• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, कात्तिक १, २०८३ Sun, Oct 18, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

लिभरपुलको उपाधि : विश्वासमा बदलियो शंका

64x64
ऋग्वेद शर्मा शुक्रबार, असार १२, २०७७  १३:३५
1140x725

काठमाडौं- सन् २०१५ को अक्टोवर ८ मा लिभरपुलको प्रशिक्षक नियुक्त हुँदा योर्गेन क्लोपले भनेका थिए- ‘हामीले शंका गर्नेहरुलाई विश्वास गर्न सक्ने बनाउनुछ।’ अहिले झण्डै पाँच वर्षको समयमा क्लोप र उनको प्रशिक्षणमा रहेको लिभरपुलमाथि कसैलाई शंका छैन, लिभरपुल विश्व फुटबलको उत्कृष्ट टिम हो। 

३० वर्षअघि लिभरपुलले लिग उपाधि जितेको थियो भन्दा हुने खल्लो महसुस समर्थकलाई अब हुने छैन। आधुनिक फुटबलको मैदानमा नै लिभरपुलले आफ्नो उच्च छबि निर्माण गरिसकेको छ। गएको वर्ष च्याम्पियन्स लिग र यो वर्ष प्रिमियर लिग उपाधि जितेर। 

लिभरपुलले सन् १९८९-९० को सिजनपछि लिगको उपाधि जित्न सकेको थिएन। प्रिमियर लिगमा कमजोर बनिरहेको लिभरपुललाई ३० वर्षसम्मको उपाधिको भोक ठूलो थियो। यसैले यो सिजन क्लोपको विशेष ध्यान प्रिमियर लिगमा देखियो। आधुनिक फुटबलमा उपाधिबाट टाढा रहँदा पनि लिभरपुल २००२, २००९, २०१४ र गएको सिजन २०१९ मा दोस्रो स्थानमा थियो। 

यो सिजन क्रिष्टल प्यालेसलाई ४-० ले हराएको पछिल्लो खेलपछि लिभरपुललाई उपाधिका लागि दुई अंक आवश्यक थियो। बिहीबार राति दोस्रो स्थानमा रहेको म्यानचेस्टर सिटीलाई चेल्सीले हराइदिएपछि लिभरपुलले उपाधि पाएको हो। लिगमा ७ खेल बाँकी रहँदा लिभरपुल २३ अंकले अघि भइसकेको छ। 

यसैले कोरोना भाइरस (कोभिड १९) को जोखिमका कारण घरै बस्नु पर्ने आग्रह नमानेरै हजारौँ समर्थक एन्फिल्डमा जम्मा भए। खुसी साटे। चेल्सी र म्यानचेस्टर सिटीको खेल सँगै बसेर हेरिरहेका एलिसन, भर्जिल भ्यान डाइक, एलेक्स सबैले एकसाथ उत्सव मनाए। प्रशिक्षक क्लोपले पहिलो प्रतिक्रिया दिए- ‘मसँग कुनै शब्द नै छैन।’ 

विश्वभर छरिएका लिभरपुल समर्थकले सामाजिक सञ्जाल मार्फत नै खुसी साटासाट गरे। नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान पारस खड्काले जस्तै। सामाजिक सञ्जालमा खुसी छर्दै पारसले लेखेका छन्- ‘३० वर्षको प्रतिक्षा पूरा भयो।’ त्यसको केही समयमा दशरथ रंगशालाअघि उभिएर लिभरपुलको जर्सीसहितको तस्बिरमा पारस देखिए। 

Ncell 2
Ncell 2
nimb
nimb

कोरोना माहामारीका कारण फुटबल जगतमा सबैभन्दा ठूलो पीडा कसैलाई थियो भने त्यो लिभरपुल समर्थकलाई हुनुपर्छ। लिग कसरी सकिन्छ भन्ने दुविधा ठूलो थियो। सिजन यत्तिकै सकिँदा लिभरपुलको लगभग पक्का भएको उपाधिमा पीडा ठूलो हुने थियो। धन्न प्रिमियर लिग फर्कियो र सँगै लिभरपुलको उपाधि। 

