धरतीको स्वर्गको रुपमा लिइने रारा तालको सुन्दरताको बयानमा अहिलेसम्म धेरैले धेरै कुरा भनिसकेका छन्। तालले दिनभरिमा रङ फेरेर आफूलाई छिनछिनमा नयाँ स्वरुपमा जसरी प्रस्तुत गर्छ, उसरी नै अझै पनि अनुपम सुन्दरताको खानी यो तालबारे धेरै कुरा भन्न बाँकी नै लाग्छ।
कर्णाली प्रदेशको मुगु जिल्लामा अवस्थित यो ताल सूर्योदयमा झन् रुपवती देखिन्छ। कर्णाली रारा पर्यटन वर्ष २०७५ को घोषणासँगै तालको सुन्दरतामा डुबुल्की मार्न जाने पर्यटकको संख्या बढिरहेको छ। समुद्र सतहदेखि २ हजार ९ सय ७२ मिटर उचाइमा रहेको ताल १० दशमलब ८ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको छ।

जान नसक्नेहरुले तालको सुन्दरताबारे कसैको मुखबाट बयान सुनेरै चित्त बुझाउनुपर्ने होला, तर यसको चर्चा सुनेका सौन्दर्यप्रेमीहरु जीवनमा एकचोटि रारा पुगेर प्रत्यक्ष दृश्यावलोकन गर्दै आनन्द लिने धोको राख्छन्।
अहिलेसम्म रारा पुग्नुभएको छैन भने आउनुस् तस्बिर मार्फत राराको बिहानीमा सयर गरौं-




















नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।