• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, मंसिर २७, २०८२ Sat, Dec 13, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

 सडकमा ओर्लंदै कांग्रेस

64x64
लिलु डुम्रे बिहीबार, जेठ २९, २०७७  १९:२८
1140x725
कांग्रेस केन्द्रीय समिति बैठक फाइल तस्बिर।

काठमाडौं- चैत ११ पछि लागू भएको लकडाउनलाई पूर्ण समर्थन जनाउँदै आएको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस लकडाउनको उत्तरार्द्धमा आइपुग्दा सरकारप्रतिको विश्वास गुमेको बताउन थालेको छ। सरकार बाहिर रहेर पनि संकटमा एकसाथ हुने प्रतिबद्धता कांग्रेसले लकडाउनको सुरुवाती महिनामा जनाएको थियो।

कोरोना संक्रमणसँग जुध्नका लागि सरकारी प्रभावकारितामा प्रश्न उठाउँदै कांग्रेसले आफ्नो पूर्व मान्यता त्यागेको छ। लकडाउनको समयलाई पूर्णतः परिपालन गरेको कांग्रेसले त्यसप्रति प्रश्न उठाएन। लकडाउनकै अवधिमा मेडिकल सामग्री खरिदमा भएको अनियमिततालाई कांग्रेसको विरोधको मुद्दा बनाएको थियो। विरोधको मुद्दा बनेपनि सडकमा उत्रने परिस्थिति नभएको भन्दै कांग्रेस संयमित नै थियो। सरकारको ‘असफलता’को ग्राफ बढ्दै गएसँगै कांग्रेसको असन्तुष्टिको पारो बढ्दै गएको छ।

कोरोना संक्रमण नियन्त्रण र रोकथामका लागि सरकारी कार्यमाथि प्रश्न उठाउन गत सोमबार कांग्रेसको केन्द्रीय समितिको बैठक बस्यो। उक्त बैठकले एकमतमा सरकारविरुद्ध उत्रने निर्णय गर्‍यो। ‘सरकारको गैर जिम्मेवारपन, अर्कमण्यता,असक्षमता र भ्रष्टाचार विरुद्ध सशक्त प्रस्तुत हुने’ बैठकले निर्णय गरेको थियो।

जनतालाई सरकारको बढी आवश्यकता अनुभूति हुनुपर्ने समयमा अभिभावक हुन नसक्नुलाई कांग्रेसले दुर्भाग्य भनेको छ। बैठकले गरेको निर्णयको जगमा कांग्रेसले आफ्नो सक्रियता अर्को दिनबाटै देखाउन सुरु गरेको थियो। मंगलबार बिहान वरिष्ठ नेता रामचन्द्र पौडेलको नेतृत्वमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई ध्यानाकर्षण गरेको कांग्रेसले सोही दिन संसद्‍बाट आक्रामक हुने सन्देश प्रवाह गर्‍यो। 

प्रधानमन्त्री ओलिलाई ध्यानाकर्षण पत्र हस्तान्तरण गर्दै कांगेस नेता रामचन्द्र पौडेल।

संघीय संसद, प्रदेश सभा, सबै जिल्लामा सक्रिय हुने जनाएको कांग्रेसले असार २ बाट सडक ओर्लने निर्णय बिहीबार गरेको छ। असार २ मा ७७ जिल्ला,सात प्रदेश र विदेशस्थित नियोगमा सरकारका विरुद्ध ज्ञापनपत्र बुझाउने प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी गराए। कोभिड १९ को महामारी नियन्त्रण, अल्पकालीन र दीर्घकालीन नकारात्मक प्रभाव न्यूनीकरण गर्न सरकारलाई कांग्रेसले पटकपटक ध्यानाकर्षण समेत गराएको छ। मंगलबार प्रधानमन्त्रीलाई भेटेर नै सरकारले तत्काल चाल्नुपर्ने कदमप्रति ध्यानाकर्षण गराएको थियो।

कांग्रेसले पटकपटक सर्तक बनाउँदा समेत सरकारले सुनेको नसुन्यै गरेको नेता गगन थापा बताउँछन्। ‘फागुन २३ गते सदनमा सार्वजनिक महत्वको प्रस्ताव गर्‍यौं। उच्च स्तरीय समितिलाई प्रस्ताव बुझायौं,’ उनले भने, ‘सरकारले न कांग्रेसको सुन्यो, न अदालतको सुन्यो, न प्रेसको सुन्यो, न नागरिकको सुझाव सुन्यो। नियन्त्रणमा रहँदारहँदै पनि आज हाम्रो यो अवस्था बनेको छ।’

सरकारलाई राज्यका हरेक अंगको अपार समर्थन र अनुकुलता रहेको समय सरकार गतिहीन भएको कांग्रेसको निष्कर्ष छ। अनुकूलतालाई अवसरमा परिणत गर्न नसकेको सरकारको अकर्मण्यता, असक्षमता, असंवेदनशीलताले संक्रमण विरुद्धको लडाईमा अनपेक्षित क्षति व्यहोर्नु परेको कांग्रेसको ठहर छ। समयमा उपयुक्त कदम सरकारले चालेको भए अहिलेको विषम परिस्थित कदाचित नआउने कांग्रेसको दाबी छ।

