मंगलबारे– इलामको चुलाचुली गाउँपालिका कार्यालयमा गएराति बम विस्फोट भएको छ। अज्ञात समूहले प्रेसरकुकर बम विस्फोट गराएको हो।
कार्लायलको सभाहलमा प्रेसरकुकर बम विस्फोट गराइएको र सभाहलको निर्माणाधीन माथिल्लो तलामासमेत क्षति पुगेको कार्यकारी अधिकृत छवि खतिवडाले जानकारी दिए।
सभाहलको ८ वटा झ्यालका सिसा फुटेका छन् भने आल्मुनियमको सिलिङमा पूर्णरुपमा क्षति पुगेको बताइएको छ।
स्थानीय सरकारको मुख्यालयमा नै बम विस्फोटको घटनाले स्थानीय त्रसित छन्। घटनाका विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय इलामले बताएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।