काबुल- अफगानिस्तानको उत्तरी बग्लान प्रान्तमा शनिबार भएको झडपमा अफगान सुरक्षाफौजका कम्तीमा चार सुरक्षाकर्मीको मृत्यु भएको अफगान सेनाले जनाएको छ। उक्त घटनामा अरु १० सुरक्षाकर्मी घाइते भएका छन्।
तालिबान समूहले चेसमाये शिर र बाघ–ए–शमाल क्षेत्रको बग्लान–समानगान राजमार्गमा अफगान सैनिक जाँच पोस्टमा आक्रमण गरेका थिए। भिडन्तका कारण राजमार्ग केही घण्टासम्म बन्द गरिनुका साथै चार वटा अफगान सेनाका बख्तरबन्द गाडी ध्वस्त भएका छन्।
बग्लानस्थित एक सैनिक कमान्डरले तालिबान समूहको पनि ठूलै क्षति भएको दाबी गरे।
(रासस–एएनआई)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।