एजेन्सी–भारतको मुम्बई प्रहरीले अभिनेता सुशान्तसिंह राजपुतको मृत्युमा कुनै षडयन्त्र नभएको निष्कर्ष निकालेको छ।
कैयौं मानिससँगको सोधपुछ र विभिन्न कोणबाट अनुसन्धानपछि प्रहरी यो निष्कर्षमा पुगेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। प्रहरी यो आत्महत्या नै भएको निष्कर्षमा पुगेको छ। प्रहरीलाई पोस्टमार्टम रिपोर्ट प्राप्त भइसकेको र अब भिसेरा जाँचको रिपोर्ट कुरिरहेको जनाइएको छ।
सुशान्तले आत्महत्या गरेको कोठा भित्रबाट चुकुल लगाइएको अवस्थामा थियो । यसमा पनि बाहिरी मानिस नभई सुशान्त नै संलग्न भएको प्रहरीले जनाएको छ।
यस्तै, सुशान्तको शरीरमा कुनै चोट नभएको र कपडामा पनि केही दाग नभेटिएकाले उनले आत्महत्या नै गरेको निष्कर्ष प्रहरीले निकालेको उल्लेख गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।