एजेन्सी–अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प कोरोना महामारी सुरु भएयता पहिलोपटक मास्कमा देखिएका छन्।
वाशिङटन नजिकैको वाल्टर रिड नेसनल मिलिटरी मेडिकल सेन्टर भ्रमणका क्रममा उनले पहिलोपटक मास्क लगाएको देखिएको हो। उनी सो अस्पतलामा घाइते सैनिक तथा स्वास्थ्यकर्मी भेट्न गएका थिए।
यसअघि उनले सार्वजनिक रुपमा मास्क लगाउन अस्वीकार गर्दै आएका थिए।
शनिबार ह्वाइटहाउसबाट निस्कँदै गर्दा उनले मास्क लगाएका थिए। उनले भनेका थिए, ‘अस्पतालमा धेरै मानिससँग भेटघाट हुने भएकाले त्यहाँ मास्क लगाउनु आवश्यक हुन्छ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।