एजेन्सी-बलिउड अभिनेता अनुपम खेरकी आमासहित परिवारका चार जनामा कोरोना पोजेटिभ देखिएको छ। अनुपम खेरले आइतबार बिहान ट्वीट गर्दै यो जानकारी दिएका हुन्।
केही दिनदेखि उनकी आमा दुलारी खेरको स्वास्थ्यमा समस्या देखिएको थियो। चिकित्सकको सल्लाहअनुसार परीक्षण गराउँदा उनमा कोरोना संक्रमण पुष्टि भएको हो। उनको कोकिलाबेन अस्पतालमा उपचार भइरहेको छ। आमालाई संक्रमण पुष्टि भएपछि खेर परिवारका अन्य सदस्यमा पनि परीक्षण गरिएकामा चार जनामा संक्रमण पुष्टि भएको जनाइएको छ।
यसैगरी अभिनेत्री रेखाका गार्डमा पनि कोरोना संक्रमण देखिएको समाचारमा जनाइएको छ। यसअघि बलिउड अभिनेता अमिताभ बच्चन र अभिषेक बच्चनमा पनि कोरोना संक्रमण देखिएको पुष्टि भएको थियो। दुवैको मुम्बईस्थित अस्पतालमा उपचार भइरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।