• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज २३, २०८३ Fri, Oct 9, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

१३ वर्षमा १४ अर्ब खर्च : किसानको खेतबारी सुक्खा, सिक्टा सिँचाइ आयोजनाको प्रगति निराशाजनक

64x64
नेपाल लाइभ मंगलबार, वैशाख ४, २०७५  ००:२०
1140x725

नेपालगन्ज– बाँके जिल्लाको करिब ३४ हजार हेक्टरमा सिँचाइ सुविधा पुर्‍याउने उद्देश्यले सुरु भएको सिक्टा सिँचाइ आयोजनाको निर्माण कार्य सुरु भएको १३ बर्ष पुग्यो। तर नहरबाट बाँकेका किसानको खेतबारीमा अझै सिँचाइ सुविधा पुग्न सकेको छैन।

आयोजनाको हेड बक्स तथा मूल नहर निर्माण लगायतका संरचना निर्माणमा १४ अर्बभन्दा बढी खर्च भइसकेको छ। मूल नहरको पानी शाखा नहर हुँदै किसानको खेतबारीसम्म पुर्‍याउननका लागि निर्माण गर्न लागिएको डुडुवा शाखा नहर निर्माणमा भइरहेको ढिलासुस्ती र चरम लापरबाहीका कारण नहरको पानी किसानको खेतबारीमा कहिले पुग्छ भन्ने टुंगो लाग्न सकेको छैन।

सिक्टा सिँचाइ आयोजना अन्तर्गतको डुडुवा नहर प्रणालीबाट बाँकेको करिब १६ हजार हेक्टरमा सिँचाइ सुविधा पुग्छ। डुडुवा शाखा नहर निर्माणको काम सम्पन्न गर्नुपर्ने समय ७५ प्रतिशत सकिए पनि निर्माणको काम भने करिब २ प्रतिशत मात्रै पूरा भएको छ। निर्माणको काममा भएको ढिलाइका कारण सिक्टा नहरको पानी किसानको खेतबारीमा पुग्ने समय भने अनिश्चित बन्दै गएको हो।

ठेकेदार सभासदले काम नगर्दा नहर निर्माण अलपत्र
डुडुवा नहर प्रणाली निर्माणको काम कोष्टल/पप्पु जेभीले लिएको थयो । पप्पु कन्स्ट्रक्सन पर्सा क्षेत्र नम्बर ३ का निर्वाचित सांसद एवं संघीय समाजवादी फोरमका केन्द्रीय सदस्य हरिनारायण प्रसाद रौनियारको हो। पप्पु कन्स्ट्रक्सन लागत मूल्यभन्दा धेरै कम मूल्यमा धेरै ठाउँमा ठेक्का लिने, गुणस्तरीय काम नगर्ने, काम गरी हाले पनि समयमा काम नगर्ने जस्ता कारणले बदनाम छ।

नहर निर्माणको कामको काम लक्ष्य अनुसार नगरेको भन्दै आयोजनाले तत्काल काम सुरु गर्नका लागि निर्माण कम्पनीलाई पटकपटक ताकेता गर्नेदेखि पत्रिकामा सूचना प्रकाशित गर्दा पनि निर्माण कम्पनीले अटेर गरेपछि आयोजनाका कर्मचारीहरु हैरान भएका छन्। 

निर्माण कम्पनीको चरम लापरबाहीका कारण लक्ष्य अनुसारको काम हुन नसकेको जनाउँदै आयोजनाले २०७४ पुस ३० गते सिँचाइ विभागलाई पत्र लेखेर निर्माण कम्पनीलाई के गर्ने भनेर सुझाब मागे पनि सिँचाइ  बिभागले त्यस सम्बन्धमा कुनै निर्देशन दिएको छैन । सिँचाइ  बिभागको ढिलासुस्ती एब चरम लापरबाहीका कारण सिक्टा सिँचाइ आयोजनाको कामले गति लिन सकेको छैन।
निर्माण कम्पनी नै सांसदको भएका कारण सिँचाइ विभागले निर्माण कम्पनीमाथि कारबाहीको प्रकृया सुरु गर्न नसकेको जानकारहरु बताउँछन्।

