• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, पुस २, २०८२ Wed, Dec 17, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

लिभरपुलको उपाधि : विश्वासमा बदलियो शंका

64x64
ऋग्वेद शर्मा शुक्रबार, असार १२, २०७७  १३:३५
1140x725

काठमाडौं- सन् २०१५ को अक्टोवर ८ मा लिभरपुलको प्रशिक्षक नियुक्त हुँदा योर्गेन क्लोपले भनेका थिए- ‘हामीले शंका गर्नेहरुलाई विश्वास गर्न सक्ने बनाउनुछ।’ अहिले झण्डै पाँच वर्षको समयमा क्लोप र उनको प्रशिक्षणमा रहेको लिभरपुलमाथि कसैलाई शंका छैन, लिभरपुल विश्व फुटबलको उत्कृष्ट टिम हो। 

३० वर्षअघि लिभरपुलले लिग उपाधि जितेको थियो भन्दा हुने खल्लो महसुस समर्थकलाई अब हुने छैन। आधुनिक फुटबलको मैदानमा नै लिभरपुलले आफ्नो उच्च छबि निर्माण गरिसकेको छ। गएको वर्ष च्याम्पियन्स लिग र यो वर्ष प्रिमियर लिग उपाधि जितेर। 

लिभरपुलले सन् १९८९-९० को सिजनपछि लिगको उपाधि जित्न सकेको थिएन। प्रिमियर लिगमा कमजोर बनिरहेको लिभरपुललाई ३० वर्षसम्मको उपाधिको भोक ठूलो थियो। यसैले यो सिजन क्लोपको विशेष ध्यान प्रिमियर लिगमा देखियो। आधुनिक फुटबलमा उपाधिबाट टाढा रहँदा पनि लिभरपुल २००२, २००९, २०१४ र गएको सिजन २०१९ मा दोस्रो स्थानमा थियो। 

यो सिजन क्रिष्टल प्यालेसलाई ४-० ले हराएको पछिल्लो खेलपछि लिभरपुललाई उपाधिका लागि दुई अंक आवश्यक थियो। बिहीबार राति दोस्रो स्थानमा रहेको म्यानचेस्टर सिटीलाई चेल्सीले हराइदिएपछि लिभरपुलले उपाधि पाएको हो। लिगमा ७ खेल बाँकी रहँदा लिभरपुल २३ अंकले अघि भइसकेको छ। 

यसैले कोरोना भाइरस (कोभिड १९) को जोखिमका कारण घरै बस्नु पर्ने आग्रह नमानेरै हजारौँ समर्थक एन्फिल्डमा जम्मा भए। खुसी साटे। चेल्सी र म्यानचेस्टर सिटीको खेल सँगै बसेर हेरिरहेका एलिसन, भर्जिल भ्यान डाइक, एलेक्स सबैले एकसाथ उत्सव मनाए। प्रशिक्षक क्लोपले पहिलो प्रतिक्रिया दिए- ‘मसँग कुनै शब्द नै छैन।’ 

विश्वभर छरिएका लिभरपुल समर्थकले सामाजिक सञ्जाल मार्फत नै खुसी साटासाट गरे। नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान पारस खड्काले जस्तै। सामाजिक सञ्जालमा खुसी छर्दै पारसले लेखेका छन्- ‘३० वर्षको प्रतिक्षा पूरा भयो।’ त्यसको केही समयमा दशरथ रंगशालाअघि उभिएर लिभरपुलको जर्सीसहितको तस्बिरमा पारस देखिए। 

Ncell 2
Ncell 2

कोरोना माहामारीका कारण फुटबल जगतमा सबैभन्दा ठूलो पीडा कसैलाई थियो भने त्यो लिभरपुल समर्थकलाई हुनुपर्छ। लिग कसरी सकिन्छ भन्ने दुविधा ठूलो थियो। सिजन यत्तिकै सकिँदा लिभरपुलको लगभग पक्का भएको उपाधिमा पीडा ठूलो हुने थियो। धन्न प्रिमियर लिग फर्कियो र सँगै लिभरपुलको उपाधि। 

समर्थकहरु खुसीयाली मनाउन आफूखुसी जम्मा भए पनि लिभरपुलले यो उपाधिको खुसी समर्थकसँग खुलेर मनाउन अझै समय लाग्नेछ। प्रशिक्षक क्लोप पनि जहिले कोरोना भाइरसपछिको सामान्य अवस्था हुनेछ तब ठूलो मात्रामा भेटघाट र र्‍याली गरिने बताउँछन्। अहिलेको बन्द रंगशालामा यो पर्खाइको जितको उत्सव हुन सक्दैन नै। 

