• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, माघ ५, २०८२ Mon, Jan 19, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अटो

स्वास्थ्य मापदण्डको खिल्ली उडाउँदै यातायात सञ्चालन [मापदण्डको विवरणसहित]

विभाग भन्छ : अनुगमन निरन्तर छ, तोकिएको मापदण्ड पुरा नगरेको पाइएमा स्पटमै कारबाही गर्छौं
64x64
शिव बोहरा मंगलबार, साउन १३, २०७७  १३:५२
1140x725

काठमाडौं–सरकारले असार २६ गतेदेखि स्वास्थ्यको मापदण्ड पुरा गरेर जिल्लाभित्र सार्वजनिक यातायात सञ्चालन गर्न दिने निर्णय गरे पनि व्यवसायीहरुले त्यस्ता मापदण्ड बेवास्ता गरेको पाइएको छ। व्यवसायीहरुले भाडा असुलीका लागि वैकल्पिक सुरक्षा उपाय अवलम्बन गरेका छैनन् भने उपत्यकाभित्र सञ्चालित बसहरुले स्वास्थ्य मापदण्डलाई बेवास्ता गर्दै अर्को जिल्लाका यात्री बोक्ने गरेका छन्।

सरकारको असार २६ को निर्णयपछि केही सवारी कम्पनीहरुले दुई दिनपछि उपत्यकामा बस चलाउन थाले। तर नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले भने यात्रु, चालक तथा सहचालकको सुरक्षा, बैंकको ब्याज, पुनर्कर्जालगायतको विषयलाई लिएर गाडी चलाएन। 

सरकारसँग विभिन्न चरणमा छलफलपछि साउन ८ देखि महासंघ मातहतका सबै सार्वजनिक सवारीसमेत सञ्चालनमा आए। सरकारले कोरोना संक्रमण जोखिमका कारण लगाइएको लकडाउन कायम रहुन्जेल साविक भाडादरमा ५० प्रतिशत बढी भाडा लिन पाउने निर्णय गर्‍यो। 

त्यस्तै साउन ५ मा बसेको मन्त्रिपरिषद् बैठकले भदौ १ गतेबाट छोटो, मध्यम र लामो दूरीका सबै खाले सार्वजनिक यात्रुबाहक सवारी साधन चलाउन अनुमति दिने निर्णय गरेको छ। यातायात व्यवसायीले अन्तर जिल्लामात्र नभई मध्यम तथा लामो दूरीका सवारीसाधन चल्न दिनुपर्ने माग गर्दै आएका थिए। 

सरकार र व्यवसायीबीच भाडा असुलीका लागि वैकल्पिक उपाय अवलम्बन गर्ने सहमति भएको थियो। सकभर भाडा भुक्तानीका लागि मोबाइल बेस्ड स्क्यान एन्ड पे वा कन्ट्याक्टलेस कार्ड, अनलाइन तथा इलेक्ट्रिोनिक भुक्तानी, भाडा भुक्तानीका लागि यात्रुहरुले टिकट काउन्टरबाट एकपटक वा धेरै पटक वा कुनै अवधिका लागि मान्य हुने टिकट किन्न सक्ने व्यवस्था गर्ने, सकभर भाडा असुलीमा प्रत्यक्ष नगदको प्रयोग नगर्ने सहमति भएको थियो। तर हाल उपत्यकालगायत अन्य जिल्लामा सञ्चालित कुनै पनि सवारीले भाडा लिँदा त्यस्तो व्यवस्था अवलम्बन गरेका छैनन्। 