आफ्नो पार्टी सरकारमा जाँदै गरेको र पार्टी सरकारमा गयो भने मन्त्री हुने पनि आफू नै भएको भन्दै रौनियारले सिँचाइ विभागका अधिकारीहरुलाई धम्काउदै कारबाहीको प्रकृया सुरु हुनबाट रोक्दै  आएका छन्।

निर्माण पूरा हुनेगरी काम पनि नगर्ने र काम पनि नछोड्ने रणनीति निर्माण कम्पनीले अवलम्बन गरेको छ।'काम गरेको छैन भनौं भने गरिरहेको छ, गरेको छ भनौं भने त्यही गतिमा काम हुने हो भने निर्माण सक्नुपर्ने अवधिसम्म १० प्रतिशत पनि काम पूरा हुन गाह्रो पर्ने अवस्था देखिएको छ', आयोजनाका सिनियर डिभिजनल इन्जिनियर प्रकाश कार्कीले बताए।

Ncell 2
Ncell 2
nimb
nimb

निर्माण कम्पनीको काम पनि नगर्ने र काम गर्ने समायावबधि भने सक्ने रणनीतिले डुडुवाको नहर निर्माणको काम पुरा हुन अझै थप २ बर्ष लाग्ने सम्भावना बढेको छ।

नहरको काममा ढिलाइ हुँदा सुक्का र खडेरीको मारमा परेका जनताले राम्रोसँग खेती गर्न पाएका छैनन। सिँचाइ सुविधा उत्पादन निक्कै कम हुने र खेती गर्दा लाग्ने लागत खर्च समेत उठाउन गाह्रो हुन थालेपछि किसानहरु खेतबारी बाँझै राख्न विवश छन्। सिँचाइ नहुँदा उत्पादन न्यून भई  खेतबारी बाँझै राख्नु पर्दा किसानहरुले वर्सेनी करौडौं नोक्सानी ब्यहोर्न बाध्य छन्। 

निर्माण व्यवसायी हुँदै सभासद् समेत बनेका रौनियारले कोष्टल/पप्पु जेभी मार्फत सिक्टा सिँचाइ  आयोजना अन्तर्गत डुडुवा नहर प्रणाली निर्माणको कामको ठेक्का लिएका थिए।

कोष्टल/पप्पु जेभीले ३२.२ किलोमिटर नहर निर्माण तथा सिक्टाको मुल नहरलाई डुडुवा शाखा नहरसँग जोड्ने संरचना निर्माण लगायतका काम गर्ने गरी ९८ करोड ८१ लाखमा १९ डिसेम्बर २०१८ सम्म काम सक्ने गरी ठेक्का लिएका थिए। सो संरचना निर्माण भएपछि त्यस क्षेत्रको १६ हजार हेक्टरमा सिँचाइ सुविधा पुग्ने इन्जिनियर कार्कीले बताए।

Xtrem

Xtrem

२०७३ जेठदेखि निर्माण कार्य सुरु गरी २०७५ पुुस ४ सम्म पूरा गर्ने मंसिर मसान्त तर निर्माण पूरा गर्ने अवधिको करिब ७५ प्रतिशत समय सकिए पनि निर्माण कम्पनीले करिब २ प्रतिशत मात्रै काम गरेर निर्माण कार्य रोकेका कारण आयोजनाको काम अपलत्र परेको छ।

निर्माण कम्पनीले नहर निर्माणका लागि ढुंगा गिट्टीको अभाव भएको, नहर क्षेत्रमा पर्ने रुखहरु नकाटिएको, नहर क्षेत्रको जग्गाको मुआब्जा वितरण समयमा नहुँदा समस्या भएको जस्तो कारण स–साना कारणहरुलाई देखाएर नहर निर्माणको काम नगरी उल्टै आयोजनासँग क्षतिपूर्ति दाबी गर्दै आएको छ। 

