एजेन्सी- भारत चीनका बीचमा भइरहेको विवादका विषयमा प्रमुख प्रतिपक्ष भारतीय कांग्रेसका नेता राहुल गान्धीले भारतीय सञ्चार माध्यमप्रति आक्रोश पोखेका छन्। भारतीय सञ्चार माध्यमले गर्ने पत्रकारितामाथि पनि ‘बिकाउ मिडिया’को संज्ञा उनले दिएका छन्।
लद्दाखको दुई देशको सीमामा २० भारतीय जवान मारिएपछि सरकारमाथि प्रश्न उठाउनुपर्ने मिडियाले सेनामाथि उठाएकोप्रति आक्रोशित हुँदै गान्धीले बिक्री भएको मिडियाले भारत सरकारको सट्टा सेनाको किन बदनाम गर्दैछ? भनी प्रश्न सामाजिक सञ्जालमा तेर्स्याएका छन्।
गान्धीले रक्षामन्त्री राजनाथ सिंहसँग पाँच प्रश्न सोध्दै सञ्चार माध्यमको रवैयाप्रति पनि दुई बुँदामा प्रश्न उठाएका छन्। भारतीय सञ्चार माध्यमलाई ‘क्रोनी मिडिया’को संज्ञा दिएका छन्। गान्धीले प्रश्न सोधेका छन्‚ ‘तपाईं कहाँ लुक्नु भएको छ‚ तपाईंको क्रोनी मिडियाले सेनाको किन बदनाम गर्दैछन्? उनले टुइटरमा चीनको नाम नलेखेर किन भारतीय सेनाको अपमान गरेको, श्रद्धान्जली दिन किन दुई दिन लागेको, सैनिक मरिरहेका बेला किन र्यालीलाई सम्बोधन गरेर बस्नुभयो? जस्ता प्रश्न गान्धीले रक्षामन्त्री राजथानमाथि तेर्स्याएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।