काठमाडौं- नेपालीहरुले एक वर्षमा करिब ५८ करोड रुपैयाँको आयातित चुइङ्गम पड्काएका छन्। नेपालीले भारतदेखि अमेरिकासम्मका चुइङ्गम आयात गरेर खाने गरेका छन्।
आर्थिक वर्ष २०७६/७७ मा ५७ करोड ९७ लाख ३४ हजार रुपैयाँको चुइङ्गम आयात भएको छ। एक वर्षमा विभिन्न ११ देशबाट १८ लाख ३३ हजार ८ सय ३४ केजी चुइङ्गम आयात भएको भन्सार विभागको तथ्यांक छ।
नेपालमा चीन, भारत, जापान, कोरिया, न्यूजिल्यान्ड, स्पेन, थाइल्यान्ड, टर्की, युएई, बेलायत र अमेरिकासहित ११ देशबाट चुइङ्गम आयात भएको तथ्यांक छ। गत वर्ष सबैभन्दा धेरै चुइङ्गम भारतबाट आयात भएको भन्सार विभागले जनाएको छ। आर्थिक वर्ष २०७६/७७ मा भारतबाट १७ लाख ९८ हजार ३ सय ९२ केजी चुइङ्गम आयात भएको हो।
त्यस्तै भारतपछि अमेरिकाबाट धेरै चुइङ्गम आयात भएको छ। अमेरिकाबाट गत वर्ष २७ हजार ५ सय ३६ केजी चुइङ्गम आयात भएको थियो। चुइङ्गम आयातबापत राज्यले गत वर्ष ४२ करोड ८ लाख ३८ हजार रुपैयाँ राजस्व उठाएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।