निर्माण कम्पनीले समयमै काम नगरेका कारण मूल नहर निर्माण भए पनि त्यस क्षेत्रका जनता सिँचाइ सुविधाबाट बन्चित भएका छन्। करिब १४ अर्ब खर्च गरेर बनाएको नहरको ब्यारेज तथा मूल नहर शाखा नहर निर्माण नभएका कारण लामो समयदेखि संचालन नभइ जीर्ण बन्दै गएको छ। किसानको खेतबारीमा सिँचाइ सुविधा नपुग्दै मूल नहर नै मर्मत तथा पुन निर्माणका लागि बर्सेनि करौडौ खर्च गर्नुपर्ने अवस्था आइसकेको छ।

एकातर्फ किसानहरुले करौडौं नोक्सानी बेर्होनु पर्ने अर्कोतर्फ आयोजनाको लागत वृद्धि भइ राज्यलाई थप व्ययभारभार बेहोर्नुपर्ने  बिडम्बनापुर्ण अवस्था उत्पन्न भए पनि कृषि उत्पादन ५ वर्ष ४ गुणा बढाउने (प्रधानमन्त्रीले राराबाट देशबासीका नाममा गरेको सम्बोधनको २३ नम्बर बुँदा )घोषणा गरेको सरकार भने रमिते बनेर टुलुटुलु हेरिरहेको छ। 

सिक्टालाई असफल पार्ने खेल कै कारण निर्माणमा ढिलाइ
सिक्टा सिँचाइ आयोजना भारत सरकारको असहयोगका कारण निर्माण सुरु सुरु हुने चर्चा चलेको करिब २६ बर्ष सम्म अलपत्र अबस्थामा रहेको थियो ।

भारतको असहयोगका बाबजुद आ ब २०६१/०६२ मा नेपाल सरकार आफ्नै लगानीमा  नेपाली प्राविधिकहरुबाट सुरु गरेको आयोजना हो। नदीको पानी बगेर खेर जाने तर खेतीयोग्य उर्बर जमिनमा सिँचाइ सुविधा नहुँदा वर्सेनी सुख्खा र खडेरीका कारण खाद्य संकटको सामना गर्नुपर्ने बिडम्बना पूर्ण अबस्थाको अन्त्य गर्ने उद्देश्यका साथ आयोजनाको काम सुरु भएको हो।  आयोजनाको मुख्य काम पुरा भई किसानको खेतबारीमा सिँचाइ सुविधा पुग्नै लागेका बेला  सिक्टालाई असफल पार्ने खेल अन्तर्गत नै काम नै गर्न नसक्ने भनेर बदनाम भएको निर्माण कम्पनीले ठेक्का पाएको र निर्माण कम्पनीले अनेकौ बाहनाबाजी गरेर काम नगर्दा पनि सिँचाइ  विभागका अधिकारीहरु रमिते बनेको दाबी जानकारहरुको छ।

सिक्टा असफल पार्ने खेलको मुख्य कारण 
सिक्टा असफल पार्ने खेल हुनुको मुख्य कारण भारतको चाहाना विपरित निर्माण कार्य सुरु हुनु नै भएको जानकारहरु बताउछन । सिक्टा सफल हुँनासाथ नेपालका तराई मधेसमा सिँचाइका ठूलाठूला आयोजना निर्माण हुने सम्भावना बढ्ने र त्यसका कारण नेपालका नदीहरुको पानीबाट नेपाली किसानहरुको खेतबारीमा सिँचाइ हुने र भारतका किसानहरुलाई पानीको अभाव हुने अवस्था उत्पन्न हुनसक्छ। त्यस्तो अवस्था आउन नदिन भारतले प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा खेल खेलेको हुनसक्ने जानकारहरु बताउँछन्।

