काठमाडाैं- सुनको मूल्यमा नयाँ रेकर्ड कायम भएको छ। सुनको मूल्य बुधबार प्रतितोला ९४ हजार रुपैयाँ कायम भएकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ।
मंगलबारकाे तुलनामा बुधबार सुनकाे मूल्य ताेलामा १ हजार ३ सय रुपैयाँले बढेर नयाँ रेकर्ड कायम भएको हो। मंगलबार सुन प्रतितोला ९२ हजार ७ सय रुपैयाँ थियो।
यसैगरी बुधबार चाँदीको मूल्य पनि प्रतितोला ९५ रुपैयाँ बढेर १ हजार १ सय ३५ रुपैयाँ पुगेको छ। मंगलबार चाँदी प्रतितोला १ हजार ४० रुपैयाँ थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।