत केन्द्रीय सदस्य घिमिरे र अधिकारी निर्वाचित बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्