• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, कात्तिक ९, २०८२ Sun, Oct 26, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सुरक्षा/अपराध

निर्मला हत्याका दुई वर्ष : चार आरोप र नसुल्झिएको अनुसन्धान

64x64
नारायण अधिकारी शनिबार, साउन १०, २०७७  १४:०५
1140x725

काठमाडौं- नेपाल प्रहरीको इतिहासमा सम्भवतः धेरै प्रहरी टोलीले अनुसन्धान गरेको घटना हो, निर्मला पन्त हत्या प्रकरण। २०७५ साउन १० मा धनगढीबाट बेपत्ता भएकी १३ वर्षीया निर्मला पन्त साउन ११ गते स्थानीय उखुबारीमा भेटिएकी थिइन्। उनको हत्या भएको दुई वर्ष पूरा भएको छ तर हत्यारा पत्ता लाग्न सकेको छैन। 

कञ्चनपुरको स्थानीय प्रहरी, सिआइबीका डिएसपी अंगुर जिसी नेतृत्वको प्रहरी, सिआइबीका अर्का एसपी ठाकुर ज्ञवालीको प्रहरी टोली, एआइजी धिरु बस्न्यात नेतृत्वको प्रहरी टोली, महानगरीय प्रहरी अपराध महाशाखाको टोली, एसपी पूजा सिंह नेतृत्वको प्रहरी टोली, गृहमन्त्रालयका सहसचिव हरिप्रसाद मैनालीको अनुसन्धान टोलीलगायतले निर्मला काण्डको अनुसन्धान गरे।

तर, अनुसन्धानको निचोड निस्कन सकेको छैन। बरु अनुसन्धानमा संलग्न प्रहरी अधिकारीको जागिर नै जानेसम्म कारबाही भए यो प्रकरणमा। 

अनुसन्धानका धेरै पाटाहरुको यथार्थ अहिलेसम्म बाहिर आउन सकेका छैनन्। हल्ला र भीडको पछाडि सञ्चार माध्यम लागेको अनुसन्धानमा संलग्न प्रहरी र अन्य प्रहरीहरुले भन्दै पनि आएका छन्।

उक्त अनुसन्धानमा संलग्न प्रहरी अधिकारीलाई अहिले पनि विभिन्न आरोप लाग्दै आएको छ। आरोप लागेका प्रहरीहरुविरुद्ध अदालतमा मुद्दा समेत दायर भएको थियो। उनीहरु बयान दिँदै धरौटीमा रिहा हुँदै पनि आएका छन्। 

उनीहरुमाथि प्रमाण नष्ट गरेको, अभियुक्तलाई यातना दिएको, अनुसन्धानमा कुकुर प्रयोग नगरेको, पानी पर्दा समेत किताब नभिजेको, ओपेरा होटलको सिसी टिभी फुटेज मेटाइएको लगायतका आरोपहरु लाग्दै आएका छन्।

उक्त आरोपका पछाडि यथार्थता कति छ?, त्यसो गर्न सम्भव छ कि छैन?, प्रहरीले अपराधी जोगाउनुको पछाडि कारण के? भन्ने प्रश्नहरुको उत्तर अहिलेसम्म आएका छनैन्। यीनै कुराको अन्तरकुन्तर उजागर गर्ने प्रयास हामीले गरेका छौं।
 
आरोप नम्बर १ 
प्रमाण किन नष्ट?

बालिका निर्मलाको सुरुवाल प्रहरीले धुँदै गरेको भिडियो भाइरल नै भएको थियो, जसको चौतर्फी आलोचना समेत भयो। उक्त सुरुवाल नधोएको भए त्यहाँ के प्रमाण रहन सक्थ्यो?, सुरुवाल नधोएको भए हत्यारा पत्ता लाग्थ्यो कि लाग्दैनथ्यो? यो प्रश्नको उत्तर भने गौण बनेको छ। तर सुरुवाल धोएर प्रमाण नष्ट गरियो भन्दै प्रहरीको चौतर्फी आलोचना भयो।

यसबारे हामीले एक जना पूर्व प्रहरी अधिकारीसँग कुरा गर्न खोज्यौं। सुरुमा उनले बोल्न मानेनन्। नाम उल्लेख नगर्ने सर्तमा उनी बोल्न राजी भए। 

