काठमाडौं- विश्व बैंकले सन् २०२१ (आर्थिक वर्ष २०७७/०७८) मा नेपालको आर्थिक वृद्धिदर २.१ प्रतिशतमा सीमित हुने प्रक्षेपण गरेको छ। कोरोना संक्रमण रोकथामका लागि सरकारले गरेको लकडाउनका कारण अर्थतन्त्रको वृद्धिदर कमजोर हुने विश्व बैंकको प्रक्षेपण छ।
सरकारले ७ प्रतिशत आर्थिक वृद्धि हासिल गर्ने लक्ष्यसहित चालु आर्थिक वर्षको बजेट प्रस्तुत गरेको छ। गत आर्थिक वर्षमा २.३ प्रतिशत वृद्धि भएकोमा यो वर्ष आर्थिक वृद्धिदर उच्च हुने उसको आँकलन छ। सरकारले उच्च वृद्धिदर हासिल गर्ने लक्ष्य राखेको भए पनि प्रमुख दातृ निकायले त्यो प्राप्त नहुने प्रारम्भिक आँकलन सार्वजनिक गरेको हो।
नेपाल डेभलपमेन्ट अपडेट सार्वजनिक गर्दै उसले सरकारले अर्थतन्त्र उकास्त प्रयत्न गरे पनि यो वर्षको आर्थिक वृद्धिदर कमजोर नै हुने बताएको हो। उसले नेपाली अर्थतन्त्रलाई पुरानै गतिमा फर्काउन रणनीतिक उपाय अवलम्बन गर्नुपर्ने पनि उल्लेख गरेको छ।
विश्व बैंकले आफ्नो प्रतिवेदनमा पर्यटन क्षेत्रमा आर्थिक कृयाकलाप कमजोर नै रहने र रेमिट्यान्स मध्यम रहने प्रक्षेपण गरेको छ। आपूर्ति प्रणालीमा हुने अवरोधले कृषि र औद्योगिक क्षेत्र कमजोर रहने उसको प्रक्षेपण छ।
नेपालको सबैभन्दा ठूलो बहुपक्षीय दातृ निकाय विश्व बैंकले कमजोर आर्थिक कृयाकलाप र तेलको मूल्य न्यून हुँदा हुने कमजोर आयातले चालु खाता घाटा कूल गार्हस्थ उत्पादनको ६.५ प्रतिशतको हाराहारीमा रहने प्रक्षेपण पनि गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।