• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, जेठ २९, २०८३ Fri, Jun 12, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाज

विद्यालय खोल्नेबारे के भन्छ विश्व स्वास्थ्य संगठन? [प्रश्नोत्तर]

विद्यालय खोल्दा सुरक्षा र रोग नियन्त्रणका कस्ता उपाय अपनाउनु पर्छ?
64x64
नेपाल लाइभ बिहीबार, साउन ८, २०७७  ०६:००
1140x725
फाइल तस्बिर

काठमाडाै‌ं-कोरोना संक्रमणको जोखिम कम गर्न सरकारले गत वर्ष चैत ११ गते जारी गरेको लकडाउन अझसम्म पूर्ण रूपमा खुला भइसकेको छैन। चैत ६ बाट संचालन हुने माध्यमिक शिक्षा परीक्षा (एसइई) कोरोना संक्रमण फैलने त्रास भएको भन्दै सबै तयारी पूरा भएको अवस्थामा चैत ५ गते साँझमा मात्र स्थगित भएको थियो। त्यसपछि विद्यालय खुल्न सकेका छैनन्। संक्रमणको जोखिम रहेको भन्दै सरकारले लकडाउन पूर्ण रूपमा खुला गरेको निर्णय नगरुन्जेल विद्यालयमा नियमित रूपमा कक्षा संचालन हुन सकेको छैन।

सरकारले चरणबद्ध रूपमा लकडाउन खुला गर्दै जाने नीति लिएको छ। यही अनुरूप करिब १ सय १० दिन बन्द भएको सार्वजनिक सवारी साधन पनि चल्न थालेका छन्। तर, विद्यालय कहिले र कसरी खुलाउने भन्नेबारे सरकारले निर्णय गरिसकेको छैन। कोभिड-१९ संक्रमणको खतरा टरिनसकेको अवस्थामा विद्यालय संचालन गर्नुपरे सुरक्षाका उपाय अवलम्बन गर्न विश्व स्वास्थ्य संगठनले जोड दिएको छ। 

१. के वयस्क व्यक्तिका तुलनामा विद्यालय उमेरका बालबालिका कोभिड-१९ को कम जोखिममा हुन्छन्?
वयस्क व्यक्तिका तुलनामा बालबालिकामा कोभिड-१९ को संक्रमण कम देखिएको र संक्रमित बालबालिकामा पनि सामान्य खालका लक्षणमात्र बढी देखिएका छन्। विश्व स्वास्थ्य संगठनलाई रिपोर्ट गरिएको तथ्यांकअनुसार कूल संक्रमितमध्ये १ देखि ३ प्रतिशत बालबालिका र १८ वर्षभन्दा कम उमेरका किशोरकिशोरी छन्। तर, यही उमेर समूहका व्यक्तिको जनसंख्या विश्वको कूल जनसंख्याको २९ प्रतिशत छ। 

बालबालिकामा कोभिड-१९ को संक्रमण कम देखिएपनि विद्यालय तथा समुदायमा उनीहरूको सम्पर्क धेरै मानिससँग हुने संभावना हुन्छ। कोभिड-१९ ले बालबालिकामा कतिसम्म जोखिम पुर्‍याउन सक्छ र यो उमेर समूहका मानिसमा कसरी संक्रमण हुन्छ भनेर थप अध्ययनहरू भइरहेका छन्।

२.  कोभिड-१९ को संक्रमणमा बालबालिकाको भूमिका कस्तो हुन्छ?
कोभिड-१९ को संक्रमणमा बालबालिकाको यस्तै भूमिका हुन्छ भनेर अझसम्म पनि पूर्ण जानकारी पाइसकिएको छैन। केही बालबालिका र विद्यालयमा यसको संक्रमण फैलिएको रिपोर्ट प्राप्त भएका छन्। तैपनि विद्यालयमा फैलिएको संक्रमणमा निकै कम संख्यामा मात्र शिक्षक तथा कर्मचारी संक्रमित भएकाले शैक्षिक संस्थामा यसको संक्रमण फैलने क्रम सीमित मात्र रहला भन्न अपेक्षा गर्न सकिन्छ।