Ncell 2
Ncell 2

सरकारले कोरोना नियन्त्रणका लागि  लकडाउनको अतिरिक्त अन्य कार्य गर्न नसकेको कांग्रेसको निष्कर्ष छ। लकडाउन अवधिमा अस्पतालको क्षमता, गुणस्तर वृद्धि गर्ने तर्फ सरकारले पटक्कै ध्यान नदिएको आरोप लगाएको छ। अन्य रोगका विरामीहरुको स्वास्थ्य उपचारको उचित व्यवस्थापन हुन नसकेको कांग्रेसले जनाएको छ। निजी अस्पतालहरुलाई सरकारले उचित समन्वय गर्न नसकेको कांग्रेसले जनाएको छ।

पछिल्लो कांग्रेसको सक्रियताले कांग्रेस भ्रष्टचारको मुद्दालाई थप उचाल्ने देखिएको छ। ‘राष्ट्रिय विपत्त्तिको समयमा स्वास्थ्य सामग्री खरीदमा पटकपटक अनियमितता तथा भ्रष्टाचार भएको घटनाले सबै नागरिकलाई स्तब्ध बनाएको छ,’ कांग्रेसले भनेको छ, ‘कमिसनको कारणले सामग्री आपूर्तिमा ढिलो भएको छ। सरकारले दश अर्ब खर्च भएको भनेको तर सो अनुसार काम देखिएको छैन।’

कोभिड १९ नियन्त्रण गर्न सरकारले खर्च गरेको १० अर्ब र स्वास्थ्य सामग्रीमा भएको अनियमितता सार्वजनिक गर्न माग गरिएको छ। व्यवस्थापकीय कमजोरीमा कांग्रेसले सरकार विरुद्ध प्रश्न उठाएको हो।

क्वारेन्टाइन संचालन तथा व्यवस्थापनको मापदण्ड विपरीत क्वारेन्टाइन बनेको भन्दै आपत्ति जनाइएको छ। क्वारेन्टाइनको उचित व्यवस्थापन नभएका कारण क्वारेन्टाइनबाट नै संक्रमण फैलिने र मृत्यु हुने अवस्था आएको कांग्रेसले जनाएको छ। पिसिआर विधिबाट हालसम्म जम्मा ०.३२ प्रतिशतको मात्रै परीक्षण गरिएको भन्दै परीक्षणको गति प्रति प्रश्न उठाइएको छ।

रोल्पामा बनाइएको क्वारेन्टाइन।

कोरोना पोजिटिभ देखिएर लक्षण नदेखिएको तीन दिन भित्र घर फर्काउने सरकारी निर्णय प्रति कांग्रेस असन्तुष्ट देखिएको छ। लक्षण नदेखिएका कोरोना संक्रमितलाई १४ दिनको भर्नापछि पुनः परीक्षण नै नगरी संक्रमणमुक्त घोषणा गर्ने सरकारी निर्णय नै समुदायमा कोरोना संक्रमण फैलाउन उद्यत रहेको कांग्रेसको भनाइ छ।

‘परीक्षण किटको व्यवस्था र प्रयोगशालाको क्षमता वृद्धि गर्न नसक्ने तर पोजेटिभलाई परीक्षण नै नगरी संक्रमणमुक्त घोषणा गरी घर पठाउने सरकारको निर्णय जनस्वास्थ्यप्रतिको असंवेदनशीलताको पराकाष्ठा हो,’ कांग्रेसले भनेको छ। 

सरकार विरुद्ध ‘देखिने र सुनिने’ कांग्रेसका रुपमा सक्रियता देखाएको प्रमुख प्रतिपक्षी दलले सरकारका कार्यको सुक्ष्म निगरानी समेत गर्ने भएको छ। कोभिड-१९ को कारण उत्पन्न परिस्थितिको अनुगमन गर्न सहमहामन्त्री डा. प्रकाशशरण महतको संयोजकत्वमा समिति गठन गरिएको छ। कांग्रेसले सरकारसँग जवाफ मागेर मात्रै नबस्ने नीति अख्तियार गर्ने भएको छ।

सरकारको प्रभावकारिताप्रति अनेक प्रश्न विगतमा उठाएको तर अब जवाफसहित परिणाम खोज्न लागेको नेता थापाले बताए। ‘हामी जवाफ मागेर मात्रै अब बस्दैनौं। थपक्क बोलेर थपक्क बस्ने दिन अब गए,’ नेता थापाले भने। 

विदेशमा रहेका मानिसहरूलाई घर फर्काउने क्रममा सरकारले बढी समस्या र जोखिममा रहेकालाई प्राथमिकता नदिएको कांग्रेसको ठहर छ। सत्तापक्षीय राजनीतिक भनसुनका आधारमा विदेशबाट उद्धार गर्ने प्रयत्न भइरहेको कांग्रेसले आरोप लगाएको छ। मानवीय भावनाले उद्धार गर्न सरकार चुकेको कांग्रेसको आरोप छ।

