काठमाडाैं- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार चार आदेशमा हस्ताक्षर गरेका छन्। जसमा औषधिकाे मूल्य घटाउने आदेश पनि रहेकाे छ।
याे आदेशसँगै अमेरिकामा अब डाक्टरले लेखेकाे औषधि किन्न अमेरिकीहरुले कम पैसा खर्च गर्ने छन्। ट्रम्पकाे याे महत्त्वपूर्ण निर्णय काेराेनाका कारण भएकाे आलाेचना र आगामी चुनाव लक्षित रहेकाे बताइन्छ।
औषधि कम्पनीहरुसँगकाे वार्ता सफल भए आदेश कार्यान्वयन गर्न आवश्यक नपर्ने बताइएकाे छ। राष्ट्रपति ट्रम्पले भने, 'शीर्ष औषधि कम्पनीहरुका अधिकारीहरुले बैठकको लागि अनुरोध गरेका छन्। बैठकमा यसबारे चर्चा हुन सक्छ, उनीहरुले कसरी औषधिकाे मूल्य कम गर्न सक्छन्।'
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।