साधारणतया, सामान्य बिरामी हुने र लक्षणसमेत कम देखिने भएकाले सबै संक्रमित बालबालिकाको रिपोर्ट नभएको पनि हुन सक्छ। बालबालिकामा भन्दा किशोरकिशोरीमा यसको संक्रमण बढी हुन सक्ने एक अध्ययनले देखाएको थियो। विद्यालय खोल्दा समुदायमा कोरोना संक्रमण फैलने संभावना धेरै बढी नदेखिने केही प्रतिनिधिमूलक अध्ययनले देखाएका पनि छन्। तर यो विषयमा पूर्ण आइसकेको भने छैन। 

शैक्षिक संस्थाभित्र र बाहिर संक्रमण फैलाउन बालबालिकाको कस्तो भूमिका हुन्छ भन्ने विषयमा पनि अध्ययनहरू भइरहेकै छन्। सम्बन्धित देशका सरकारले शैक्षिक संस्थामा कोभिड-१९ संक्रमणको अध्ययन गर्न प्रयोगमा ल्याउन सकून् भनेर विश्व स्वास्थ्य संगठनले विश्वभरका वैज्ञानिकहरूसँग सहकार्य गरी प्रोटोकल बनाइरहेको छ। यसलाई अन्तिम रूप दिएपछि चाँडै नै विश्व स्वास्थ्य संगठनले प्रकाशन गर्नेछ। 

nimb
nimb
Ncell 2
Ncell 2

३.  दम, मधुमेह र मोटोपनाजस्ता अन्तर्निहित स्वास्थ्य समस्या भएका बालबालिकालाई विद्यालय पठाउनु कति चुनौतीपूर्ण हुन्छ? 
बालबालिकालाई विद्यालय पठाउने वा नपठाउने भन्ने विषयमा विभिन्न विषयलाई विभिन्न पक्षले निर्धारण गरेको हुन्छ। बालबालिकाको स्वास्थ्य अवस्था, समुदायमा कोभिड-१९ संक्रमणको दर र संक्रमण रोक्न विद्यालय तथा समुदायले लागू गरेका सुरक्षा उपाय मुख्य पक्ष हुन्। हालसम्मका प्रमाणहरूले वयस्क व्यक्तिका तुलनामा बालबालिकामा कोरोना संक्रमण कम हुने देखाएपनि विशेष सावधानी अपनाएर मात्र विद्यालय पठाउनुपर्छ। 

श्वासप्रश्वासको समस्या, मोटोपना, मधुमेह र क्यान्सरजस्ता अन्तर्निहित स्वास्थ्य समस्या भएका व्यक्तिमा अन्य मानिसका तुलनामा गम्भीर स्वास्थ्य समस्या हुने र मृत्युसमेत हुन सक्ने बढी जोखिम हुने प्रमाणहरूले देखाएका छन्। यस्ता समस्या भएका बालबालिकाका हकका पनि जोखिम बढी हुने हुन्छ नै। तैपनि यसबारे अध्ययन भइरहेकाले यसै भन्न सक्ने अवस्था छैन।

४. अन्तर्निहित स्वास्थ्य समस्या भएका (अन्डरलाइङ हेल्थ कन्डिसनका) शिक्षक तथा कर्मचारीले विद्यालय जानु कति जोखिमपूर्ण हुन्छ? 
अन्तर्निहित स्वास्थ्य समस्या भएका ६० वर्षभन्दा बढी उमेरका व्यक्ति गम्भीर बिरामी हुन सक्ने र मृत्युसमेत हुने जोखिम बढी हुन्‍छ। यस्ता व्यक्ति शैक्षिक संस्थाको वातावरणमा प्रवेश गर्ने वा नगर्ने भन्ने कुरा चाहिँ व्यक्तिपिच्छे नै फरक पर्छ। तर यसरी शैक्षिक वातावरणमा प्रवेश गर्ने व्यक्तिले रोगको स्थानीय अवस्थाका साथै सुरक्षा उपकरणको प्रयोगमा सावधानी अपनाएर संक्रमण फैलाउने क्रमलाई रोक्न सकिन्छ। 

