• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, माघ १९, २०८२ Mon, Feb 2, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अटो

लकडाउनपछि अवसर बन्दै मोटरसाइकल बिक्री

सामाजिक दुरी कामय गर्नुपर्ने भएकाले निजी सवारीको बिक्री बढ्ने अपेक्षा
64x64
शिव बोहरा मंगलबार, असार ९, २०७७  १६:१९
1140x725

काठमाडौं- लकडाउनपछि सहज हुँदै गएको जीवनशैलीमा सामाजिक दुरी कायम गर्नुपर्ने अवस्था भएकाले निजी सवारीको प्रयोग बढ्ने अपेक्षा व्यवसायीहरूले गरेका छन्। बजारमा चहलपहल बढ्न थालेपनि तत्काल सार्वजनिक यातायात सञ्चालन हुने अवस्था देखिएको छैन भने संचालन भएकै अवस्थामा पनि कोरोना भाइरसको संक्रमण हुने त्रासका कारण सार्वजनिक यातायातको प्रयोग कमै हुने अवस्था देखिन्छ। अतः निजी सवारीसाधन नै उपयुक्त विकल्प बन्ने अनुमान धेरैको छ। 

दुईपांग्रे सवारी बिक्रेताहरुले लकडाउन खुकुलो भएसँगै विभिन्न स्किम, उपहार योजना र फाइनान्सको सुविधाका योजना ल्याउन थालेका छन्। लकडाउन पूरा खुलेपछिबाट उपभोक्तासँग नगद कम भएको अवस्थामा सवारी बिक्रेता कम्पनीले नगद छुट, सहुलियत दरको ब्याज तथा किस्ता तिर्न सक्ने व्यवस्था गर्दै निजी सवारीको उपभोगलाई प्रोत्साहन गर्न थालेका छन्। 

मोटरसाइकल कम्पनीहरू बजाज, टिभिएस, यामाहा, सुजुकी, होन्डा, हिरोलगायतले छुटको आकर्षक योजना सार्वजनिक गरिरहेका छन्। कम्पनीहरुले शून्य प्रतिशत डाउन पेमेन्टदेखि शून्य प्रतिशत ब्याजदरमै मोटरसाइकल उपलब्ध गराउने योजना ल्याएका हुन्। यो अफरसँगै धेरैजसो कम्पनीले नगद छुटको योजना पनि सार्वजनिक गरेका छन्।
 

कोरोना संक्रमणबाट जोगिन सामाजिक दुरी कायम गर्नुपर्ने भएपछि सार्वजनिक सवारीको साटो निजी सवारीको प्रयोग बढ्ने अपेक्षा दुईपांग्रे सवारी बिक्रेताहरुले गरेका छन्। तत्काल सार्वजनिक सवारी सञ्चालनमा आइहाल्ने अवस्था नरहेको र सामाजिक दुरी कायम गर्नुपर्ने अवस्था भएकाले कामकाजीहरुले दुईपांग्रे सवारी खरिद गर्ने अपेक्षा व्यवसायीको छ। चारपांग्रे सवारी तुलनात्मक रुपमा महँगो भएकाले निजी सवारी प्रयोग गर्न चाहने धेरैको रोजाइमा दुईपांग्रे सवारी नै पर्ने बिक्रेताहरुको अनुमान छ। 

समग्र रुपमा पोस्ट लकडाउनको अवस्थामा मोटरसाइकल तथा स्कुटरको बजार सकारात्मक हुने देखिएको नेपालका लागि टिभिएसको आधिकारिक बिक्रेता जगदम्बा मोटर्सका उपाध्यक्ष दीपक अग्रवालले बताए। ‘स्कुटर र सस्तो सेगमेन्टका मोटरसाइकलको माग बढी छ,’ उनले भने, 'अधिकांशको चासो फाइनान्समा रहेको पाएका छौं। यसले केही समस्या ल्याउन सक्छ। यद्यपि बजार चलायमान हुने अपेक्षा गरेका छौं।’ सार्वजनिक सवारी चलाएपनि सोसल डिस्टेन्सिङ कायम गर्ने कुरामा दुईपांग्रेलाई नै रोज्ने देखिएको उनको भनाइ छ। 

लकडाउन आंशिक रुपमा मात्र खुलेकाले बजारको अवस्था कस्तो हुन्छ भन्ने यकिन गरेर भन्न सकिने अवस्था आइनसकेको एमएडब्लू टु ह्विलर डिभिजनका मार्केटिङ प्रमुख विक्रम पौडेलले बताए। ‘अवस्था अन्यौल नै छ। हामी सकारात्मक हुनु नै पर्छ,’ उनले भने, ‘चारपांग्रे सवारी महँगो भएकाले दुईपांग्रे तर्फ नै उपभोक्ता आकर्षित हुने देखिन्छ।’ तर आम मानिसमा लामो समयको लकडाउनले नगद अभाव भएकाले बजार धेरै नै उत्साहित हुन्छ जस्तो नलागेको पौडेलले बताए।  

