एजेन्सी- ७१ वर्षको उमेरमा चर्चित भारतीय कोरियोग्राफर सरोज खानको निधन भएको छ। केही समयदेखि बिरामी उनलाई सास लिन अप्ठ्यारो भएपछि जुन २० मा बान्द्रामा रहेको गुरू नानक अस्पतालमा भर्ना गरिएको थियो।
उपचारकोक्रममा बिहीबार बेलुका उनको निधन भएको हो। कार्डिएक अरेष्टका कारण उनको निधन भएको भारतीय समाचार एजेन्सी एएनआईले जनाएको छ। केही दिन अगाडि उनको कोरोना भाइरस परीक्षण गर्दा रापाेर्ट नेगेटिभ देखिएको थियो।
खान १२ वर्षको उमेरबाट डान्स सिकाउन सक्रिय भएकी थिइन्। सन् ७० को दशकमा उनले पहिलो पटक फिल्म गीता मेरा नाममा नृत्य निर्देशकको रुपमा काम गरेकी थिइन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।