५.  बालबालिकाको शरीरमा भाइरस प्रवेश भइसकेपछि कति समयसम्म निष्क्रिय रहन्छ?
वयस्क व्यक्तिजस्तै बालबालिकाको शरीरमा पनि भाइरस प्रवेश भइसकेपछि निष्क्रिय हुने अवधि समान नै हुन्छ। शरीरमा भाइरस प्रवेश गरेको पाँच/छ दिनदेखि लक्षण देखिन सुरु हुन सक्छ। तर यो अवस्था व्यक्तिअनुसार फरकफरक हुने भएकाले १ देखि १४ दिनसम्म रहन पनि सक्छ। 

६. विद्यालय खोल्दा के फाइदा हन्छ?
विद्यालय खोल्दा निम्न फाइदा हुन्छ
•    कक्षा पूरा गर्न र माथिल्लो तहमा अध्ययन गर्न बाटो खुल्छ। 
•    आवश्यक सेवा, पोषणमा पहुँच, बाल कल्याणजस्ता विषयले बाल हिंसा न्यूनीकरणमा सहयोग पुग्छ। 
•    सामाजिक तथा मनोवैज्ञानिक रूपमा सकारात्मक असर पुग्छ।
•    आफू र अरूलाई कसरी सुरक्षित राख्ने भन्ने बारे विश्वसनीय जानकारीमा पहुँच पुग्छ। 
•    विद्यालय छोड्ने वा विद्यालय नै नफर्कने जोखिम कम गर्छ।
•    अभिभावकलाई काममा जान सजिलो हुन्छ।

७.  विद्यालय खोल्दा सुरक्षा र रोग नियन्त्रणका कस्ता उपाय अपनाउनु पर्छ?
विद्यालयमा बालबालिका तथा शिक्षक र कर्मचारीको सुरक्षाको प्रत्याभूति गराउन आवश्यकता र कार्ययोजनाका विषयमा पुनर्विचार गर्नुपर्ने हुन्छ। पूर्व प्राथमिक विद्यालय, उच्च शिक्षा प्रदान गर्ने शैक्षिक संस्था, आवासीय विद्यालय र विशेष विद्यालयमा विशेष व्यवस्था गर्नुपर्ने हुन्छ। विश्व स्वास्थ्य संगठनका सिफारिस निम्नलिखित छन्-

नीति, अभ्यास र पूर्वाधार
उच्च जोखिममा रहेन व्यक्तिलगायत विद्यालयमा प्रवेश गर्ने सबैको स्वास्थ्य तथा सुरक्षाको ग्यारेन्टी गर्ने गरी आवश्यक स्रोत, नीति तथा पूर्वाधारको व्यवस्था गर्नुपर्छ। 

व्यवहारिक पक्ष :
स्वास्थ्य सुरक्षाका उपायबारे बुझ्न र त्यसलाई पालना गर्न विद्यार्थीको उमेर र क्षमतालाई विचार गर्नुपर्छ। सानो उमेर समूहका विद्यार्थीले शारीरिक दूरी कायम गर्न र मास्कको सही प्रयोग नगर्न सक्छन्। उनीहरूको अवस्थालाई सम्मान गर्दै यी उपाय अपनाउन प्रोत्साहन गर्नुपर्छ। 

स्वास्थ्य सुरक्षा
विद्यालय बन्द गर्ने र खुलाउने कुरामा बालबालिकाको स्वास्थ्य तथा सुरक्षाले असर पार्न सक्छ। विद्यालय ल्याउने र घर पुर्‍याउने जस्ता बेलामा जोखिममा भएका बालबालिकाप्रति विशेष ध्यान दिनुपर्छ।

सरसफाइ तथा दैनिक अभ्यास
हातको सरसफाइ र वातावरणीय सरसफाइमा पनि विशेष ध्यान दिन जरुरी हुन्छ। विद्यालयका शिक्षक/कर्मचारी तथा विद्यार्थीलाई दिइने तालिम, सरसफाइको दैनिक कार्यतालिका, हातको सरसफाइ गर्ने व्यवस्था र राष्ट्रिय तथा स्थानीय स्तरका सरकारले जारी गरेको सुरक्षाका उपायका साथै मास्कको सही प्रयोगका विषयमा पनि विद्यालयले विशेष विचार गर्नुपर्छ। 

