• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, असोज ४, २०८३ Sun, Sep 20, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सुरक्षा/अपराध

खानेपानी विवादको उग्र रूप : भीरबाट खसालेर ७ वर्षीय बालकको 'हत्या', अस्पतालको शय्यामा बाबुआमा

११ जना पक्राउ
64x64
ललित बोहरा आइतबार, साउन ४, २०७७  २१:५६
1140x725

डडेल्धुरा- डडेल्धुराको आलिताल गाउँपालिका-६ मा खानेपानीका विषयमा विवाद हुँदा एक बालकको हत्या भएको छ। ७ वर्षीय ती बालकलाई भीरबाट खसालेर हत्या भएको आरोप लागेको छ। 

प्रहरीले शनिबार नाबालक हत्यामा संलग्न भएको आरोपमा ७ जना अभियुक्तलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा आलिताल गाउँपालिका-६ का १९ वर्षीय लाले भन्ने लालबहादुर खड्का, ४८ वर्षीय पम्फा ओली, २९ वर्षीय अमृता ओली, ४८ वर्षीय कलु खड्का, ३० वर्षीय रिमा ओली, १९ वर्षीय तुल्सी ओली र ३१ वर्षीय पवित्रा ओली रहेका छन्। 

पक्राउ परेकाहरुमाथि अनुसन्धान भइरहको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले जानकारी दिए। यसअघि प्रहरीले ३० वर्षीय टीकाराम ओली, ५५ वर्षीय निरु भन्ने निरबहादुर ओली, १९ वर्षीय भीमबहादुर खड्का र ३३ वर्षीय हरिकृष्ण भाटलाई पक्राउ गरेको थियो। प्रहरीले उनीहरुमाथि अनुसन्धान भइरहेको जानकारी दिएको छ। 

खानेपानीसम्बन्धी विवादले उग्र रुप लिँदा झडप
गत असार २६ गते खानेपानीको विषयमा विवाद भएको थियो। विवादपछि झडप हुँदा गणेश महराका ७ वर्षीय छोरा हिमांशु महरा घाइते भएका थिए। हिमांशुको अनुहारमा ढुङ्गाले हानेर चोट लागेको थियो। घटनापछि घाइते भएका उनलाई उपचारका लागि कैलालीको सारथी अस्पतालमा भर्ना गरिएको थियो। उपचारकै क्रममा असार २७ गते उनको मृत्यु भयो। 

आलीताल-६ बाहुना गाउँ घर भएका ती बालकको गाउँलेले लखेटीलखेटी हत्या गरेको आरोप लागेको छ। यतिमात्रै होइन, ११ जनाको समूहले ढुंगा प्रहार गरी हिमांशुलाई भीरबाट धकेलेको आरोप समेत लागेको छ।

यस्तो थियो विवाद
आलिताल गाउँपालिका-६ मा दुई गाउँ छन्। भौना गाउँ र मेलखाली गाउँ। दुवै गाउँबीच वर्षौंदेखि खानेपानीको विवाद थियो। मेलखाली गाउँवासीले २०४१ सालदेखि भौना गाउँवासीले प्रयोग गर्दै आइरहेको खानेपानी आफ्नो गाउँ लग्न खोजेपछि विवाद उत्कर्षमा पुगेको थियो। त्यसपछि  १७ परिवार रहेका भौना गाउँवासीले त्यसको विरोध गरे। 

१४ घरधुरी रहेको मेलखाली गाउँवासीले षड्यन्त्रपूर्वक खानेपानी आफ्नो गाउँ लैजान लागेको भौनाका गणेश महराले थाहा पाए। वडाबाट बजेट हालेर निर्माण हुन लागेको खानेपानी आयोजनाको उपभोक्ता समितिमा उनकै गाउँवासी हरिकृष्ण भाट पनि थिए। 

‘वषौंदेखि हामीले प्रयोग गरिरहेको खानेपानी लिफ्टिङ गरेर माथि रहेको मेलखालीमा लैजान लागेपछि विरोध गरेका थियौं,’ महराले भने, ‘पानीको मूल हाम्रो गाउँमा थियो। मेरै जमिनदेखि मास्तिर।’ २६ गते साँझ सोही विवादलाई लिएर मेलखालीवासी लठ्ठी बोकेर आफ्नो घरमा झगडा गर्न आएको उनले बताए।

Ncell 2
Ncell 2
nimb
nimb

'सुरुमा त मैले तपाईंको गाउँको घरघरमा ट्याङकी छ भनेर सम्झाएँ,’ उनले भने, ‘साँझ साढे ६ बजे त्यहाँ आएका भीम खड्का, टीकाराम ओली, लाले खड्काले मेरो कुरा सुन्नुको सट्टा मेरो मुखमा लठ्ठी हिर्काए।’ 

उनका अनुसार त्यतिबेलासम्म मेलखालीवासीले घर घेरिसकेका थिए। त्यसपछि ‘अरू पनि आउँदैछन्। तेरो छाला निकाल्छु’ भनेर धम्की दिएपछि गणेश भागेका थिए। ‘महिलाहरु समेत भएकाले हातपात गर्न उचित नठानेर म गुहार माग्दै घर तल पुगेर कराएको थिएँ। पछाडिबाट १०–१२ जनाको समूहले लठ्ठी हानेर धकेलेपछि कान्लाबाट तल खसेँ,' उनले भने।

घरपछाडिको भीरबाट धकेलिएका गणेश करिब २० मिटर तल खेसेका थिए। माथिबाट लगातार ढुंगा प्रहार भइरहेको हुँदा उनी रुखको आडमा लुकिरहे। माथि घर अगाडि भने गाउँलेले श्रीमती मीनाकुमारी महरालाई घेरेका थिए। 