Ncell 2
Ncell 2

‘निर्मलाको कपडा आफैंमा प्रमाण होइन। शव नै कसको हो भन्ने पहिचान नभएको अवस्थामा शव पहिचानका लागि उक्त कपडा महत्वपूर्ण हुन्छ। अपराधीले कुनै भौतिक सबुतको रुपमा पीडितको कपडामा छोड्न सक्छ भन्ने सिद्धान्तको आधारमा निर्मला पन्तको हकमा महत्वपूर्ण बन्न सक्छ।

‘यदि सुरुवाल नै नधोएको भए पनि त्यहाँ खोजिने सबुत भनेको बलात्कारीको विर्य, रौं र रगत हो,’ उनले भने, ‘यसबाट डेभलप गर्ने भनेको डिएनए नै हो। जुन निकालिसकिएको छ। त्यसकारण सुरुवाल धोएर प्रमाण नष्ट गरेको भन्ने कुरा प्रहरीमाथि गरिएको नियोजित प्रहार हो।’

यो पनि पढ्नुहोस्

निर्मला हत्या प्रकरण : सिन्कोमा कपास बेरेर संकलन गरिएको डिएनए नमूना नै त्रुटिपूर्णआइतबार, माघ १३, २०७५

बलात्कारपछि हत्या भएको करिब १८ घन्टापछि शव भेटिएको थियो। शव नै पानीमा डुबेको अवस्थामा भेटिएको हुँदा त्यस कपडामा रगत, विर्य, रौं हुन्छ भन्ने अवस्थामा समेत शंका गर्ने ठाउँ हुने अनुसन्धान विज्ञ बताउँछन्।
 
यसबारे हामीले अनुसन्धानमा संलग्न प्रहरी अधिकारीसँग पनि बुझ्ने प्रयास गर्‍यौं। उनीहरुको भनाइ छ, ‘रौं, विर्य र रगतबाट विकसित गरिने भनेको पनि डिएनए नै हो। विर्यबाट विकसित गरिएको डिएनएको परीक्षणमा शंका उत्पन्न भयो भने हुँदै नभएको चिज प्रमाण थियो भन्नु गलत हो।’

यदि प्रहरीको प्रमाण नष्ट नै गर्ने मनस्थिति थियो भने भेजिनल स्वाब समेत कन्ट्यामिनेट गर्नेसक्ने अवस्था थियो तर त्यसो नगरेर सबैभन्दा बलियो प्रमाण स्वाब प्रहरीले सुरक्षित गरेको थियो।
 
स्वाब नै निर्मलाको होइन कि भन्ने समेत प्रश्न उठेको थियो। आमा दुर्गादेवीले स्वाब प्रमाणित गर्न भन्दै रगतको नमुना दिएकी थिइन्। गत माघ १४ गते आमा दुर्गादेवीको डिएनए र निर्मला पन्तको स्वाब मेल खाएको थियो। यसबाट पनि स्वाब निर्मलाकै भएको पुष्टि भएको थियो।

यति हुँदाहुँदै पनि प्रहरीले प्रक्रियागत रुपमा उक्त कपडा परीक्षणको लागि पठाउनुपर्ने हुन्थ्यो। त्यसमा भने प्रहरी चुकेको थियो। प्रहरी आलोचनाको एउटा कारण कपडा पनि बन्न पुगेको थियो।

आरोप २ 
बलात्कारी भिआइपी नै हुन्?

निर्मलाको हत्यामा भिआइपी व्यक्ति संलग्न भएकाले त्यसलाई जोगाउन प्रहरीले प्रमाण नष्ट गरेको र नक्कली अभियुक्त खडा गरेको भन्दै आलोचना पनि भयो। मुलधारका मिडियाले यस्ता कुरालाई प्राथमिकता नदिए पनि सामाजिक सञ्जाल र केही मिडियाले प्राथमिकता दिए। अहिलेसम्म हत्यारा पत्ता नलागेकाले अझै पनि केही व्यक्तिले हत्यारा भिआइपी नै हुनसक्ने भन्दै शंका गर्ने गरेका छन्।

आखिर वास्तविकता चाहिं के हो त? हामीले यसबारे जान्ने प्रयास गर्‍यौं। यसबारे एक पूर्व प्रहरी अधिकारीसँग बुझ्ने प्रयास गर्‍यौं।

यो पनि पढ्नुहोस्

निर्मला हत्या प्रकरण : एआइजी धिरुको प्रतिवेदन गलत ठहर्‍याउने केसी समितिको यस्तो छ निष्कर्षसोमबार, माघ २७, २०७६