बिरामी शिक्षक, विद्यार्थी र कर्मचारीको हेरचाह
अस्वस्थ भएको अवस्थामा घरमा नै बस्न विद्यालयले प्रोत्साहन गर्नुपर्छ। स्वस्थ तथा अस्वस्थ भएको प्रमाणित गर्न डाक्टरको प्रेस्क्रिप्सन नै चाहिने अवस्था भने सिर्जना गर्नु हुँदैन। स्थानीय परिवेशअनुसार विद्यालय जाने वा नजाने भन्ने निर्धारण गर्न विद्यार्थी/अभिभावक/कर्मचारीले चेकलिस्ट बनाउन सक्छन्। यसका साथै विद्यालय आउने बेला स्क्रिनिङ गर्न पनि सकिन्छ।

विद्यार्थी र अभिवाभावकसँग सम्पर्क
विद्यालय र स्थानीय प्रशासनले लागू गरेको स्वास्थ्य तथा सुरक्षाका उपायबारे विद्यार्थी तथा अभिभावकलाई विद्यालयले सुसूचित गराउनुपर्छ। यसले विद्यालयलाई सहयोग र समर्थन समेत प्राप्त हुन्छ। 

थप कार्यक्रम
विद्यालय खाजा (पोषण) कार्यक्रम, मानसिक स्वास्थ्य, मनोसामाजिक सहयोगलगायतका आवश्यक सेवासुविधाको निरन्तरता वा विस्तार गर्नुपर्छ। 

शारीरिक दूरी
विद्यालय परिसर र कक्षाकोठामा व्यक्ति-व्यक्तिबीच कम्तीमा १ मिटर दूरी कायम हुने वातावरण सिर्जना गरी लागू गर्नुपर्छ। कक्षामा विद्यार्थीको बसाइ, टिफिन टाइमको बसाइमा कम्तीमा १ मिटर दुरी कायम हुनुपर्छ। कक्षाकोठामा पर्याप्त भेन्टिलेसनको व्यवस्था गर्नुपर्ने हुन्छ। 

दूर शिक्षा
रेडियो तथा टेलिभिजनमार्फत् प्रसारण गर्ने र निरन्तर फलोअप गर्नाले पनि संक्रमणकालीन अवस्थामा सहयोग गर्न सक्छ। 

८. विद्यालय आउँदाजाँदा हुने जोखिम कसरी व्यवस्थापन गर्ने?
विद्यालयका आउँदाजाँदा हुने अनावश्यक भेटघाट कम गर्न निम्नानुसारका विधि अपनाउन सकिन्छ। 
-विद्यालयको बस वा अन्य यातायातका साधनमा यात्रा गर्दा स्थानीय सरकारको नीतिअनुसार हातको सरसफाई, शारीरिक दूरी कायम गर्ने र सही तरिकाले मास्क लगाउने। 

-विद्यालय आउँदाजाँदा अपनाउनु पर्ने सुरक्षाका उपायबारे सबैलाई जानकारी गराउने। सार्वजनिक सवारी साधनमा यात्रा गर्दा अपनाउनुपर्ने मापदण्डबारेसमेत सचेत गराउने।

-एक सिटमा एक बालबालिका मात्र राख्ने व्यवस्था गर्ने। सवारीमा यात्रा गर्दा सकेसम्म कम्तीमा पनि एक मिटरको दूरी कायम गर्ने।

-संभव भएसम्म सुरक्षित हुने गरी विद्यार्थी आवतजावत गर्ने सवारी साधनका सबै झ्याल खुला गर्ने। 

