काठमाडौं- सुनको भाउले विश्व रेकर्ड तोडेको छ। सोमबार विश्व बजारमा सुनको कारोबार प्रतिऔन्स १९३४ डलरका कारोबार भैरहेको छ। यस अगाडि सन् २०११ मा सुनले नयाँ रेकर्ड बनाएको थियो।
सन् २०११ अगष्ट २२ मा सुनको बजार मूल्य प्रतिऔन्स १८८९.७० डलरमा कारोबार भएको थियो। त्यसयता सन् २०१५ सम्म लगातार ओरालो झर्ने क्रममा प्रतिऔन्स १०७० डलरसम्म कारोबार भयो।
सन् २०१५ देखि सुनको भाउ बढ्दो क्रममा छ। बढ्दो क्रममा रहेको सुनले आज यस अगाडिको विश्व रेकर्डलाई तोडेको हो। आज भइरहेको कारोबार पनि बढ्ने क्रममा छ।

कोभिड १९ ले विश्व अर्थतन्त्र घट्दो क्रममा छ। अमेरिकालगायतका धेरै देशमा वेरोजगार भत्ता लिनेको संख्या बढिरहेको छ। अमेरिकी डलर र अमेरिकी सेयर बजार कमजोर हुँदा लगानीकर्ताले सुनलाई रोज्छन्। पछिल्लो समय अमेरिका र इरानबीच द्वन्द्व बढ्दा सुनको भाउ बढी रहेको जानकारहरु बताउँछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।