‘मानिलिउँ कसैले म भिआइपी व्यक्ति हुँ, अर्थात् म भिआइपी व्यक्तिको छोरा हुँ। मैले तपाईंको क्षेत्रमा यस्तो घटना घटाएँ, मलाई बचाउन प्रमाण नष्ट गरिदिनुस् है’ भन्यो। यो परिस्थितिमा उक्त सूचना एसपीकोमा पुग्यो। एसपीले घटनास्थलमा खटिने अधिकृतलाई भन्यो, ‘ल त्यो घटनास्थलमा जानु र प्रमाण जसरी पनि नष्ट गर्नु। त्यो भिआइपी मान्छेले गरेको रहेछ। जोगाउनु पर्‍यो,’ ती पूर्व प्रहरी अधिकारीले भने ‘भिआइपी व्यक्ति नै भए पनि भनिने कुरा यही हो। तर हत्यारा नजिक पुगिनसकेको अवस्थामा, कुनै भिआइपीले मैले गरेको हो प्रमाण नष्ट गरिदिनु भन्दै एसपीलाई भन्न सक्ने आँट र अवस्था हुन्छ?’

ती अधिकारीले उक्त कुरा सम्भव नै नभएको बताए। उनले निर्मला काण्डमा इन्टेन्सनल्लीभन्दा पनि गैरव्यवसायिकता र लापरबाही भने प्रष्ट देखिएको बताए।

आरोप ३
दिलिपसिंह विष्टलाई गलत मनसायले अभियुक्त बनाई प्रस्तुत किन गरेको?

प्रहरीले डिएनए परीक्षणका लागि पठाइसकेपछि त्यसको रिपोर्ट सार्वजनिक नहुँदै दिलिपसिंह विष्टलाई सार्वजनिक गरेको थियो। पछि रिपोर्टमा उनी निर्दोष देखिएपछि रिहा भएका थिए। त्यसपछि प्रहरीले दीलिपसिंह विष्टलाई गलत मनसायले अभियुक्त बनाई प्रस्तुत गरेको आरोप पनि लागेको थियो।
 
यसबारे अनुसन्धानमा सिआइबीबाट खटिएका व्यक्ति डिएसपी अंगुर जिसीसँग हामीले सोधेका थियौं। उनले त्यस्तो कुनै मनसाय नभएको बताए।

‘दिलिपसिंह विष्ट पक्राउ पर्नुअगाडि चक्रदेव बडुकोको डिएनए परीक्षणका लागि प्रहरीले पठाइसकेको थियो,’ डिएसपी जिसीले भने, ‘त्यहींबाट प्रष्ट हुन्छ प्रहरीले नक्कली अभियुक्त खडा गर्ने मनसाय राखेको थिएन।’

दिलिपसिंह विष्ट पक्राउ परेको हल्ला कञ्चनपुरमा राम्रैसँग चलेको थियो। म्याद थपको प्रक्रियामा सरकारी वकिल कार्यालय र अदालत लैजाने क्रममा पत्रकारहरुले समेत कसलाई पक्राउ गरेको, पक्राउ परेका व्यक्तिलाई सार्वजनिक गर्नुपर्ने भन्दै माग गरेका थिए।

प्रहरी कार्यालय गेटमा २÷३ सय जनाको संख्यामा आएका व्यक्तिले नारा जुलुस गर्दै हत्यारा सार्वजनिक गर्नुपर्ने माग गर्नु, विष्टले हत्या गरेको साविती बयान दिनु र मिल्नु, गैरकानुनी रुपमा हिरासतमा राख्न नमिल्ने भएकाले म्याद थप गरिएको कुरा मिडियामा जानकारी गराइएको डिएसपी जिसीले बताए। 

पछि डिएनए नमिलेपछि सरकारी वकिलसँगको रायमा उनलाई छाडिएको थियो। 

आरोप ४ 
ओपेरा होटेलको सिसिटिभी फुटेज किन मेटाइयो?
ओपेरा होटलको सिसी टिभी फुटेज मेटिएपछि पनि प्रहरीले मेटाएको भन्दै आलोचना भएको थियो। पछि उक्त सिसीटिभी फुटेज रिकभर गर्न भन्दै प्रहरीले काठमाडौं ल्याए पनि त्यो सम्भव भएको थिएन।

