एक हजार रुपैयाँकाे नाेटमा देखिने जुम्ल्याहा हात्ती राम (बाँया) र लक्ष्मण (दायाँ)। तस्बिर: रासस
काठमाडाैं- एक हजार रुपैयाँको नोटमा अब नेपालकै जुम्ल्याहा हात्तीको तस्बिर देख्न पाइने भएको छ। नेपाल राष्ट्र बैंकले बुधबार सार्वजनिक गरेको रु एक हजारको नोटमा जुम्ल्याहा हात्ती राम र लक्ष्मणको तस्बिर रहेको छ।
चितवन राष्ट्रिय निकुञ्जको कसरा हात्तीसारमा लक्ष्मण र सौराहा हात्तीसारमा राम रहेका छन्। हालसम्म एक हजारको नोटमा देश बाहिरको हात्तीको तस्बिर रहँदै आएकोमा राम–लक्ष्मण नामका स्वदेशी जुम्ल्याहा हात्तीले त्यसलाई विस्थापित गरेका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।