काठमाडाैं- साताको पहिलो दिन आइतबार नै सुनको मूल्य बढेको छ। आइतबार सुनको मूल्यमा शुक्रबारको तुलनामा प्रतितोला ५ सय रुपैयाँले बढेको हो।
शुक्ररबार प्रतितोला ९५ हजार ८ सय रुपैयाँ रहेको सुन आइतबार ५ सयले बढेर ९६ हजार ३ सय रुपैयाँ पुगेको हो।
यसैगरी चाँदी पनि प्रतितोला ५ रुपैयाँले बढेर आइतबार १ हजार १ सय ५५ रुपैयाँ पुगेको छ। शुक्रबार चाँदी प्रतितोला १ हजार १ सय ५० रुपैयाँमा कारोबार भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।