नयाँ दिल्ली- काेराेना भाइरसकाे संक्रमणबाट जाेगिन भारतमा कडाई गरिएकाे छ। मास्क नलगाउनेलाई भारतीय रुपैयाँ ५० देखि एक लाखसम्मकाे जरिवाना ताेकिएकाे छ।
काेराेनाकाे संक्रमण दिनदिनै तीव्ररुपमा फैलिएपछि भारतका विभिन्न राज्यमा यस्ताे जरिवाना ताेकिएकाे हाे। मास्क नलगाई बाहिर हिंड्नेलाई बंगालमा ५० भारतीय रुपैयाँ, दिल्ली र महाराष्ट्रमा एक हजार भारतीय रुपैयाँ र झारखण्डमा एक लाख रुपैयाँसम्म जरिवाना ताेकिएकाे छ।
भारतीय संचार माध्यम दैनिक भास्करका अनुसार झारखण्डमा जरिवानासँगै जेल सजायसम्म हुनसक्ने गरी आदेश जारी गरिएकाे छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।