एजेन्सी – बलिउड अभिनेता सलमान खानले आफ्ना समर्थकहरुका लागि पुनः एक नयाँ गीत गाउने भएका छन्। फिल्म रेस-३ को अन्तीम सुटिङमा व्यस्त रहेका सलमानले यही फिल्मका लागि एक गीत गाउन लागेका हुन्।
सलमानकै लेखनमा रहेको गीतमा गायिका युलिया वैतुरलेसमेत अावाज दिँदै छिन्। सलमानले फिल्म हिरो र किक पछि पुन: तेस्रो पटक रेस-३ का लागि गीत गाएका हुन्।
फिल्ममा सलमानको उक्त गीत एक राेमान्टिक गीतको रुपमा दर्शकहरुले हेर्न सक्ने छन्।
मुम्बई, अवुधावी, बैंककजस्ता ठाँउहरुमा सुटिङ भइसकेको फिल्मको गीतकाे सुटिङ भने भारतको लेह मरुभुमिमा हुनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।