प्रकाशित मिति: बिहीबार, जेठ २९, २०७७  १९:२८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
लिलु डुम्रे
नेपाल लाइभका वरिष्ठ संवाददाता डुम्रे समसामयिक र राजनीतिक बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
यस्तो छ एमसीसी अनुमोदनका लागि मन्त्रिपरिषद्ले पारित गरेको १२ बुँदे व्याख्यात्मक घोषणा [पूर्णपाठ]
एमसीसी अनुमोदन गर्दाको हिस्सेदार एमालेलाई पनि बनाउने प्रयत्नमा देउवा
२०७४ मा सर्वाधिक विवादित भरतपुर महानगरको नेतृत्वमा गठबन्धनबाट ‘कांग्रेसकै दाबी’
सम्बन्धित सामग्री
एमाले अध्यक्षमा उम्मेदवारी घोषणा गरेका ईश्वर पोखरेल समूहको युवा भेला नेकपा एमाले ११ औं महाधिवेशनको संघारमा आइपुग्दा अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल समूहले गतिविधि तीव्र पारेका छन... शुक्रबार, मंसिर २६, २०८२
नुवाकोट-१ बाट चुनाव लड्ने काँग्रेस प्रवक्ता महतको घोषणा महाराजगञ्जमा शुक्रबार बिहान पत्रकारहरूसँगको छलफलका क्रममा प्रवक्ता महतले भने, ‘नुवाकोट–१ बाट निर्वाचन लड्छु । क्षेत्रीय समितिले सर्व... शुक्रबार, मंसिर २६, २०८२
मन्त्रिपरिषद् विस्तार हुँदै, को–को बन्दै छन्? श्रद्धालाई महिला तथा बालबालिका, चौलागाईं वन, भण्डारीलाई श्रम र इङ्नाम भूमि मन्त्रालयको जिम्मेवारी दिने तयारी छ । नयाँ मन्त्रीको शपथ... शुक्रबार, मंसिर २६, २०८२
ताजा समाचारसबै
उपरथीमा विशेष बढुवा भएकालाई प्रधानसेनापतिद्वारा दर्ज्यानी चिह्न प्रदान शुक्रबार, मंसिर २६, २०८२
राष्ट्रिय सहमतिबाटै राजसंस्था पुनर्स्थापित हुनुपर्छ : राप्रपा शुक्रबार, मंसिर २६, २०८२
शीतल निवासमा नवनियक्त ४ मन्त्रीले लिए शपथ शुक्रबार, मंसिर २६, २०८२
अहिलेको अवस्थाबाट निकाश पाउन निष्पक्ष निर्वाचन सम्पन्न हुनुपर्छ : राष्ट्रपति पौडेल शुक्रबार, मंसिर २६, २०८२
एमाले अध्यक्षमा उम्मेदवारी घोषणा गरेका ईश्वर पोखरेल समूहको युवा भेला शुक्रबार, मंसिर २६, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
महेश बस्नेत भन्छन्– प्रधानमन्त्री कार्की र पूर्वराष्ट्रपति भण्डारीले ओलीलाई गिरफ्तार गर्ने सल्लाह गरे बिहीबार, मंसिर २५, २०८२
एमाले अध्यक्षमा उम्मेदवारी घोषणा गरेका ईश्वर पोखरेल समूहको युवा भेला शुक्रबार, मंसिर २६, २०८२
जाहेरवालाका वकिल न्यायाधीशको आफन्त परेपछि रवि-छविको मुद्दा हेर्न नमिल्नेमा बिहीबार, मंसिर २५, २०८२
मन्त्रिपरिषद् विस्तार हुँदै, को–को बन्दै छन्? शुक्रबार, मंसिर २६, २०८२
कुलमान र हितेन्द्रबीच भेट बिहीबार, मंसिर २५, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
ज्येष्ठ नागरिक स्वास्थ्य सेवाः अझै छैन सरकारको प्राथमिकतामा लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
यस्ता छन् मन्त्रिपरिषद्का निर्णयहरु मंगलबार, मंसिर २३, २०८२
महेश बस्नेत भन्छन्– प्रधानमन्त्री कार्की र पूर्वराष्ट्रपति भण्डारीले ओलीलाई गिरफ्तार गर्ने सल्लाह गरे बिहीबार, मंसिर २५, २०८२
अंशु गौतमको हत्या अनुसन्धानका लागि छिमेकी पक्राउ आइतबार, मंसिर २१, २०८२
सरकार र जेनजीबिच भएको सहमतिका यी हुन् दश बुँदा :  ‘नो भोट’ देखि सम्पत्ति छानबिनसम्म (पूर्णपाठ) बुधबार, मंसिर २४, २०८२
मलाई जसरी पनि पक्राउ गर्नपर्‍यो भनेर प्रधानमन्त्री लाग्नुभएको छ : ओली शनिबार, मंसिर २०, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्