काठमाडौं- नयाँ बसपार्कको होटलमा युवतीको हत्या गर्ने एक युवकलाई प्रहरीले भारतबाट पक्राउ गरी ल्याएको छ। सल्यानमा गोपाल शर्मालाई प्रहरीले पक्राउ गरेको हो।
गत चैत २३ गते नयाँ बसपार्कको न्यू भुमेश्वर गेष्ट हाउसको २०३ नम्बर कोठामा एक युवती मृत भेटिएकी थिइन्। हात, खुट्टा र घाँटी बाँधिएको अवस्थामा उनको शव फेला परेको थियो। मृतक चितवन सौराहाकी रियाना भन्ने रिहा अधिकारी भएको खुलेको छ।
आपसी विवादमा शर्माले हत्या गरेको प्रहरीले जनाएको छ। हत्यापछि युवतीको समेत मोबाइल लिएर उनी भारत गएका थिए। प्रारम्भिक अनुसन्धानमा युवतीले गाली गरेपछि रिसको आवेगमा उनले हत्या गरेको खुलेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।