‘काम गर्नु पर्ने र सुरक्षित हुनुपर्ने नै छ मानिसहरुलाई। सार्वजनिक सवारीलाई प्राथमिकता कम दिने देखिन्छ,’ पौडेलले भने, ‘यो अवस्थामा दुईपांग्रेको बिक्री बढ्ने अनुमान गर्न सकिन्छ।’ दुईपांग्रे सवारीमा पनि सेगमेन्टमा अनुसार बढ्ने अनुमान छ। यसमा स्कुटर र सस्तो सेगमेन्टका मोटरसाइकलको बिक्री बढ्ने अनुमान गरिएको उनले बताए।  

Ncell 2
Ncell 2

संसारभर नै समस्या भएकाले तरलता अभाव हुने अवस्था छ। समग्रमा बजार बढ्ने नदेखिएपछि केही सकारात्मक प्रभाव पर्छ भन्न सकिने पौडेलले उल्लेख गरे। त्यस्तै बजाजका मोटरसाइकल खरिद गर्न चाहनेका लागि विभिन्न स्किम ल्याएको बजाजको नेपालका लागि आधिकारिक बिक्रेता हंसराज हुलासचन्द एन्ड कम्पनीकी एजिएम पुनम सिंहले बताइन्।

‘अन्तर्राष्ट्रिय बजारले जस्तै हामीले पनि कोरोना महामारीको संक्रमण न्यूनीकरण गर्न लकडाउन सहज बनाउँदै गएपछि दुईपांग्रे सवारीको बजार सकारात्मक हुने नै अपेक्षा गरेका छौं,’ उनले भनिन्, ‘लकडाउन पुरा खुलेपछि बजारको अवस्था विश्लेषण गर्न सकिन्छ।’ सार्वजनिक सवारी संक्रमणको जोखिम धेरै हुने स्थान भएकाले पनि मानिसहरुले निजी सवारीलाई प्राथमिकता दिने उनको भनाइ छ। निजी सवारी खरिदका लागि बजेट धेरै चाहिने भएकाले दुईपांग्रे सवारी नै रोजाइमा पर्छ भन्न सकिने सिंहले बताइन्। 

कोभिड-१९ को परिस्थितिका बीच सरकारले केही सहज बनाउँदै लगेको सार्वजनिक सवारी नचलेको र चलेपनि जोखिम बढ्ने भएकाले मोटरसाइकल नै उपभोक्ताको रोजाइमा पर्ने सुजुकी मोटरसाइकलको नेपालका लागि आधिकारिक बिक्रेता भिजी सुजुकीका मार्केटिङ हेड समित सिंहले बताए। ‘सार्वजनिक सवारी चलेको पनि छैन, र तत्काल चल्ने पनि देखिँदैन,’ उनले भने, ‘यस्तो अवस्थामा संक्रमणबाट बच्दै कामकाजमा जान मानिसहरुमा निजी सवारी चाहिन्छ भन्ने देखिएको छ।’ 

भिजी सुजुकीले मोटरसाइकल तथा स्कुटरको खरिदमा १५ हजार डिस्काउन्ट, पुराना मोटरसाइकलमा पनि त्यसको मूल्यांकन र १५ हजार छुट दिने व्यवस्था गरेको छ। त्यस्तै फाइनान्समा समेत १५ हजार छुट हुने व्यवस्था गरेको जनाएको छ। टिभिएसको मोटरसाइकल किन्दा १२ हजार रुपैयाँ र स्कुटरमा १० हजार रुपैयाँ नगद छुट दिएको छ। यससँगै शून्य फाइनान्समा मोटरसाइकल र स्कुटर किन्ने अफर पनि ल्याएको छ। अहिले डाउनपेमेन्ट मात्र गरेर मोटरसाइकल र स्कुटर किनेका ग्राहकले ६ महिनापछि मात्र बाँकी किस्ता तिर्न सक्ने व्यवस्था टिभिएसले गरेको छ। 

बजाजका मोटरसाइकलको खरिदमा १२ हजार छुट, २० प्रतिशत डाउन पेमेन्ट र ५० प्रतिशत डाउन पेमेन्ट गरे पुग्ने व्यवस्था गरिएको छ। शून्य प्रतिशत ब्याजदरमा ५० प्रतिशत डाउन पेमेन्ट गरेर बजाजको मोटरसाइकल खरिद गर्न सक्नेछन्। त्यस्तै बजाजले कोरोना विरुद्ध फ्रन्टलाइनमा काम गर्नेका लागि विशेष छुटको व्यवस्था समेत गरेको जनाएको छ। 

होन्डाका मोटरसाइकल एक रुपैयाँको डाउनपेमेन्टमा खरिद गर्न सकिने योजना आधिकारिक बिक्रेता स्याकर ट्रेडिङ कम्पनीले सार्वजनिक गरेको छ। कम्पनीका अनुसार ग्राहकले एक प्रतिशत ब्याजदरमा होण्डा मोटरसाइकल किन्न सक्नेछन्।   

