• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज २३, २०८३ Fri, Oct 9, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

चीनबाट चाँडै उच्चस्तरीय भ्रमणका लागि पहल गर्नेछु : परराष्ट्रमन्त्री ज्ञवाली

64x64
नेपाल लाइभ सोमबार, वैशाख ३, २०७५  ११:२२
1140x725

काठमाडौं– परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले दुई देशका राष्ट्राध्यक्षको उच्चस्तरीय भ्रमण गराउने वातावरण मिलाउनमा आफ्नो चीन भ्रमण केन्द्रित हुने बताएका छन्। 

सोमबार ६ दिने चीन भ्रमणमा जानुअघि पत्रकार सम्मेलन गर्दै ज्ञवालीले चिनियाँ राष्ट्रपति सि जिङपिङलाई पनि नेपाल भ्रमण गराउनेतर्फ भेट केन्द्रित हुने बताए। 

‘हामी असल छिमेकीको बीचमा हुने सम्बन्ध विस्तार गर्ने पक्षमा छौं,’ परराष्ट्रमन्त्री ज्ञवालीले भने, ‘त्यसका लागि दुई पक्षीय र बहुपक्षीय उच्चस्तरीय भ्रमण हुन जरुरी छ।’ 

चिनियाँ समकक्षी वाङ यीको निमन्त्रणामा मन्त्री ज्ञवाली चीन भ्रमणमा जान लागेका हुन्। 

आफ्नो भ्रमण प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणको मिति तय गर्ने नभई छलफलका लागि मात्र हुने भन्दै ज्ञवालीले दुवै देशका उच्च नेतृत्वले भ्रमण अहिलेको मुख्य चासो भएको बताए। भ्रमणमा यसअघि विभिन्न समयमा सम्झौता भएका परियोजनाको बारेमा पनि कुरा हुने ज्ञवालीको भनाइ छ। प्रधानमन्त्री ओलीको चीन भ्रमण यही वर्षभित्रै हुने भए पनि मिति भने टुंगो लाग्न बाँकी रहेको बताए।

‘यही वर्ष दुवै देशबाट उच्च राजनीतिक भ्रमण हुन्छ,’ ज्ञवालीले भने, ‘मिति टुंगिन भने अझै समय लाग्छ।’ 

नेपालको खास आवश्यकता र चासो रेल, पूर्वाधार र विद्युत निर्यातमा भएकाले त्यसको बारेमा भेटमा कुराकानी हुने उनले बताए। केरुङ लगायतका चीनसँग  जोडिने नाकाहरुमा पूर्वाधार विस्तार, ट्रान्समिसन लाइन र यातायात विस्तारका बारेमा उच्चस्तरीय छलफल उनले जानकारी दिए।

भुकम्पलगत्तै तीन बिलियन सहयोग दिने घोषणा भएको र त्यसका लागि निश्चित योजनाहरु छनौट भएकाले त्यसको लागि भ्रमणले थप सहजीकरण गराउने उनको भनाइ छ।

Ncell 2
Ncell 2
nimb
nimb

भ्रमणका क्रममा चिनियाँ समकक्षीसँगै उच्च राजनीतिक नेतृत्वसँग पनि भेट हुने उनले बताए। उनी चीन भ्रमणबाट ८ गते स्वदेश फर्कनेछन्।

तातोपानी नाका खुल्नेमा आशावादी 
चीनसँग व्यापार हुँदै आएको तातोपानी नाका छिट्टै खुल्नेमा आफू आशावादी रहेको मन्त्री ज्ञवालीले बताए। चिनियाँ पक्षसँग विभिन्न समयमा कुराकानी भएको र नेपाल–चीन सम्बन्धको ऐतिहासिक महत्व उक्त नाकाले बोक्ने भएकाले छिटै खुल्ने उनले बताए। 

२०७२ सालको भूकम्पपछि उक्त नाका बन्द रहेको छ। नाका खुल्ने कुरामा पछिल्लो पटक चीनसमेत सकारात्मक रहेको संकेत आफूले पाएको उनले बताए।

‘नेपालले तिनै चरणको चुनाव सम्पन्न गरेर संघीयतामा गएर काम गरिरहेको सन्देशसहित म बेइजिङ जाँदैछु,’ मन्त्री ज्ञवालीले भने, ‘भ्रमणका क्रममा दुई वर्षअघि चीनसँग भएका पारवहन लगायतका सम्झौताको पनि समीक्षा हुन्छ।’

