एजेन्सी–अमेरिकी विदेशमन्त्री माइक पोम्पियोले टिकटकलगायतका चिनियाँ एप्समाथि प्रतिबन्ध लगाउनेबारे विचार भइरहेको बताएका छन्। फक्स न्युजसँगको अन्तर्वार्तामा उनले यसलाई आफूहरुले गम्भीर रुपमा लिइरहेको पनि बताए।
अमेरिकी अधिकारीहरुले टिकटकमार्फत् व्यक्तिका निजी सूचना चीन पुगिरहेको आरोप लगाउँदै आएका छन्। यो एपको नेतृत्वमा अमेरिकी नागरिक नै छन् भने अमेरिकामा यसका सयौं कर्मचारी छन्।
विदेशमन्त्री पोम्पियोको टिप्पणीपछि टिकटकका प्रवक्ताले प्रयोगकर्ताका लागि सुरक्षित एपको प्रबद्र्धनबाहेक आफूहरुको कुनै उच्च प्राथमिकता नभएको बताएका छन्। अमेरिकी अधिकारीहरुले भनेजस्तै व्यक्तिका सूचना कहिल्यै चिनियाँ सरकारसमक्ष नपुग्ने र कहिल्यै त्यसो नगर्ने पनि टिकटकले जनाएको छ।
राष्ट्रिय सुरक्षा, व्यापार र प्रविधिका विषयमा चीन र अमेरिकाबीच तनाव बढिरहेका बेला अमेरिकी विदेशमन्त्रीको यस्तो प्रतिक्रिया आएको हो।
चीनसँगको सीमा विवाद बढेपछि टिकटकलगायतका चिनियाँ एप्सलाई भारतले पनि प्रतिबन्ध लगाइसकेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।