• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, मंसिर २२, २०८२ Mon, Dec 8, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सुरक्षा/अपराध

खानेपानी विवादको उग्र रूप : भीरबाट खसालेर ७ वर्षीय बालकको 'हत्या', अस्पतालको शय्यामा बाबुआमा

११ जना पक्राउ
64x64
ललित बोहरा आइतबार, साउन ४, २०७७  २१:५६
1140x725

डडेल्धुरा- डडेल्धुराको आलिताल गाउँपालिका-६ मा खानेपानीका विषयमा विवाद हुँदा एक बालकको हत्या भएको छ। ७ वर्षीय ती बालकलाई भीरबाट खसालेर हत्या भएको आरोप लागेको छ। 

प्रहरीले शनिबार नाबालक हत्यामा संलग्न भएको आरोपमा ७ जना अभियुक्तलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा आलिताल गाउँपालिका-६ का १९ वर्षीय लाले भन्ने लालबहादुर खड्का, ४८ वर्षीय पम्फा ओली, २९ वर्षीय अमृता ओली, ४८ वर्षीय कलु खड्का, ३० वर्षीय रिमा ओली, १९ वर्षीय तुल्सी ओली र ३१ वर्षीय पवित्रा ओली रहेका छन्। 

पक्राउ परेकाहरुमाथि अनुसन्धान भइरहको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले जानकारी दिए। यसअघि प्रहरीले ३० वर्षीय टीकाराम ओली, ५५ वर्षीय निरु भन्ने निरबहादुर ओली, १९ वर्षीय भीमबहादुर खड्का र ३३ वर्षीय हरिकृष्ण भाटलाई पक्राउ गरेको थियो। प्रहरीले उनीहरुमाथि अनुसन्धान भइरहेको जानकारी दिएको छ। 

खानेपानीसम्बन्धी विवादले उग्र रुप लिँदा झडप
गत असार २६ गते खानेपानीको विषयमा विवाद भएको थियो। विवादपछि झडप हुँदा गणेश महराका ७ वर्षीय छोरा हिमांशु महरा घाइते भएका थिए। हिमांशुको अनुहारमा ढुङ्गाले हानेर चोट लागेको थियो। घटनापछि घाइते भएका उनलाई उपचारका लागि कैलालीको सारथी अस्पतालमा भर्ना गरिएको थियो। उपचारकै क्रममा असार २७ गते उनको मृत्यु भयो। 

आलीताल-६ बाहुना गाउँ घर भएका ती बालकको गाउँलेले लखेटीलखेटी हत्या गरेको आरोप लागेको छ। यतिमात्रै होइन, ११ जनाको समूहले ढुंगा प्रहार गरी हिमांशुलाई भीरबाट धकेलेको आरोप समेत लागेको छ।

यस्तो थियो विवाद
आलिताल गाउँपालिका-६ मा दुई गाउँ छन्। भौना गाउँ र मेलखाली गाउँ। दुवै गाउँबीच वर्षौंदेखि खानेपानीको विवाद थियो। मेलखाली गाउँवासीले २०४१ सालदेखि भौना गाउँवासीले प्रयोग गर्दै आइरहेको खानेपानी आफ्नो गाउँ लग्न खोजेपछि विवाद उत्कर्षमा पुगेको थियो। त्यसपछि  १७ परिवार रहेका भौना गाउँवासीले त्यसको विरोध गरे। 

१४ घरधुरी रहेको मेलखाली गाउँवासीले षड्यन्त्रपूर्वक खानेपानी आफ्नो गाउँ लैजान लागेको भौनाका गणेश महराले थाहा पाए। वडाबाट बजेट हालेर निर्माण हुन लागेको खानेपानी आयोजनाको उपभोक्ता समितिमा उनकै गाउँवासी हरिकृष्ण भाट पनि थिए। 