Xtrem

Xtrem

बूढीगण्डकी अध्ययनमा
शेरबहादुर देउवा नेतृत्वको पूर्ववर्ती सरकारले गरेका केही निर्णय कार्यान्वयन गर्ने नगर्नेबारे अध्ययन भइरहेको परराष्ट्रमन्त्री ज्ञवालीले बताए। 

चिनियाँ कम्पनीसँग बूढीगण्डकी जलाशययुक्त आयोजनाको सम्झौता रद्द गर्ने पूर्ववर्ती सरकारको निर्णयबारे अध्ययन भइरहेको र यसमा उपयुक्त निर्णय लिइने बताए।

‘बूढीगण्डकी लगायत पूर्ववर्ती सरकारका अन्य निर्णयबारे अहिले अध्ययन भइरहेको छ, अध्ययन सकेर सरकारले उपयुक्त निर्णय लिन्छ,’ मन्त्री ज्ञवालीले भने, ‘यसपालिको मेरो भ्रमणमा बूढीगण्डकीको एजेन्डा छैन।’

गोरखा र धादिङमा पर्ने १२ सय मेगावाटको बूढीगण्डकी जलाशययुक्त आयोजना बनाउन पुष्पकमल दाहाल नेतृत्वको सरकारले चिनियाँ कम्पनी गेजुवालाई दिने निर्णय गरेको थियो। त्यतिबेला दाहाल सरकारमा नेपाली कांग्रेस पनि सहभागी थियो। आफ्नो पार्टी नै सम्मिलित सो सरकारले गरेको निर्णय देउवा सरकारले गत मंसिरमा उल्टाएर स्वदेशी लगानीमा नै बूढीगण्डकी बनाउने निर्णय गरेको थियो।

फागुन ३ गते बनेको केपी शर्मा ओली नेतृत्वको सरकारले यसअघि नै देउवा सरकारले गरेका दुई निर्णय कार्यान्वयन नगर्ने बताइसकेको छ।

देउवा सरकारले गरेको २०७२ को भूकम्प र बाढीपीडितलाई थप एक लाख राहत दिने निर्णय प्रधानमन्त्री कार्यालयको रेकर्डमा नरहेको र वृद्धभत्ता पाउने उमेर ६५ वर्ष कायम गर्नेबारे कार्यविधि नबनेकाले यी निर्णय कार्यान्वयन हुन नसक्ने सरकारले बताएको छ।

प्रकाशित मिति: सोमबार, वैशाख ३, २०७५  ११:२२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण
रास्वपा पर्साद्वारा विजय सरावगीको सदस्यता खारेज गर्न माग
‘अवैध मार्ग’ हर्मुज हुँदै जाँदै गरेको ट्याङ्करमाथि प्रहार गरेको इरानको दाबी
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
रास्वपा पर्साद्वारा विजय सरावगीको सदस्यता खारेज गर्न माग शुक्रबार, असोज २३, २०८३
‘अवैध मार्ग’ हर्मुज हुँदै जाँदै गरेको ट्याङ्करमाथि प्रहार गरेको इरानको दाबी शुक्रबार, असोज २३, २०८३
एआइजी बंशीराज दाहाल बर्खास्त शुक्रबार, असोज २३, २०८३
‘लोकतान्त्रिक गणतन्त्रको रक्षार्थ पुनः पार्टीमा आबद्ध भएँ’ : विद्यादेवी भण्डारी शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
३० जनालाई उम्मेदवारी फिर्ता लिन आग्रह गर्दै थापाले भने– समय अझै बाँकी छ बिहीबार, असोज २२, २०८३
राष्ट्रपति पौडेलले जारी गरे अध्यादेश शुक्रबार, असोज २३, २०८३
यी हुन् मन्त्रिपरिषद् बैठकका ४ निर्णय शुक्रबार, असोज २३, २०८३
धादिङको गलौँदीमा सडक भासियो, मुग्लिन-काठमाडौं सडक पूर्ण अवरुद्ध शुक्रबार, असोज २३, २०८३
इनाम सापकोटाको बन्दी  निवेदन खारेज हुने सर्वोच्चको फैसला शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्