एजेन्सी–भारतको कानपुरमा ८ प्रहरीको हत्याका मुख्य अभियुक्त विकास दुबेलाई लिएर कानपुर गइरहेको उत्तर प्रदेश स्पेशल टास्क फोर्स (एसटीएफ) को गाडी शुक्रबार बिहान दुर्घटनाग्रस्त भएको छ।
घटनामा घाइते भएका दुबेलाई अस्पताल भर्ना गरिएको छ। एक प्रहरी अधिकारीका अनुसार दुबेलाई उज्जैनको सडक हुँदै कानपुर लगिँदै थियो। कानपुर पुग्नेबित्तिकै उक्त दुर्घटना भएको बताइएको छ।
गाडी पल्टँदा केही प्रहरी पनि घाइते भएका छन्। दुबेले घाइते प्रहरीको पिस्तोल लिएर भाग्ने प्रयास गरेपछि उनलाई गोली हानेर पक्राउ गरिएको जनाइएको छ। दुबेले प्रहरीलाई फायरिङ गरेपछि प्रहरीले पनि जवाफी फायरिङ गरेको बताइएको छ। तर दुबेलाई कति गोली लाग्यो भन्नेबारे यकिन नभएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। उक्त घटनामा केही प्रहरी पनि मारिएको बिबिसी हिन्दीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।