सन् १८९२ देखि १९९२ सम्म इंग्ल्याण्डको माथिल्लो डिभिजनलाई ‘फुटबल लिग फस्ट डिभिजन’ का नामले चिनिन्थ्यो। जसमा १९००-०१ मा लिभरपुलले पहिलो उपाधि जितेको थियो। त्यसपछि १९०५-०६, १९२१-२२, १९२२-२३ लिग जित्यो। १९३९ देखि दोस्रो विश्वयुद्धका कारण रोकिएको लिग १९४६-४७ को सिजनमा हुँदा उपाधि लिभरपुलले नै जितेको थियो। 

त्यसपछि भने लिभरपुलले उपाधि जित्न १७ वर्ष पर्खनुपर्‍यो। १९६३-६४ को सिजनमा र त्यसपछि १९६५-६६, १९७२-७३ मा उपाधि जितेको लिभरपुलले त्यसपछिको लामो समय एकछत्र राज गरेजस्तो भयो। १९७५-७६, १९७६-७७, १९७८-७९, १९७९-८०, १९८१-८२, १९८२-८३, १९८३-८४, १९८५-८६, १९८७-८८ हुँदै १९८९-९० मा लिभरपुलले १८ पटक उपाधि जितिसकेको थियो। 

फुटबलको स्वर्ण युगमा चलिरहेको लिभरपुलको लागि १९९२ मा प्रिमियर लिगकै सुरुवातपछि अहिलेसम्म उपाधि जित्न नसक्नु ठूलो दुःखको विषय थियो। हुन पनि १९७३ देखि १९९० सम्ममा नै ११ पटक उपाधि जितेको लिभरपुलको यो पर्खाइ सोचेभन्दा निकै लामो हो। 

सात खेल बाँकी रहँदैको उपाधि प्रिमियर लिगमा कीर्तिमान नै हो। बाँकी रहेका खेललाई हेर्दा लिभरपुलले अझै केही कीर्तिमान बनाउन सक्ने ठाउँ बाँकी नै छ। सिजनमा सर्वाधिक धेरै खेलमा जित, घरेलु मैदानमा सर्वाधिक जित, अवे मैदानमा सर्वाधिक जित र दोस्रो स्थानको क्लबसँगको ठूलो अन्तर जस्ता कीर्तिमान बनाउन बाटो खुला छ।

यो सबैका पछाडि एक विशेष पात्र छन्- प्रशिक्षक योर्गेन क्लोप। जसले प्रिमियर लिगको दशौँ स्थानमा रहेको क्लबलाई उपाधि जिताउने यात्रा गराए। २०१५ को अक्टोवरमा ब्रेन्डान रोजर्सलाई हटाएर क्लोप प्रशिक्षकका रुपमा आउँदा लिभरपुल लिगको दशौँ स्थानमा थियो। जसपछि क्लोपले आफ्नो ‘हेभ्भी मेटल फुटबल’ शैलीलाई अझ उचाइ दिए। 

लिभरपुलको चार सिजनमा दुई पटक चौथो, एक पटक दोस्रो स्थानमा रहँदै क्लोपले यो सिजन त उपाधि नै जिताए। जसमा क्लोपले मोहम्मद सलाह र सडियो माने जस्ता खेलाडीलाई आफ्नो योजना अनुरुप प्रयोग गर्न सक्ने ठूलो गुण देखाए। 

क्लोपको समयअघि आएका रोबर्टो फर्मिनोमाथिको उनको विश्वास र योजना पनि विशेष देखियो। तीन सिजनभन्दा कम समयमा ती तीन खेलाडीले २ सय ११ गोल गरेका छन्। जसमा सलाहको ९२, मानेको ६५ र फर्मिनोको ५४ गोल छ। गोलबाहेक पनि गोलकिपर एलिसन र सेन्टर ब्याक भर्जिल भ्यान डाइकको शैलीलाई नदेख्न मिल्दैन। त्यसबाहेक पनि फेरिएका जोर्डन हेन्डरसन र युवा खेलाडी एलेक्जेण्डर आर्नोल्ड त छँदैछन्। 

त्यो सबैका पछाडि क्लोपको उत्कृष्ट योजना। हुन पनि उनी आफ्नै खेलाडीहरुसँग शतप्रशित हुन्छन्, सँगै शतप्रतिशत बाँच्छन्। योजना बनाउँछन् र त्यसको कार्यान्वयन गर्छन्। निर्णय लिन्छन् र पूरा गर्छन्। समयको ख्याल गर्छन् र सबैलाई समय अनुसार नै चलाउँछन्। यसैले उनी सच्चा नेतृत्वकर्ता देखिएका छन्। यसैले त क्लब आएकै दिन उनले भने जस्तै अहिले विश्वासमा बदलिएको छ शंका।