समर्थकहरु खुसीयाली मनाउन आफूखुसी जम्मा भए पनि लिभरपुलले यो उपाधिको खुसी समर्थकसँग खुलेर मनाउन अझै समय लाग्नेछ। प्रशिक्षक क्लोप पनि जहिले कोरोना भाइरसपछिको सामान्य अवस्था हुनेछ तब ठूलो मात्रामा भेटघाट र र्‍याली गरिने बताउँछन्। अहिलेको बन्द रंगशालामा यो पर्खाइको जितको उत्सव हुन सक्दैन नै। 

सन् १८९२ देखि १९९२ सम्म इंग्ल्याण्डको माथिल्लो डिभिजनलाई ‘फुटबल लिग फस्ट डिभिजन’ का नामले चिनिन्थ्यो। जसमा १९००-०१ मा लिभरपुलले पहिलो उपाधि जितेको थियो। त्यसपछि १९०५-०६, १९२१-२२, १९२२-२३ लिग जित्यो। १९३९ देखि दोस्रो विश्वयुद्धका कारण रोकिएको लिग १९४६-४७ को सिजनमा हुँदा उपाधि लिभरपुलले नै जितेको थियो। 

त्यसपछि भने लिभरपुलले उपाधि जित्न १७ वर्ष पर्खनुपर्‍यो। १९६३-६४ को सिजनमा र त्यसपछि १९६५-६६, १९७२-७३ मा उपाधि जितेको लिभरपुलले त्यसपछिको लामो समय एकछत्र राज गरेजस्तो भयो। १९७५-७६, १९७६-७७, १९७८-७९, १९७९-८०, १९८१-८२, १९८२-८३, १९८३-८४, १९८५-८६, १९८७-८८ हुँदै १९८९-९० मा लिभरपुलले १८ पटक उपाधि जितिसकेको थियो। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

फुटबलको स्वर्ण युगमा चलिरहेको लिभरपुलको लागि १९९२ मा प्रिमियर लिगकै सुरुवातपछि अहिलेसम्म उपाधि जित्न नसक्नु ठूलो दुःखको विषय थियो। हुन पनि १९७३ देखि १९९० सम्ममा नै ११ पटक उपाधि जितेको लिभरपुलको यो पर्खाइ सोचेभन्दा निकै लामो हो। 

सात खेल बाँकी रहँदैको उपाधि प्रिमियर लिगमा कीर्तिमान नै हो। बाँकी रहेका खेललाई हेर्दा लिभरपुलले अझै केही कीर्तिमान बनाउन सक्ने ठाउँ बाँकी नै छ। सिजनमा सर्वाधिक धेरै खेलमा जित, घरेलु मैदानमा सर्वाधिक जित, अवे मैदानमा सर्वाधिक जित र दोस्रो स्थानको क्लबसँगको ठूलो अन्तर जस्ता कीर्तिमान बनाउन बाटो खुला छ।

यो सबैका पछाडि एक विशेष पात्र छन्- प्रशिक्षक योर्गेन क्लोप। जसले प्रिमियर लिगको दशौँ स्थानमा रहेको क्लबलाई उपाधि जिताउने यात्रा गराए। २०१५ को अक्टोवरमा ब्रेन्डान रोजर्सलाई हटाएर क्लोप प्रशिक्षकका रुपमा आउँदा लिभरपुल लिगको दशौँ स्थानमा थियो। जसपछि क्लोपले आफ्नो ‘हेभ्भी मेटल फुटबल’ शैलीलाई अझ उचाइ दिए। 

लिभरपुलको चार सिजनमा दुई पटक चौथो, एक पटक दोस्रो स्थानमा रहँदै क्लोपले यो सिजन त उपाधि नै जिताए। जसमा क्लोपले मोहम्मद सलाह र सडियो माने जस्ता खेलाडीलाई आफ्नो योजना अनुरुप प्रयोग गर्न सक्ने ठूलो गुण देखाए। 

