एजेन्सी–टर्कीका राष्ट्रपति रेसेप तायिप इर्दोगानले इस्तानबुलको ऐतिहासिक हागिया सोफिया संग्रहालयलाई पुनः मस्जिदमा परिवर्तन गर्न आदेश दिएका छन्।
यसअघि शुक्रबार टर्कीको एक अदालतले उक्त संग्रहालयलाई मस्जिदमा परिवर्तन गर्ने बाटो खुला गरेको थियो। अदालतले आफ्नो फैसलामा हागिया सोफिया अब संग्रहालयको रुपमा नरहने र १९३४ को सरकारी निर्णय रद्द गर्ने जनाएको थियो।
युनेस्कोको विश्वसम्पदा सूचीमा सूचीकृत यो भवन मस्जिद बन्नुअघि चर्च थियो। सन् १९३० को दशकमा यसलाई संग्रहालय बनाइएको थियो। गत वर्षको आमनिर्वाचनका बेला इर्दोगानले संग्रहालयलाई मस्जिद बनाउने प्रतिबद्धता गरेका थिए।
उक्त भवनमा पहिले चर्च थियो। पछि सन् १४५३ मा यसलाई मस्जिद बनाइयो र त्यसलाई संग्रहालयको रुप दिइयो । अहिले त्यसैलाई मस्जिद बनाउने निर्णय भएको हो। यो भवनलाई छैटौं शताब्दिमा सम्राट जस्टिनियनको आदेशबाट बनाइएको मानिन्छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।