‘वषौंदेखि हामीले प्रयोग गरिरहेको खानेपानी लिफ्टिङ गरेर माथि रहेको मेलखालीमा लैजान लागेपछि विरोध गरेका थियौं,’ महराले भने, ‘पानीको मूल हाम्रो गाउँमा थियो। मेरै जमिनदेखि मास्तिर।’ २६ गते साँझ सोही विवादलाई लिएर मेलखालीवासी लठ्ठी बोकेर आफ्नो घरमा झगडा गर्न आएको उनले बताए।

Ncell 2
Ncell 2

'सुरुमा त मैले तपाईंको गाउँको घरघरमा ट्याङकी छ भनेर सम्झाएँ,’ उनले भने, ‘साँझ साढे ६ बजे त्यहाँ आएका भीम खड्का, टीकाराम ओली, लाले खड्काले मेरो कुरा सुन्नुको सट्टा मेरो मुखमा लठ्ठी हिर्काए।’ 

उनका अनुसार त्यतिबेलासम्म मेलखालीवासीले घर घेरिसकेका थिए। त्यसपछि ‘अरू पनि आउँदैछन्। तेरो छाला निकाल्छु’ भनेर धम्की दिएपछि गणेश भागेका थिए। ‘महिलाहरु समेत भएकाले हातपात गर्न उचित नठानेर म गुहार माग्दै घर तल पुगेर कराएको थिएँ। पछाडिबाट १०–१२ जनाको समूहले लठ्ठी हानेर धकेलेपछि कान्लाबाट तल खसेँ,' उनले भने।

घरपछाडिको भीरबाट धकेलिएका गणेश करिब २० मिटर तल खेसेका थिए। माथिबाट लगातार ढुंगा प्रहार भइरहेको हुँदा उनी रुखको आडमा लुकिरहे। माथि घर अगाडि भने गाउँलेले श्रीमती मीनाकुमारी महरालाई घेरेका थिए। 

‘सुरुमा आएर 'तेरा बुढाले गाली गरे' भन्दै ममाथि नै जाइलागे। मैले वडामा जाऔं, प्रहरीमा जाऔं भनेर सम्झाउँदै थिएँ। उताबाट छोराले बुबालाई पिट्यो भनेर कराएपछि म उतै दौडिएँ,’ मीनाले भनिन्, ‘मेरो पछिपछि छोरो पनि आएको थियो। श्रीमानलाई बचाउन गएकी मलाई पनि गाउँलेले ढुंगामुढा प्रहार गर्दै भीरबाट खसालेका थिए। छोरालाई पनि भीरको डिलबाट धकेलिदिए।’ 

गाउँले गइसकेपछि गणेश हत्तपत्त उठेर जाँदा उनको भाइकी श्रीमती छोरा हिमांशुलाई बेहोस अवस्थामा समातेर रोडमा दगुरिरहेकी थिइन्। घरमा उनकै गाउँका दुई महिला हातमा लठ्ठी बोकेर बसिरहेका थिए। ‘त्यसपछि बेहोस अवस्थामा रहेका छोरा बोकी म एक घण्टा हिँडेर गाडी चल्ने बाटोमा पुगेँ। १० बजे धनगढीको सारथी अस्पतालमा पुर्‍याएँ,’ उनले भने, ‘राती अस्पतालका डाक्टरले काठमाडौं लैजान भने। तर आफ्नो आर्थिक स्थिति नाजुक भएकाले मैलै हिमांशुलाई काठमाडौं लैजान सकिनँ। २७ गते बिहान ४ बजे छोराले प्राण त्याग्यो।’