आखिर किन मेटाइयो त सिसीटिभी फुटेज? एसपी दिल्लीराज विष्टका छोरा किरण विष्टले आफैंले निर्मलाको हत्या भएको दिन साउन १० गते ओपेरा होटेलमा फोटो सुट गरेको थिएँ भनेर घटना भएको झन्डै १५ दिनपछि मिडियामार्फत भनेका थिए।

त्यसभन्दा अघि सिसीटिभी फुटेजका बारेमा कुनै कुरा उठेको थिएन। ‘घटनास्थल अर्कैतिर भएकाले हामीले होटलको सिसी टिभी त्यसबेला अनुसन्धान गरेका थिएनौं’ पूर्व एसपी दिल्लीराज विष्ट भन्छन्।

जब किरण विष्टले ओपेरा होटलको कुरा ल्याए, त्यसपछि सिसीटिभी अनुसन्धानको पाटो बन्ने कुरा बाहिर आएको थियो। तर दुर्भाग्य १५ दिनसम्मको स्टोरेज क्षमता भएका सिसी टिभी फुटेज त्यस बेलासम्म अटो डिलेट भइसकेको थियो।

किरण विष्टले पछि उक्त दिनमा उनीसँग भएका ३ जना केटीको क्यामेरामा मिति र समयसहित सेभ भएको फोटो जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा बुझाएका थिए। 

किन भयो अनुसन्धानमा कठिनाइ?
अनुसन्धानमा खटिएका प्रहरी अधिकारीले यसबारे विभिन्न समिति, प्रहरीकै अनुसन्धान समिति, अदालतमा समेत बयान दिइसकेका छन्। उनीहरुले अनुसन्धानमा कठिनाइ हुनुका विभिन्न कारणहरु बताएका छन्। तीमध्ये केही कारणहरु यस्ता छन्ः

–घटनापश्चात् पानी परेकोले घटनास्थलमा हुनसक्ने भौतिक सबुत प्रमाण लोप भएको।

–पानी र सबै मानिस लास खोज्ने क्रममा घटनास्थल वरपर हिँडिसकेकाले गर्दा घटनास्थलमा हुनसक्ने फुटप्रिन्ट देख्न नसकिने। जसले गर्दा कति जनाको संलग्नता छ भन्ने छुट्याउन नसकिने।

–घटनास्थलमा पानी भएको कारण कुकुरको प्रयोगमा कठिनाइ भएको तथापि कुकुरको प्रयोग हुन नसकेको। कुकुर प्रयोग गर्नसक्ने सम्भावना भएको भए अनुसन्धानमा केही सहज हुने थियो। 

–मृतकको साइकल, कपी, अम्बा र लासको दूरी टाढै भएको तथा प्रहरीभन्दा पहिला अरुले नै घटनास्थल चलाएकोले घटनास्थल सुरक्षित हुन नसकेको। 

–मृतकले मोबाइलको प्रयोग नगरेकोले गर्दा प्रविधिको प्रयोगमा अनुसन्धान गर्न नसकिएको।

–घटनापश्चात् लगातार दबाब समूहको आन्दोलन भएको कारण अनुसन्धानमा तत्काल प्रहरी खटिन नसकेको।

–पीडित र समाजको सहयोग नहुँदा मृतकको बारेमा जानाकारी नहुनुका साथै सम्भावित अपराधीको बारेमा जानाकारी नभएको।