‘सुरुमा आएर 'तेरा बुढाले गाली गरे' भन्दै ममाथि नै जाइलागे। मैले वडामा जाऔं, प्रहरीमा जाऔं भनेर सम्झाउँदै थिएँ। उताबाट छोराले बुबालाई पिट्यो भनेर कराएपछि म उतै दौडिएँ,’ मीनाले भनिन्, ‘मेरो पछिपछि छोरो पनि आएको थियो। श्रीमानलाई बचाउन गएकी मलाई पनि गाउँलेले ढुंगामुढा प्रहार गर्दै भीरबाट खसालेका थिए। छोरालाई पनि भीरको डिलबाट धकेलिदिए।’ 

गाउँले गइसकेपछि गणेश हत्तपत्त उठेर जाँदा उनको भाइकी श्रीमती छोरा हिमांशुलाई बेहोस अवस्थामा समातेर रोडमा दगुरिरहेकी थिइन्। घरमा उनकै गाउँका दुई महिला हातमा लठ्ठी बोकेर बसिरहेका थिए। ‘त्यसपछि बेहोस अवस्थामा रहेका छोरा बोकी म एक घण्टा हिँडेर गाडी चल्ने बाटोमा पुगेँ। १० बजे धनगढीको सारथी अस्पतालमा पुर्‍याएँ,’ उनले भने, ‘राती अस्पतालका डाक्टरले काठमाडौं लैजान भने। तर आफ्नो आर्थिक स्थिति नाजुक भएकाले मैलै हिमांशुलाई काठमाडौं लैजान सकिनँ। २७ गते बिहान ४ बजे छोराले प्राण त्याग्यो।’

मृतक ७ वर्षीय बालकका बुबाआमा दुवै जना अहिले अस्पतालमा उपचाररत छन्। 

प्रकाशित मिति: आइतबार, साउन ४, २०७७  २१:५६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
ललित बोहरा
ललित नेपाल लाइभका संवाददाता हुन्
लेखकबाट थप
दल बदलेपछि बैतडीका एक जनप्रतिनिधि पद मुक्त
हजारौँ रोपनी जमिनमा सिँचाइ गर्ने २० लाख लिटर क्षमताको पोखरी पुनर्निर्माण गर्ने भएपछि कृषक उत्साहित
बैतडीमा ४० वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रधानाध्यापक पक्राउ
सम्बन्धित सामग्री
चक्कु प्रहारबाट एक युवकको मृत्यु, तीन जना पक्राउ स्थानीय होटलमा दुई पक्षबीच भएको विवादका क्रममा चक्कु प्रहारबाट जीतपुरसिमरा उपमहानगरपालिका–२ का ३५ वर्षीय शेरबहादुर खड्काको मृत्यु भए... आइतबार, असोज ४, २०८३
सप्तरीमा २० क्विन्टल गाँजाजस्तो देखिने पदार्थ बरामद डाक्नेश्वरी नगरपालिका–६ फतेपुर टोलमा भण्डारण गरी राखिएको अवस्थामा करिब २० क्विन्टल (२ हजार केजी) गाँजाजस्तो देखिने पदार्थ बरामद भएको... आइतबार, असोज ४, २०८३
करिब १ हजार ४ सय ५४ किलोग्राम गाँजासहित एक जना पक्राउ इनरूवा नगरपालिका-१० जाल्पापुर चम्राही टोलबाट अवैध लागूऔषध गाँजा जस्तो देखिने पदार्थसहित भोक्राहा नरसिंह गाउँपालिका-५ बस्ने ३० वर्षीय... आइतबार, असोज ४, २०८३
ताजा समाचारसबै
एमाले पुनर्गठन कार्यदलको प्रतिवेदन सचिवालयबाट स्वीकृत, अब केन्द्रीय कमिटीमा जाने आइतबार, असोज ४, २०८३
गृहले गर्‍यो एकैपठक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
यूएन महासभामा सहभागी प्रधानमन्त्री शाह मंगलबार जाने, परराष्ट्रमन्त्री आजै न्यूयोर्क उडे, यस्तो छ कार्यतालिका आइतबार, असोज ४, २०८३
बाढीबाट प्रभावित बालबालिकाका लागि झन्डै ५८ करोड सहयोग गर्ने घले दम्पतीको घोषणा आइतबार, असोज ४, २०८३
२०२६ को पहिलो ६ महिनामा हुवावे विश्वकै नम्बर १ स्मार्टवाच ब्रान्ड आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ आइतबार, असोज ४, २०८३
चक्कु प्रहारबाट एक युवकको मृत्यु, तीन जना पक्राउ आइतबार, असोज ४, २०८३
देवानगञ्जमा गोलीकाण्ड : घाइते युवकको पहिचान खुल्यो, गोली चलाउनेको खोजीमा प्रहरी शनिबार, असोज ३, २०८३
देवानगन्ज घटना: प्रहरीले सार्वजनिक गर्‍यो पक्राउ परेका दुई जना, गोली चलेको विषयमा मौन शनिबार, असोज ३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
प्रधानमन्त्रीसँग बैठक बसेलगत्तै सिंहदरबारबाट किन पक्राउ परे किस्माङ गाउँपालिका अध्यक्ष ? सोमबार, भदौ २९, २०८३
गौरीघाटमा बागमती नदीले सतर्कता तह पार गर्‍यो सोमबार, भदौ २९, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्