९. के विद्यालयमा सबै विद्यार्थी र शिक्षक/कर्मचारीलाई मास्क लगाउन विश्व स्वास्थ्य संगठन सिफारिस गर्छ? यदि गर्छ भने कस्ता मास्क बढी सुरक्षित हुन्छन्?
मास्क लगाउने वा नलगाउने भन्ने कुरा संक्रमणको जोखिम कस्तो छ भन्ने कुराले पनि निर्धारण गर्छ। उदाहरणका लागि कोभिड-१९ का संक्रमित समुदायमा कति बढी छन् भन्ने कुरालाई पनि लिन सकिन्छ। के विद्यालयमा सबै विद्यार्थी र शिक्षक/कर्मचारीबीच कम्तीमा पनि एक मिटरको दुरी कायम गराउन सकिन्छ? विद्यालयमा कमजोर स्वास्थ्य अवस्था भएका शिक्षक तथा विद्यार्थी छन् कि छैनन् भन्ने कुराले पनि यसलाई निर्धारण गर्छ। 

विशेषगरी शारीरिक दूरी कायम गर्न संभव नहुने र र समुदायमा संक्रमण फैलिइसकेको स्थानमा मास्क लगाउन आवश्यक हुन्छ। विद्यालयका हकमा पनि यही नै लागू हुने हो। साधारण मानिसले समुदायमा जाँदा कपडाको मास्क प्रयोग गर्न विश्व स्वास्थ्य संगठनले सिफारिस गरेको छ। मास्कले अन्य व्यक्तिमा संक्रमण सर्न नदिन मद्दत गर्छ। धेरै कोरोना संक्रमित व्यक्तिमा कुनै पनि लक्षण नदेखिने भएकाले सबैले मास्क लगाउन आवश्यक छ। राष्ट्रिय तथा स्थानीय मापदण्डअनुसार अनुहार ढाक्ने गरी मास्क लगाउनुपर्छ। एक पटक लगाइसकेका मास्क पुनः प्रयोगमा आउने संभावना हुने भएकाले त्यसतर्फ सचेत हुँदै राम्ररी नष्ट गर्ने कुरामा पनि ध्यान दिन आवश्यक छ। 

स्वास्थ्य अवस्था सामान्य नभए स्वास्थ्य सेवा प्रवाह गर्ने व्यक्तिसँग तत्कालै सम्पर्क गर्नु पनि महत्वपूर्ण हुन्छ। 

१०.  विद्यालय खोल्दा के कस्ता विषय अध्ययन/निरीक्षण गर्नुपर्छ? 
विद्यालय खोल्दा निम्न विषयमा ध्यान दिनुपर्छ। 
-शैक्षिक संस्थामा कोभिड-१९ संक्रमित व्यक्ति नभएको यकिन गर्नुपर्छ। यदि कुनै संक्रमित भेटिइहालेको अवस्थामा कन्ट्याक्ट ट्रेसिङलाई विशेष ध्यान दिनुपर्छ। 

-विद्यालयमा जनस्वास्थ्य सुरक्षाका सबै मापदण्ड लागू गरिएको हुनुपर्छ। 

-विद्यार्थीको लिंग, उमेर, शारीरिक क्षमता र सामाजिक-आर्थिक अवस्थाका साथै विद्यालय छोडेका विद्यार्थीबारे पनि जानकारी लिनुपर्छ। 
•    दूर शिक्षाको प्रभावकारिता
•    शैक्षिक उद्देश्य र सिकाई उपलब्धिमा स्वास्थ्य नीति तथा मापदण्डले गर्न असरको मूल्यांकन 
•    बालबालिका, कर्मचारी, अभिवाभावक र परिवारका सदस्यमा नीति तथा सुरक्षाका मापदण्डले पारेको प्रभाव
यी विषयमा अध्ययन तथा निरीक्षण गरिसकेपछि विद्यार्थी तथा शिक्षक/कर्मचारीलाई सुरक्षित रहेको प्रत्याभूति गराउन आवश्यक थप सुधार गर्न सकिन्छ।

