काठमाडौं– सुनकाे मूल्य १२ सय रुपैयाँले बढेकाे छ। साताको पहिलो दिन आइतबार प्रतितोला ५ सय रुपैयाँले बढेको सुन आज (सोमबार) प्रतितोला १२ सयले बढेको हाे।
सोमबार सुनको मूल्य प्रतितोला १२ सयले बढेर ९७ हजार ५ सय रुपैयाँ निर्धारण भएको छ। यसअघि आइतबार सुनको मूल्य शुक्रबारको तुलनामा प्रतितोला ५ सय रुपैयाँले बढेको थियाे।
आइतबार सुन प्रतितोला ९६ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो। शुक्ररबार सुनको मूल्य प्रतितोला ९५ हजार ८ सय रुपैयाँ थियो।
यसैगरी चाँदी पनि प्रतितोला ५५ रुपैयाँले बढेर सोमबार १ हजार २ सय रुपैयाँ मूल्य तोकिएको छ। आइतबार चाँदीको मूल्य प्रतितोला १ हजार १ सय ५५ रुपैयाँ थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।