हाल सञ्चालनमा रहेका सवारी साधनले स्वास्थ्य मापदण्ड पुरा गरेका छैनन् भने लिनुपर्ने भाडा २१ रुपैयाँ भए पनि चढ्ने बित्तिकै २५ रुपैयाँ लिँदै आएका छन्। विभागले भने आफूहरुले अनुगमनलाई तिब्रता दिएको दाबी गरेको छ। ‘हामीले विभागकै अनुगमन टोली बनाएर अनुगमन गरिरहेका छौं,’ यातायात व्यवस्था विभागका महानिर्देशक गोगनबहादुर हमालले भने, ‘सञ्चालनमा रहेका यात्रुबाहक सवारीले स्वास्थ्य मापदण्ड पालना गरे नगरेको, तोकिएभन्दा बढी भाडा लिएको विषयमा अनुगमन गर्न ट्राफिक प्रहरी र सम्बन्धित जिल्लाका सिडिओहरुलाई समेत भनेका छौं।’ 

अनुगमन निरन्तर जारी राखिएकाले तोकेको मापदण्ड पुरा नगरेको पाइएमा स्पटमै कारबाही गरिरहेको हमालको भनाइ छ। ‘हामीले विशेषगरी, कडाभन्दा बढी कारबाही गर्न ट्राफिक प्रहरीलाई निर्देशन दिएका छौं,’ उनले भने, ‘नियमानुसार नभए त्यस्ता सवारीलाई दिनभर होल्ड गरेर साँझमात्र छाड्ने गरिएको छ।’ 

उपत्यका भित्रने नाकामा भीड 

Ncell 2
Ncell 2

उपत्यका भित्रने नाकाहरुमा उपत्यका भित्रन चाहने यात्रुको भीड नै लाग्ने गरेको छ। एक जिल्लाभित्र मात्र सार्वजनिक यात्रुबाहक बस चल्न पाउने व्यवस्थाका कारण काभ्रे, नुवाकोट, धादिङलगायत जिल्लाबाट काठमाडौं, भक्तपुर तथा ललितपुरको सिमानामा बसले ल्याएर छाड्ने र त्यहाँबाट उपत्यकाका विभिन्न गन्तव्य पुर्‍याउने गरेका छन्। उपत्यकाभित्र सञ्चालित बसहरुले सीमा छेउबाट सुरक्षा मापदण्डलाई बेवास्ता गर्दै खचाखच यात्रु बोक्ने गरेका छन्।

त्यसरी खचाखच यात्रु ल्याउँदासमेत बसहरुले ५० प्रतिशत बढी भाडा लिइरहेका छन्। यातायात व्यवस्था विभागले अनुगमनलाई तिब्रता दिएको बताए पनि त्यसरी यात्रु बोक्ने क्रम रोकिएका छैनन्। 

यातायात व्यवसायी, मजदूर संगठन तथा यातायात व्यवस्था विभागबीचको वार्तामा सार्वजनिक यात्रुबाहक सवारी साधन चलाउँदा अवलम्बन गर्नुपर्ने विभिन्न बुँदाहरु तय गरिएको थियो। 

यस्ता छन् सार्वजनिक बस चलाउँला अवलम्बन गर्नुपर्ने स्वास्थ्य मापदण्डहरुः

जनचेतना अभिवृद्धिः यात्रु वर्ग वा सेवामा संलग्न कर्मचारीहरुका लागि कोभिड–१९ प्रकोपको जोखिमसम्बन्धी आधारभूत ज्ञान तथा जोखिम न्यूनीकरणका उपायसम्बन्धी जनचेतना अभिवृद्धि गर्ने, मास्क लगाउने, हात स्यानिटाइजर वा साबुन पानीले धुने, जताततै नछुने र नथुक्ने, सामाजिक दूरीसम्बन्धी, भाडा तिर्नका लागि गरिएको व्यवस्था, बस बिसौनीमा पर्खने र ओर्लने तरिका निश्चित गरिने। 

यात्रु सिटको सरसफाइ तथा निर्मालीकरणः यात्रुले एकपटक सवारी साधन प्रयोग गरेपछि सिट सरसफाइ