भावानुवाद: तीर्थराज निरौला

प्रकाशित मिति: बिहीबार, साउन ८, २०७७  ०६:००

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
बालसैन्य प्रयोगमा प्रचण्ड-बाबुरामविरुद्ध अभियोजन गर्नु नपर्ने सर्वोच्चको ठहर
६ महिनामै सरकार ढाल्न भदौको भन्दा सशक्त आन्दोलन गर्ने महेश बस्नेतको चेतावनी
परराष्ट्रमन्त्री खनाल आइतबार चीन भ्रमणमा जाँदै, यस्तो छ कार्यतालिका
सम्बन्धित सामग्री
आज ग्याल्पो ल्होसार, विभिन्न कार्यक्रम गरी मनाइँदै पर्वको अवसरमा शेर्पा समुदायमा आफ्नो गाउँघर, टोलमा रहेका बाटोघाटो तथा पानीका मूलहरूको सरसरफाइ गर्ने, नौ प्रकारको अन्न मिसाइएको परिकार... बुधबार, फागुन ६, २०८२
माघे सङ्क्रान्ति जस्ता पर्वले मेलमिलापको भावना अभिवृद्धि गर्न मद्दत पुग्ने राष्ट्रपतिको विश्वास माघे सङ्क्रान्ति एवम् माघी पर्व, २०८२ का अवसरमा आज स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति र... बिहीबार, माघ १, २०८२
आज तमु ल्होसार पर्व मनाइँदै, सार्वजनिक बिदा ल्हो को अर्थ ‘वर्ष’ र ‘सार’को अर्थ फेरिनु भएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको हो । मंगलबार, पुस १५, २०८२
ताजा समाचारसबै
बालसैन्य प्रयोगमा प्रचण्ड-बाबुरामविरुद्ध अभियोजन गर्नु नपर्ने सर्वोच्चको ठहर शुक्रबार, जेठ २९, २०८३
६ महिनामै सरकार ढाल्न भदौको भन्दा सशक्त आन्दोलन गर्ने महेश बस्नेतको चेतावनी शुक्रबार, जेठ २९, २०८३
परराष्ट्रमन्त्री खनाल आइतबार चीन भ्रमणमा जाँदै, यस्तो छ कार्यतालिका शुक्रबार, जेठ २९, २०८३
हतियारसहित सुस्ता प्रवेश गरेका भारतीय सुरक्षाकर्मीविरुद्ध स्थानीयको प्रतिरोध शुक्रबार, जेठ २९, २०८३
अर्थमन्त्री वाग्लेमाथि संसदीय छानबिन समिति गठन गर्न नेकपाको माग शुक्रबार, जेठ २९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
फिफा विश्वकप : उद्घाटन खेलमै तीन खेलाडीलाई रातो कार्ड शुक्रबार, जेठ २९, २०८३
यूएई जाने श्रमिकमाथि थपिएको १४ हजार आर्थिक भार हटाउन प्रधानमन्त्रीको निर्देशन बिहीबार, जेठ २८, २०८३
संसदमा उठ्यो 'केपी ओलीलाई रास्वपाको सदस्यता' दिइएको विषय बिहीबार, जेठ २८, २०८३
भ्रष्टाचार आरोपमा अर्थमन्त्रीको प्रतिवाद- ‘तपाईंका काण्डबारे हामी अनभिज्ञ हो र, ती पनि खुल्नेछन्’ बिहीबार, जेठ २८, २०८३
फिफा विश्वकप : उत्कृष्ट कमब्याक गर्दै दक्षिण कोरियाले चेक रिपब्लिकलाई हरायो शुक्रबार, जेठ २९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
नेपालको राजनीतिमा जवाफदेहिताको संकट सुरेश गिरी
भीडले बनाएको नेतृत्व किन अन्ततः एक्लिन्छ ? सुरेश गिरी
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
दरबार हत्याकाण्डको सम्झना : यस्तो थियो उच्चस्तरीय छानबिन समितिले बुझाएको ‘घटनाको यथार्थ विवरण’ बुधबार, जेठ २७, २०८३
फिफा विश्वकप : उद्घाटन खेलमै तीन खेलाडीलाई रातो कार्ड शुक्रबार, जेठ २९, २०८३
आइतबारको सार्वजनिक बिदा हटाइने दाबीहरू निराधार रहेको सरकारको स्पष्टीकरण आइतबार, जेठ २४, २०८३
यी हुन् गृहमन्त्रीका चार निर्णय मंगलबार, जेठ २६, २०८३
रड प्रहार गरी श्रीमतीको हत्या गर्ने 'नेपाली ब्रो' भनिने कुमार थापा पक्राउ शनिबार, जेठ २३, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्