यो पनि पढ्नुहोस्

मोहम्मद सलाहबारे - जो आत्मविश्वासमा उठेसोमबार, असार १, २०७७

 

प्रकाशित मिति: शुक्रबार, असार १२, २०७७  १३:३५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
ऋग्वेद शर्मा
नेपाल लाइभका वरिष्ठ संवाददाता शर्मा खेलकुद, फिचर र फोटो पत्रकारितामा रुचि राख्छन्।
लेखकबाट थप
रंगशालामा ओली ‘स्टन्ट’
गोलमा कमजोर खेलाडी, जवाफमा आक्रामक प्रशिक्षक
सहरमा मान्छे हिँड्छन् पनि!
सम्बन्धित सामग्री
जनकपुरधाममा जनकपुर बोल्ट्सको ट्रफी परेड निर्माणाधिन रामजानकी बहुउदेश्यीय रंगशालाबाट निकालिएको ट्रफी परेड थापा चोक हुँदै पिडारीचोक, रामानन्दचोक, बजरंगचोक, भ्रमरपुराचोक, जिरो... शुक्रबार, पुस १२, २०८१
एनपीएल : क्रिकेट मैदानमा जमेका डाक्टर त्यसअघिको जनकपुरबिरुद्धको खेलमा उनले ‘प्लेयर अफ द म्याच’ नै भएका थिए। गत बुधबार भएको खेलमा दुई विकेट र १७ रन बनाएका पाण्डे ‘प्लेयर अ... आइतबार, पुस ७, २०८१
जसका दुवै सन्तान ‘एनपिएलका’ विजेता र उपविजेता बने ! काठमाडौँको कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा शनिबार भएको फाइनल खेलमा समा प्रवीनको कोखबाट जन्मिएक... आइतबार, पुस ७, २०८१
ताजा समाचारसबै
संसद् विघटनविरुद्ध कांग्रेसको रिटमा कारण देखाऊ आदेश बुधबार, पुस २, २०८२
श्रम संस्कृति पार्टीले उपाध्यक्ष देवराज लामालाई गर्‍यो निलम्बन बुधबार, पुस २, २०८२
मतदान सकिएको दुई घण्टाभित्र नतिजा आउने बुधबार, पुस २, २०८२
सुनको मूल्य सामान्य बढ्यो बुधबार, पुस २, २०८२
‘टनकपुर ब्यारेजबाट नेपालतर्फ पानी छाड्न भारतसँग समन्वय भइरहेको छ’ : ऊर्जा मन्त्री घिसिङ बुधबार, पुस २, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
ओली प्यानलबाट रघुजी पन्त उपाध्यक्षका उम्मेदवार मंगलबार, पुस १, २०८२
ओलीको समूहमा समेटिए सुहाङ नेम्वाङ र अमित लामा मंगलबार, पुस १, २०८२
ओलीको साथ छोड्दै ईश्वर प्यानलको सचिवमा समेटिए अग्नि खरेल मंगलबार, पुस १, २०८२
एमाले महाधिवेशन : मतदान बुधबार बिहान ८ बजेदेखि मंगलबार, पुस १, २०८२
हर्क साम्पाङको पार्टीका उपाध्यक्ष पक्राउ, बबरमहल विस्फोटको घटनामा बसिसकेका थिए जेल मंगलबार, पुस १, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
ज्येष्ठ नागरिक स्वास्थ्य सेवाः अझै छैन सरकारको प्राथमिकतामा लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
महेश बस्नेत भन्छन्– प्रधानमन्त्री कार्की र पूर्वराष्ट्रपति भण्डारीले ओलीलाई गिरफ्तार गर्ने सल्लाह गरे बिहीबार, मंसिर २५, २०८२
एमाले महाधिवेशन: नेतृत्व लिन होड, ज्ञवाली र शाक्यद्वारा सक्रिय राजनीतिबाट सन्यास आइतबार, मंसिर २८, २०८२
सरकार र जेनजीबिच भएको सहमतिका यी हुन् दश बुँदा :  ‘नो भोट’ देखि सम्पत्ति छानबिनसम्म (पूर्णपाठ) बुधबार, मंसिर २४, २०८२
एमाले महाधिवेशनः ईश्वर प्यानलबाट सुरेन्द्र पाण्डे महासचिवका उम्मेदवार, गोकर्ण उपाध्यक्ष र योगेश उपमहासचिव सोमबार, मंसिर २९, २०८२
एनपीएल २ : क–कसले के जिते? शनिबार, मंसिर २७, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्