क्लोपको समयअघि आएका रोबर्टो फर्मिनोमाथिको उनको विश्वास र योजना पनि विशेष देखियो। तीन सिजनभन्दा कम समयमा ती तीन खेलाडीले २ सय ११ गोल गरेका छन्। जसमा सलाहको ९२, मानेको ६५ र फर्मिनोको ५४ गोल छ। गोलबाहेक पनि गोलकिपर एलिसन र सेन्टर ब्याक भर्जिल भ्यान डाइकको शैलीलाई नदेख्न मिल्दैन। त्यसबाहेक पनि फेरिएका जोर्डन हेन्डरसन र युवा खेलाडी एलेक्जेण्डर आर्नोल्ड त छँदैछन्। 

त्यो सबैका पछाडि क्लोपको उत्कृष्ट योजना। हुन पनि उनी आफ्नै खेलाडीहरुसँग शतप्रशित हुन्छन्, सँगै शतप्रतिशत बाँच्छन्। योजना बनाउँछन् र त्यसको कार्यान्वयन गर्छन्। निर्णय लिन्छन् र पूरा गर्छन्। समयको ख्याल गर्छन् र सबैलाई समय अनुसार नै चलाउँछन्। यसैले उनी सच्चा नेतृत्वकर्ता देखिएका छन्। यसैले त क्लब आएकै दिन उनले भने जस्तै अहिले विश्वासमा बदलिएको छ शंका।

यो पनि पढ्नुहोस्

मोहम्मद सलाहबारे - जो आत्मविश्वासमा उठेसोमबार, असार १, २०७७

 

प्रकाशित मिति: शुक्रबार, असार १२, २०७७  १३:३५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
ऋग्वेद शर्मा
नेपाल लाइभका वरिष्ठ संवाददाता शर्मा खेलकुद, फिचर र फोटो पत्रकारितामा रुचि राख्छन्।
लेखकबाट थप
रंगशालामा ओली ‘स्टन्ट’
गोलमा कमजोर खेलाडी, जवाफमा आक्रामक प्रशिक्षक
सहरमा मान्छे हिँड्छन् पनि!
सम्बन्धित सामग्री
जनकपुरधाममा जनकपुर बोल्ट्सको ट्रफी परेड निर्माणाधिन रामजानकी बहुउदेश्यीय रंगशालाबाट निकालिएको ट्रफी परेड थापा चोक हुँदै पिडारीचोक, रामानन्दचोक, बजरंगचोक, भ्रमरपुराचोक, जिरो... शुक्रबार, पुस १२, २०८१
एनपीएल : क्रिकेट मैदानमा जमेका डाक्टर त्यसअघिको जनकपुरबिरुद्धको खेलमा उनले ‘प्लेयर अफ द म्याच’ नै भएका थिए। गत बुधबार भएको खेलमा दुई विकेट र १७ रन बनाएका पाण्डे ‘प्लेयर अ... आइतबार, पुस ७, २०८१
जसका दुवै सन्तान ‘एनपिएलका’ विजेता र उपविजेता बने ! काठमाडौँको कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा शनिबार भएको फाइनल खेलमा समा प्रवीनको कोखबाट जन्मिएक... आइतबार, पुस ७, २०८१
ताजा समाचारसबै
लगानी बाेर्डका पुर्व सिईओ भट्ट पक्राउ शनिबार, असोज ३१, २०८३
बाढी प्रभावित ६७ बालबालिकाका लागि ललितपुरमा आवासीय विद्यालय सञ्चालनमा ल्याउँदै महिला बालबालिका मन्त्रालय शनिबार, असोज ३१, २०८३
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव शनिबार, असोज ३१, २०८३
लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्मा नियुक्त शनिबार, असोज ३१, २०८३
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ? शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
‘ग्यालेक्सी टीभी मेरो हो, सहकारीको रकमको जिम्मेवारी पनि मेरै हो’ : जीबी राई शनिबार, असोज ३१, २०८३
कलाकार पन्तको जाहेरीमा पत्रकार किशोरलाई पक्राउ गर्न प्रहरी घरमा, किशोरको उजुरी भने सुनिएन शनिबार, असोज ३१, २०८३
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव शनिबार, असोज ३१, २०८३
साइबर ब्युरोबाट छुटेपछि किशाेर श्रेष्ठले के भने? शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्