–प्रत्यक्षदर्शी कोही फेला नपरेको।

-अर्काइभबाट

प्रकाशित मिति: शनिबार, साउन १०, २०७७  १४:०५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नारायण अधिकारी
नेपाल लाइभका वरिष्ठ संवाददाता अधिकारी सुरक्षा तथा अपराध बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
भिजिट भिसामा सेटिङ : फरार ६ अध्यागमन अधिकृत सुटुक्क अदालत उपस्थित हुँदै धरौटीमा छुटे
सुन तस्करी प्रकरण : जाँचबुझ आयोगले कृष्णबहादुर महराको मोबाइल डीएफएलमा पठायो
जीबी-रवि जोडिएको सूर्यदर्शन सहकारी प्रकरण : सीआईबीको टोलीले पोखरा पुगेर सुरु गर्‍यो अनुसन्धान
सम्बन्धित सामग्री
जिम्मेवार भइदिन प्रदर्शनकारीलाई गृहमन्त्रीको आग्रह प्रधानमन्त्री प्रधानमन्त्री सुशीला कार्कीले गृहमन्त्री ओमप्रकाश अर्यालसहित गृहसचिव रामेश्वर दंगाल र चारवटै सुरक्षा निकायका प्रमुखहरू... शनिबार, कात्तिक ८, २०८२
अनुमति बिना माइतीघरमा प्रदर्शन गर्न पुगेका ५० जना प्रहरी नियन्त्रणमा स्थानीय प्रशासनको अनुमतिबिना प्रदर्शन गर्न खोजिएको र अन्य जेनजी समूहबीच सम्भावित मुडभेडबाट प्रदर्शनकारीकै असुरक्षा हुने देखिएकाले सो... शनिबार, कात्तिक ८, २०८२
अनामनगरको एक स्टुडियोमा युवतीद्वारा आत्मदाह प्रयास अन्दाजी ३० वर्षीया नितु पौडेलले आत्मदाह प्रयास गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवन भट्टराईले जानकारी दिए । शनिबार, कात्तिक १, २०८२
ताजा समाचारसबै
धर्ना जुलुस नगर्न सबै पक्षलाई गृह मन्त्रालयको अपिल, घुसपैठ भएर सुरक्षा र चुनाव बिथोलिने चिन्ता शनिबार, कात्तिक ८, २०८२
सबै सुरक्षा निकायका प्रमुखसँग प्रधानमन्त्रीको छलफल शनिबार, कात्तिक ८, २०८२
जिम्मेवार भइदिन प्रदर्शनकारीलाई गृहमन्त्रीको आग्रह शनिबार, कात्तिक ८, २०८२
अनुमति बिना माइतीघरमा प्रदर्शन गर्न पुगेका ५० जना प्रहरी नियन्त्रणमा शनिबार, कात्तिक ८, २०८२
प्रिमियम महसुल नतिरेका थप १८ उद्योगको लाइन काटियो शनिबार, कात्तिक ८, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
जङ्गी अड्डा लाइभ, Gen Z
जङ्गी अड्डा लाइभ, Gen Z बिहीबार, भदौ २६, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
१३ दिनदेखि हराएकी बालिका टाउको र शरीर छुटिएको अवस्थामा मृत फेला शुक्रबार, कात्तिक ७, २०८२
जिम्मेवार भइदिन प्रदर्शनकारीलाई गृहमन्त्रीको आग्रह शनिबार, कात्तिक ८, २०८२
गायिका नितु पौडेलको उपचारको क्रममा निधन, गायक बाबुलविरुद्ध जाहेरी शुक्रबार, कात्तिक ७, २०८२
प्रिमियम महसुल नतिरेका थप १८ उद्योगको लाइन काटियो शनिबार, कात्तिक ८, २०८२
मधेशका मुख्यमन्त्री सोनलले छठ पछि विश्वासको मत लिने शुक्रबार, कात्तिक ७, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
जेन-जी क्रान्ति: उपलब्धि, अवसर, चुनौती र अबको उत्तरदायित्व अरुण क्षेत्री
नेपालमा मुख स्वास्थ्य संकट: लाखौँलाई असर गर्ने दन्त रोग किन रोक्न सकिएन? नेपाल लाइभ
युवा उमेरमै किन थाक्छ मन र मस्तिष्क? बर्नआउटको कारण र समाधान डा. प्रज्ञा सिंह
दुर्गमका कर्मचारीको सुरक्षा : चुनौती र समाधान नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
प्रेम र आकर्षणको मध्यबिन्दुमा ‘देवयानी’ शनिबार, भदौ ७, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
१३ दिनदेखि हराएकी बालिका टाउको र शरीर छुटिएको अवस्थामा मृत फेला शुक्रबार, कात्तिक ७, २०८२
हमासले युद्धविराम उल्लंघन गरेको भन्दै इजरायलद्वारा गाजामा हवाई आक्रमण आइतबार, कात्तिक २, २०८२
जिम्मेवार भइदिन प्रदर्शनकारीलाई गृहमन्त्रीको आग्रह शनिबार, कात्तिक ८, २०८२
अनामनगरको एक स्टुडियोमा युवतीद्वारा आत्मदाह प्रयास शनिबार, कात्तिक १, २०८२
गृहमन्त्रीले भागेको भनेका पूर्वऊर्जामन्त्री घरबाटै लाइभ सोमबार, कात्तिक ३, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्