सामाजिक दूरी : यात्रु–यात्रुबीचको सामाजिक दूरी कायम गर्नका लागि यात्रुबाहक सवारी साधनको क्षमता अनुसार अधिकतम यात्रु संख्या निर्धारण गर्ने र ले–आउट सोहीअनुरुप बनाउने।

यातायात सञ्चालनको समय तालिकाः सवारी साधनहरुको सञ्चालनपूर्व सिट निर्धारण र समय तालिका तयार गरि बस स्टपहरुमा राख्ने।

यातायात सेवामा कार्यरत कर्मचारीको स्वास्थ्यको नियमित परीक्षणः प्रत्येक खेप सुरु हुने बेलामा वा दिनमा कम्तिमा दुईपटक निजको शरीरको तापक्रम मापन गर्नका लागि प्रत्येक बसमा थर्मल गनको व्यवस्था गर्ने।

यात्रुहरुका लागि स्यानिटाइजर उपलब्ध गराउने : सह–चालक वा यातायात सेवाका अन्य कर्मचारीले सवारीमा प्रवेश गर्ने बेलामा दुवै हातमा स्यानिटाइजर लगाएर सफा गर्ने व्यवस्था मिलाउने।

भाडा असुलीका लागि वैकल्पिक उपाय अवलम्बन गर्ने : सकभर भाडा भुक्तानीका लागि मोबाइल बेस्ड स्क्यान एन्ड पे वा कन्ट्याक्टलेस कार्ड, अनलाइन तथा इलेक्ट्रिोनिक भुक्तानी, भाडा भुक्तानीका लागि यात्रुहरुले टिकट काउन्टरबाट एकपटक वा धेरै पटक वा कुनै अवधिका लागि मान्य हुने टिकट किन्न सक्ने व्यवस्था गर्ने। सकभर भाडा असुलीमा प्रत्यक्ष नगदको प्रयोग नगर्ने।
सवारी साधनभित्र फोहर फाल्न छोप्न मिल्ने खालको डस्टबिन राख्ने र प्रत्यक खेपपछि त्यसको सफाइ गर्ने।

चालक कक्ष र यात्रु कक्षलाई उपयुक्त खालको प्लाइ बोर्ड वा ग्लास वा फाइबर बोर्ड वा बाक्लो खालको प्लास्टिक सिटद्वारा छुट्याउने।

सवारी साधनभित्र कोभिड–१९ सम्बन्धी सावधानीका सन्देश तथा सतर्कतासम्बन्धी जनचेतनामूलक सामग्री तयार गरि टाँस्ने।

सवारी चालक, सहचालक वा व्यवस्थापकमा शंकास्पद कोभिड–१९ को लक्षण देखिएमा सम्बन्धित निकायमा सूचना दिने र स्वास्थ्य परीक्षणको व्यवस्था मिलाउने।

सवारी चालक र सहचालकका लागि मास्क, ग्लोब, भाइजर र स्यानिटाइजर उपलब्ध गराउने।

बस टर्मिनल/बस बिसौनीमा साबुन पानी र स्यानिटाइजर राख्ने र कोभिड–१९ सम्बन्धी जनचेतनामूलक सामग्री राख्ने।
अनुगमनमा खटिने ट्राफिक प्रहरी वा कर्मचारीलाई मास्क, स्यानिटाइजर, ग्लोब, भाइजर उपलब्ध गराउने।

कुनै यात्रुमा कोभिड–१९ को संकास्पद लक्षण देखिएमा सम्बन्धित निकायमा खबर गर्ने व्यवस्था गरिएको छ।

