मोहाली- आइपिएल क्रिकेटको अर्को रोमाञ्चक भिडन्तमा किंग्स इलाभेन पञ्जावले चेन्नई सुपरकिंग्सलाई हराएको छ। आइतबार अबेर राति सकिएको खेलमा पञ्जावले चेन्नईलाई ४ रनको झिनो अन्तरले पराजित गरेको हो।
पञ्जावले दिएको १ सय ९८ लक्ष्य पछ्याएको चेन्नईले ५ विकेटको क्षतिमा १ सय ९३ रन मात्र जोड्न सक्यो। चेन्नईको लागि कप्तान महेन्द्रसिंह धोनीले नटआउट ७९ रन जोडेपछि जितका लागि पर्याप्त हुन सके। अन्तिम ओभरमा जितका लागि १९ रन चाहिएको स्थितिमा धोनीले पहिलो पाँच मध्ये ३ बल डट खेलेका थिए। तेस्रो बल वाइड हुँदा उनले चौका प्रहार गरेका थिए। अन्तिम बलमा छक्का प्रहार गरेपनि जितका लागि पर्याप्त हुन सकेन।
चेन्नईका लागि अम्बाती रायादुले ४९, रविन्द्र जडेजाले १९ रन जोडे। ओपनद्वय सेन वाड्सन ११ र मुरली विजय १२ रनमा आउट भए। बलिङतर्फ पञ्जावका एन्ड्रियु टेले २ विकेट लिए। मोहित शर्मा र रविन्द्र आस्विनले १-१ विकेट हात पारे।
त्यसअघि पञ्जावले ७ विकेटको क्षतिमा १ सय ९७ रन जोड्यो। पञ्जावका लागि क्रिस गेलले ३३ बलमा ७ चौका र ४ छक्का मद्दतमा ६३ रन जोडे। अर्का ओपनर लोकेश राहुलले २२ बलमा ३७ रन जोड्दा पञ्जावले ८ ओभरमै ९६ रन जोडेको थियो। मंयक अग्रवालले ३० र करुण नयरले २९ रन जोडे। बलिङतर्फ चेन्नईका शार्दुल ठाकुर र इमरान ताहिरले २-२ विकेट लिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।