नवलपुर– सन् १९७० देखि नै दुर्लभ मानिएको अति संकटापन्न जीव घडियाल गोहीको संरक्षणका लागि नेपालमै पहिलोपटक नवलपुरको रजहरमा घडियाल काव्य उत्सव गर्न लागिएको छ।
‘प्रकृतिसँग साहित्य, घडियाल काव्य उत्सव’ आगामी वैशाख ७ र ८ गते गर्ने तयारी अन्तिम चरणमा पुगेको आयोजक ह्याप्पी एफएम, नवलपरासीले जनाएको छ।
अति संकटापन्न जीव घडियाल गोहीको साहित्यमार्फत संरक्षणका लागि ‘प्रकृतिसँग साहित्य’ भन्ने मूल नारासहित घडियाल काव्य उत्सवको आयोजना गरिएको ह्याप्पी एफएमका प्रबन्ध निर्देशक दीपेश कडरियाले बताए।
नवलपुरको पर्यटन सम्भावनालाई उजागर गरी साहित्यमार्फत घडियाल गोहीको प्रचारप्रसार गर्दै संरक्षणमा निरन्तरता दिने काव्य उत्सवले लक्ष्य लिएको छ।
नेपाली साहित्यको श्रीवृद्धि र सम्वद्र्धनमा टेवा पुर्याउने, ओझेलमा परेका साहित्यकारलाई एउटै थलोमा जोड्ने वातावरण बनाउनु र नयाँ पुस्तालाई साहित्यको क्षेत्रमा थप अगाडि ल्याउने वातावरणको सिर्जना गर्ने कार्यक्रमको लक्ष्य रहेको छ।
कार्यक्रममा प्रदेश ४ का १ सय भन्दा बढी साहित्यकारहरुले आफ्नो रचना वाचन गर्ने एफएमका कार्यक्रम संयोजक आदर्श सुशिलले जानकारी दिए। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।