काठमाडाैं- अर्थ मन्त्रालयले ठूला करदाता कार्यालयको प्रमुख परिर्वतन गरेको छ। मन्त्रालयले ठूला करदाता कार्यालयमा बाबुराम गौतमलाई पठाएको छ।
यसअघि ठूला करदाता कार्यालयका प्रमुख झलकराम अधिकारलाई राजस्व तालिम केन्द्र पठाउने निर्णय गरेका छ। यसैगरी गजेन्द्र ठाकुरलाई आन्तरिक राजस्व विभाग, मध्यमस्तरीय करदाता कार्यालयमा अर्जुन भट्टराई र राजस्व व्यवस्थापन महाशाखा प्रमुखको जिम्मेवारी रामेश्वर दंगाललाई दिएको अर्थ मन्त्रालयल स्रोतले जानकारी दिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।