मृतक ७ वर्षीय बालकका बुबाआमा दुवै जना अहिले अस्पतालमा उपचाररत छन्। 

प्रकाशित मिति: आइतबार, साउन ४, २०७७  २१:५६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
ललित बोहरा
ललित नेपाल लाइभका संवाददाता हुन्
लेखकबाट थप
दल बदलेपछि बैतडीका एक जनप्रतिनिधि पद मुक्त
हजारौँ रोपनी जमिनमा सिँचाइ गर्ने २० लाख लिटर क्षमताको पोखरी पुनर्निर्माण गर्ने भएपछि कृषक उत्साहित
बैतडीमा ४० वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रधानाध्यापक पक्राउ
सम्बन्धित सामग्री
एम्बुलेन्सबाट ५१ किलो गाँजा बरामद जिल्ला प्रहरी कार्यालयका अनुसार नेपाल रेडक्रस सोसाइटी रामनगर बहुअर्वाको नाममा रहेको ज१च १५५८ नम्बरको एम्बुलेन्स गोप्य सूचनाका आधारमा... आइतबार, मंसिर २१, २०८२
दाङको लमहीमा गोली चल्यो गोली प्रहार गर्ने व्यक्ति फरार रहेका प्रहरीले जनाएको छ। अहिले प्रहरीले घटनास्थललाई नियन्त्रणमा लिएको छ। शनिबार, मंसिर २०, २०८२
गुण एयरलाइन्सका सञ्चालक राजेन्द्र शाक्य पक्राउ प्रभु बैंक लिमिटेडलाई हानी नोक्सानी पुर्‍याएको तथा सोही अपराधलाई लुकाउन विभिन्न कम्पनीहरुको नाममा करोडौं कर्जा प्रवाह गरी दुरुपयोग ग... बुधबार, मंसिर १७, २०८२
ताजा समाचारसबै
पृथ्वी राजमार्गको नागढुंगा-मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सोमबार, मंसिर २२, २०८२
एनपिएल : आज विश्राम, कुनै खेल नहुने सोमबार, मंसिर २२, २०८२
ईश्वर पोखरेल समूहले आज पत्रकार सम्मेलन गर्दै सोमबार, मंसिर २२, २०८२
बर्दियाको राजापुरमा अज्ञात व्यक्तिद्वारा गोली हानी एक जनाको हत्या सोमबार, मंसिर २२, २०८२
सिंहदरवारमा प्रधानमन्त्री कार्की र दुर्गा प्रसाईंबीच वार्ता हुँदै सोमबार, मंसिर २२, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
क्यानका निलम्बित महानिर्देशक अधिकारी कारागार चलान आइतबार, मंसिर २१, २०८२
पोखरा विमानस्थलमा अनियमितता: ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा आइतबार, मंसिर २१, २०८२
सिंहदरवारमा प्रधानमन्त्री कार्की र दुर्गा प्रसाईंबीच वार्ता हुँदै सोमबार, मंसिर २२, २०८२
हेटौंडा सडक विस्तार कार्य तत्कालका लागि स्थगित आइतबार, मंसिर २१, २०८२
ईश्वर पोखरेल समूहले आज पत्रकार सम्मेलन गर्दै सोमबार, मंसिर २२, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
ज्येष्ठ नागरिक स्वास्थ्य सेवाः अझै छैन सरकारको प्राथमिकतामा लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
अंशु गौतमको हत्या अनुसन्धानका लागि छिमेकी पक्राउ आइतबार, मंसिर २१, २०८२
अख्तियारले अनुसन्धान थालेपछि आक्रोशित बने हर्क साम्पाङ बिहीबार, मंसिर १८, २०८२
कुलमानप्रति पोखरेलको टिप्पणी- ‘लोडसेडिङ हटाउने योजना एउटाको, जस पायो अर्कोले, पार्टी खोल्यो तेस्रोले’ बिहीबार, मंसिर १८, २०८२
मलाई जसरी पनि पक्राउ गर्नपर्‍यो भनेर प्रधानमन्त्री लाग्नुभएको छ : ओली शनिबार, मंसिर २०, २०८२
ईश्वर पोखरेललगायतका एमाले नेताहरूको आन्तरिक छलफल थापागाउँमा जारी सोमबार, मंसिर १५, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्