यसैगरी यामाहा मोटरसाइकलको अधिकृत बिक्रेता एमएडब्लू इन्टरप्राइजेजले ‘असहज परिस्थिति सहज समाधान’ नारासहित फाइनान्सतर्फ विशेष योजना सार्वजनिक गरेको छ। शून्य ब्याजदरमा शून्य प्रतिशत डाउनपेमेन्टमा मोटरसाइकल खरिद गर्न सकिने अफर ल्याएको छ। कम्पनीका अनुसार ग्राहकले यामाहाको मोटरसाइकल खरिद गर्दा १० हजार रुपैयाँको छुट पाउन सक्नेछन्। 

नेपाली बजारमा बजाज, होन्डा, यामाहा, हिरो, टिभिएस, सुजुकीसहित रोष्ल इनफिल्ड, भेस्पा अप्रिलिया, केटिएम, बेनेलीजस्ता विभिन्न महँगा ब्रान्डका मोटरसाइकल समेत बिक्री हुँदै आएका छन्। कोभिडपछिको अवस्थामा १ सय ५० सिसीसम्मका मोटरसाइकल र स्कुटरको बिक्री बढ्ने व्यवसायीहरूको अनुमान छ।

प्रकाशित मिति: मंगलबार, असार ९, २०७७  १६:१९
  • #moterbike

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
शिव बोहरा
बोहरा नेपाल लाइभका वरिष्ठ संवाददाता हुन्।
लेखकबाट थप
चक्रपथको दोस्रो खण्ड विस्तार : महाराजगञ्जलाई छोडेर अन्यत्र काम अघि बढाउन चीनलाई आग्रह
मोटरसाइकल कार्यालयको आफ्नै भवन बन्‍न नदिन यातायात विभागको भाँजो
लय समात्‍ने प्रयासमा निर्माण क्षेत्र, रुग्ण आयोजना समस्यामै
सम्बन्धित सामग्री
यामाहाले गर्यो विशेष अफरहरू सहितको ‘यामाहा मेगा सर्भिस क्याम्प’ क्याम्प यहि फागुन १८ देखि २४ गतेसम्म देशभरका सबै यामाहा सेवा केन्द्रहरूमा आयोजना भएको छ । जसमा देशभरका यामाहा चालकहरूका लागि एक रोमा... मंगलबार, फागुन २०, २०८१
चारपाङ्ग्रे सवारीको आयातमा कमी, दुई पाङ्ग्रेको वृद्धि चालु आवको भदौ मसान्तसम्ममा वीरगञ्ज नाका हुँदै रु ४२ करोड ४० लाख दुई हजार मूल्यपर्ने दुई सय ३० वटा जिप, कार र भ्यान आयात भएको छ। आव २... बुधबार, असोज ९, २०८१
नाडा अटो सो: 'ब्रम्बी' गाडीमा विशेष छुट, डाक्टर र स्वास्थ्यकर्मीलाई थप अफर बीएडब्लुले बजारमा ल्याएको ब्रम्बी विद्युतीय गाडीमा नाडा ओटो सो अवधिभर गाडी बुकिङ गर्ने सबैलाई छुटको अवसर दिइएको छ। यसका साथै नेपाली... शुक्रबार, भदौ १४, २०८१
ताजा समाचारसबै
अमेरिकाले आक्रमण गरे क्षेत्रीय युद्ध सुरु हुने खामेनीको चेतावनी सोमबार, माघ १९, २०८२
यूएईले दियो दुई सय ६७ नेपाली कैदीलाई आममाफी सोमबार, माघ १९, २०८२
राष्ट्रपति रामचन्द्र पौडेल जापानमा सोमबार, माघ १९, २०८२
साफ महिला च्याम्पियनसिप : आज नेपालले भुटानसँग भिड्दै सोमबार, माघ १९, २०८२
आज यी प्रदेशमा हल्का वर्षा र हिमपातको सम्भावना सोमबार, माघ १९, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
१८ हजार ८०० सयले घट्यो सुन आइतबार, माघ १८, २०८२
एमालेका पूर्व राष्ट्रियसभा सदस्य नेकपामा प्रवेश आइतबार, माघ १८, २०८२
भारतले नेपाललाई ८ सय करोड भारु अनुदान दिने आइतबार, माघ १८, २०८२
पत्रकार दिनेश सिटौलाको निधन आइतबार, माघ १८, २०८२
१८ हजार ८०० सयले घट्यो सुन आइतबार, माघ १८, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
इरानका सात सहरमा विस्फोट, पाँचको मृत्यु, १४ जना घाइते आइतबार, माघ १८, २०८२
१८ हजार ८०० सयले घट्यो सुन आइतबार, माघ १८, २०८२
रवि लामिछानेको खुट्टामा चोट, अस्पताल भर्ना मंगलबार, माघ १३, २०८२
बालेनको घरको गेट फुटाइयो शनिबार, माघ १७, २०८२
गोली हानेर नियन्त्रणमा लिइएका लुटेरा सार्वजनिक बिहीबार, माघ १५, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्