सिक्टा सफल हुँदा के हुन्छ?
पहिलो चरणमा बाँकेको करिब ३४ र दोस्रो चरणमा ९ हजार गरेर करिब ४३ हजार हेक्टर क्षेत्रमा वर्षभरि नै भरपर्दोसिँचाइ सुविधा पुग्नासाथ उत्पादन र उत्पादकत्वमा करिब २ गुणा बृद्धि भई एकैसाथ ४६ हजार ७ सय १५ घरपरिवारका करिब ४ लाख ५० हजार जनता प्रत्यक्ष रुपमा लाभान्वित हुन्छन्।

नहर निर्माण भई किसानको खेतबारीमा सिँचाइ सुबिधा पुग्नासाथ सुक्खा र खडेरीको अन्त्य भई उत्पादन र उत्पादकत्व बृद्धि भई किसानहरुको आर्थिक सम्बृद्धिको ढोका खुल्ने सिक्टा सिँचाइ जल उपभोक्ता समिति, बाँकेका अध्यक्ष शालिकराम डाँगीले बताए। 

सिक्टामा लागनी र प्रतिफलको अवस्था 
निर्माण सुरु गर्दा करिब १२ अर्ब ८० करोडको लागतमा २०७० सालको माघसम्म नहरको मुख्य निर्माण कार्य पूरा गर्ने लक्ष्य राखिको थियो। तर  २०७४ सालको फागुन मसान्तसम्म करिब १४ अर्ब खर्च भइसक्दा पनि नहर निर्माणको काम भने करिब ५६ प्रतिशत मात्रै पूरा भएको छ।

समयमै लक्ष्य अनुसार काम हुन नसक्दा लागत दोब्बर वृद्धि भई २५ अर्ब २ करोड पुग्ने आब २०७६/७७ सम्म पुरा गर्ने लक्ष्य राखिएको छ। तर यस्तै शैली र गतिमा काम हुने हो भने लक्ष्य अनुसारको लागत र अवधिमा निर्माण पूरा हुने सम्भावना भने निक्कै न्यून छ।

प्रकाशित मिति: मंगलबार, वैशाख ४, २०७५  ००:२०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
रास्वपा पर्साद्वारा विजय सरावगीको सदस्यता खारेज गर्न माग
‘अवैध मार्ग’ हर्मुज हुँदै जाँदै गरेको ट्याङ्करमाथि प्रहार गरेको इरानको दाबी
एआइजी बंशीराज दाहाल बर्खास्त
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
रास्वपा पर्साद्वारा विजय सरावगीको सदस्यता खारेज गर्न माग शुक्रबार, असोज २३, २०८३
‘अवैध मार्ग’ हर्मुज हुँदै जाँदै गरेको ट्याङ्करमाथि प्रहार गरेको इरानको दाबी शुक्रबार, असोज २३, २०८३
एआइजी बंशीराज दाहाल बर्खास्त शुक्रबार, असोज २३, २०८३
‘लोकतान्त्रिक गणतन्त्रको रक्षार्थ पुनः पार्टीमा आबद्ध भएँ’ : विद्यादेवी भण्डारी शुक्रबार, असोज २३, २०८३
एन्फा अध्यक्ष र महासचिवलाई पक्राउ गर्न अदालतको आदेश शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
३० जनालाई उम्मेदवारी फिर्ता लिन आग्रह गर्दै थापाले भने– समय अझै बाँकी छ बिहीबार, असोज २२, २०८३
राष्ट्रपति पौडेलले जारी गरे अध्यादेश शुक्रबार, असोज २३, २०८३
यी हुन् मन्त्रिपरिषद् बैठकका ४ निर्णय शुक्रबार, असोज २३, २०८३
धादिङको गलौँदीमा सडक भासियो, मुग्लिन-काठमाडौं सडक पूर्ण अवरुद्ध शुक्रबार, असोज २३, २०८३
इनाम सापकोटाको बन्दी  निवेदन खारेज हुने सर्वोच्चको फैसला शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्