काठमाडौ-एसएसपीको आकर्षक पदस्थापन मानिने महानगरीय अपराध महाशाखाको प्रमुखमा एसएसपी धिरजप्रताप सिंहको सरुवा भएको छ। गत आइतबार सिंहको महाशाखामा सरुवा भएको हो।
एसएसपी दिवेश लोहनीलाई महाशाखाबाट हटाएपछि सिंहलाई त्यहाँ सरुवा गरिएको हो।
आइतबार सरकारले उनलाई सरुवा गरेको हो। विभिन्न जिल्लामा रहदा सिंहले अपराध अनुसन्धानमा राम्रो काम गरेका छन्।
सिंह लामो समय काठमाडौं परिसरमा काम गरेकाले उनी यहाँको सुरक्षा चुनौतीबारे जानकार प्रहरी अधिकारी हुन्। हाल उनी संघीय प्रहरी इकाई बाग्मतीमा कार्यरत छन्।
३३ किलो सुन तस्करी र सनम शाक्य हत्या घटनाको अनुसन्धानमा चलखेल गरेको खुलेपछि महाशाखाका एसएसपी दिवेश लोहनीलाई हटाएपछि रिक्त रहेको महाशाखामा उनलाई सरुवा गरिएको हो। सिंह लोहनीकै ब्याचमेट हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।