एजेन्सी- स्टेजमा कार्यक्रम गर्दागर्दै ढलेका अमेरिकी कमेडियन डिएल ह्युलीमा कोरोना संक्रमण भएको पुष्टी भएको छ। शनिबार बेलुका नासभल्स जेनिस कमेडी क्लवमा स्ट्याण्डअप कमेडी गर्दागर्दै ढलेका उनलाई उपचारका लागि अस्पताल लगिएको थियो। अस्पतालमा उनमा परीक्षण गर्दा काेराेना पोजेटिभ आएको हो।
उनले आफ्नो परीक्षण पोजेटिभ आएकोबारे इन्स्टाग्राम अकाउन्टमा भिडियो सन्देश राखेर जानकारी दिएका छन्। सन्देशमा कोरोना भाइरसको लक्षण भनिने सास फेर्न गाह्रो हुने, खोकी लाग्ने, ज्वरो आउने, स्वाद र गन्ध हराउने कुनै पनि लक्षण नभएको बताउँदै परीक्षणमा भने कोरोना संक्रमण पोजेटिभ आएको उल्लेख गरेका छन्।
पछिल्लो समय कार्यक्रममा बढी व्यस्त हुँदा धपेडीका कारण उनी थाकेका थिए। उनी कार्यक्रम प्रस्तुत गर्दागर्दै स्टेजमै ढल्दा थकानका कारण हुनसक्ने आँकलन गरेका थिए उनका सहयोगीले। तर परीक्षणले नतिजा भने कोरोनाको दियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।