प्रतीकात्मक तस्बिर काठमाडौं– सरकारले कोरोना भाइरसकाे जोखिम न्यूनीकरणका लागि भन्दै जारी गरेको लकडाउनकै समयमा भारत तथा तेस्रो मुलुकबाट मात्रै पौने ३ खर्ब बरारबरको सामान आयात भएको छ। सरकारले कोरोना संक्रमण फैलिन नदिन भन्दै चैत ११ गतेबाट लकडाउन गरेको थियो।
अहिले लकडाउन खुल्ला भइसेको छ। तर, लकडाउन चैत ११ गतेबाट जारी भएपनि चैत १ गतेदेखि असार ३१ गतेसम्म ५ महिनाको अवधिमा नेपालले झन्डै ३ खर्ब बराबरोको सामान भारत तथा तेस्रो देशबाट आयात गरेको छ। भन्सार विभागले सार्वजनिक गरेको आर्थिक वर्ष २०७६/७७ को आयात तथा निर्यात विवरणअनुसार लकडानको अवधिमा मात्रै २ खर्ब ७२ अर्ब ५५ करोड ६४ लाख १८ हजार रुपैयाँ बराबरको सामान आयात भएकाे छ। योसँगै गत आर्थिक वर्षमा नेपालले ११ खर्ब ९६ अर्ब ७९ करोड ९० लाख ५३ हजार रुपैयाँ बराबरको सामान आयात गरेको छ।
गत आर्थिक वर्षको साउनदेखि फागुनसम्म मात्रै नेपालले भारत तथा तेस्रो मुलुकबाट ९ खर्ब २४ अर्ब २४ करोड २६ लाख ३५ हजार रुपैयाँ बराबरको सामान आयात गरेको थियो।
लकडाउनकै बेला सवा २१ अर्बको निर्यात
लकडाउनकै अवधिमा नेपालबाट २१ अर्ब २४ करोड ८७ लाख ५९ हजार रुपैयाँ बराबरको सामान भारत तथा तेस्रो देशमा निर्यात भएको छ।
भन्सार विभागले सार्वजनिक गरेको विवरणअनुसार आर्थिक वर्ष २०७६/७७ मा कूल ९६ अर्ब १५ करोड ७६ लाख ५ हजार रुपैयाँ बराबरको सामान नेपालबाट विश्वका विभिन्न देश पुगेका छन। तर, लकडाउन अगाडि अर्थात् फागुन मसान्तसम्ममा भने ७४ अर्ब ९० करोड ७९ लाख ४६ हजार रुपैयाँ बराबरको सामान आयात भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।