प्रकाशित मिति: मंगलबार, साउन १३, २०७७  १३:५२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
शिव बोहरा
बोहरा नेपाल लाइभका वरिष्ठ संवाददाता हुन्।
लेखकबाट थप
चक्रपथको दोस्रो खण्ड विस्तार : महाराजगञ्जलाई छोडेर अन्यत्र काम अघि बढाउन चीनलाई आग्रह
मोटरसाइकल कार्यालयको आफ्नै भवन बन्‍न नदिन यातायात विभागको भाँजो
लय समात्‍ने प्रयासमा निर्माण क्षेत्र, रुग्ण आयोजना समस्यामै
सम्बन्धित सामग्री
यामाहाले गर्यो विशेष अफरहरू सहितको ‘यामाहा मेगा सर्भिस क्याम्प’ क्याम्प यहि फागुन १८ देखि २४ गतेसम्म देशभरका सबै यामाहा सेवा केन्द्रहरूमा आयोजना भएको छ । जसमा देशभरका यामाहा चालकहरूका लागि एक रोमा... मंगलबार, फागुन २०, २०८१
चारपाङ्ग्रे सवारीको आयातमा कमी, दुई पाङ्ग्रेको वृद्धि चालु आवको भदौ मसान्तसम्ममा वीरगञ्ज नाका हुँदै रु ४२ करोड ४० लाख दुई हजार मूल्यपर्ने दुई सय ३० वटा जिप, कार र भ्यान आयात भएको छ। आव २... बुधबार, असोज ९, २०८१
नाडा अटो सो: 'ब्रम्बी' गाडीमा विशेष छुट, डाक्टर र स्वास्थ्यकर्मीलाई थप अफर बीएडब्लुले बजारमा ल्याएको ब्रम्बी विद्युतीय गाडीमा नाडा ओटो सो अवधिभर गाडी बुकिङ गर्ने सबैलाई छुटको अवसर दिइएको छ। यसका साथै नेपाली... शुक्रबार, भदौ १४, २०८१
ताजा समाचारसबै
रास्वपाले काठमाडौँ १ मा रञ्जु दर्शनालाई उम्मेदवार बनाउने सोमबार, माघ ५, २०८२
देशले बालेन पायो, अब सरकारले जुनसुकै मुद्दा लगाओस् : रवि लामिछाने सोमबार, माघ ५, २०८२
म काम गर्ने मान्छे हुँ, भाषण होइन : बालेन शाह सोमबार, माघ ५, २०८२
दुर्गा प्रसाईं पोखराबाट पक्राउ सोमबार, माघ ५, २०८२
कांग्रेसबाट मोरङ- ३ मा सुनिल शर्माले पाए टिकट सोमबार, माघ ५, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
टिकट नपाएपछि विष्णु रिजालको असन्तुष्टि: ‘मालपानीका लागि हात नपसार्नु मेरो कमजोरी’ आइतबार, माघ ४, २०८२
बालेनले राजीनामा नदिने आइतबार, माघ ४, २०८२
कांग्रेस विवादमा सर्वोच्चले दिने फैसला मान्य हुन्छ, टिकट पाउनेलाई जिताउन लाग्छु : शेखर कोइराला आइतबार, माघ ४, २०८२
मंगलबारको मनोनयन सार्नुपर्छ भन्दै आयोग पुग्यो देउवा समूह आइतबार, माघ ४, २०८२
उम्मेदवारी मनोनयन दर्ताको समय एक साता सार्ने आयोगको तयारी आइतबार, माघ ४, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
टिकट नपाएपछि विष्णु रिजालको असन्तुष्टि: ‘मालपानीका लागि हात नपसार्नु मेरो कमजोरी’ आइतबार, माघ ४, २०८२
कांग्रेसको विशेष महाधिवेशन : महामन्त्रीमा पौडेल र घिमिरे चयन बुधबार, पुस ३०, २०८२
सुदूरपश्चिमका अधिकांश जिल्लामा टुङ्गायो नेकपाले उम्मेदवार, यी हुन् नाम शनिबार, माघ ३, २०८२
निर्वाचन आयोगले दियो गगन थापा नेतृत्वको कांग्रेसलाई आधिकारिकता शुक्रबार, माघ २, २०८२
गगन-विश्वसँग संवाद गर्न तयार भए देउवा सोमबार, पुस २८, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्