• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, असोज २४, २०८३ Sat, Oct 10, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

नयाँ वर्ष २०७५ : कर्णालीका लागि सुखद् सुरुवात

64x64
नेपाल लाइभ शनिबार, वैशाख १, २०७५  ११:१६
1140x725

सुर्खेत– नयाँ वर्ष २०७५ को पूर्वसन्ध्यामै कर्णालीमा विशेष चहल पहल थियो। प्रधानमन्त्री केपी शर्मा ओलीसहित मन्त्रीहरु र अन्य थुप्रै विशिष्ट व्यक्तिको जम्बो टोली मुगुको रारा पुगेको थियो। त्यसैले पनि मुलुकको ध्यान कर्णालीमा केन्द्रित हुन पुग्यो।

नयाँ वर्षको पहिलो दिन बिहानै प्रधानमन्त्री ओलीले राराबाटै देशवासीका नाममा सम्बोधन गरे। यसले कर्णालीको चर्चा र त्यसप्रतिको चासो सर्वत्र छाएको छ। जुन, सबैभन्दा कान्छो प्रदेश कर्णालीका लागि नयाँ वर्षको सुखद सुरुवात बन्न पुगेको छ।

प्रधानमन्त्रीको सम्बोधनले मात्र होइन आजै प्रधानमन्त्रीले कर्णाली–रारा पर्यटन वर्षको उद्घाटन पनि गरेका छन्। जसले कर्णालीका लागि नयाँ वर्ष सुखद् र थप विशेष बनाएको चर्चा नागरिकतहमा चलिरहेको छ। यहाँका आमनागरिकमा नयाँ वर्षले समृद्धिको आशा जगाएको छ। 

पर्यटन वर्षले उत्साह

राराबाट देशवासीलाई सम्बोधनका क्रममा नयाँ वर्षको शुभकामना दिँदै प्रधानमन्त्री ओलीले भने, ‘नयाँ बर्षको पहिलो बिहानी प्रकृतिको यस अनुपम सिर्जना राराको आँगनमा उभिएर यहाँहरुलाई सम्बोधन गर्न पाउँदा निकै खुशी लागेको छ। रारा आफैंमा प्रतीक हो– हाम्रो प्राकृतिक सौन्दर्य र वैभवको, हाम्रो सम्भावना र भविष्यको।’

ओलीको सम्बोधन सुनेर ताली बजाइरहँदा कर्णालीबासीले कल्पना गरिरहेका छन्, प्रकृतिको त्यही अनुपम सिर्जना राराबाट नयाँ वर्षको पहिलो दिन सुभारम्भ भएको कर्णाली–रारा पर्यटन वर्ष २०७५ ले हाम्रो प्राकृतिक सौन्दर्य र वैभवको सदुपयोग गर्दै सम्भावनाले युक्त भविष्य सुन्दर बनेको। 

आर्थिक रुपमा गरिब, मानव विकास सूचकांकमा कमजोर, पूर्वाधार विकासमा पछाडि र काठमाडौंको सिंहदरबारबाट उपेक्षित क्षेत्र हो, कर्णाली। यहाँका अनुपम प्राकृतिक स्रोत र सम्भावनाहरुको सधैं ‘भजन’ गाएर तर त्यसको सदुपयोग नगरेर ‘गरिब’ बनेको प्रदेश हो, कर्णाली। स्थानीय उत्पादनले आत्मनिर्भर क्षेत्रलाई आयातित वस्तु र उत्पादनले विस्थापित गरी परनिर्भर बनाइएको प्रदेश पनि हो, कर्णाली। 

Ncell 2
Ncell 2
nimb
nimb

कर्णालीको विगतको यही विद्रुप विम्ब नयाँ वर्षले बदल्ने अपेक्षामा छन्, कर्णालीवासी। यहाँका नागरिकमा पर्यटन वर्षको घोषणाले उत्साह थपेको छ।
प्रदेश सरकारको तदारुकता

चुनावी वर्षको रुपमा बिदा भएको २०७४ ले तीन वटा चुनाव सम्पन्न गराउनुका साथै स्थानीय, प्रदेश र संघीय सरकार दिएर गएको छ। तीन वटै तहका सरकारले आफ्नो कार्यआरम्भ गरिसकेका छन्। मुलुकका सात वटा प्रदेश सरकारमध्ये कर्णाली एक मात्रै त्यस्तो प्रदेश हो, जसले प्रदेशको नाम र राजधानीको टुंगो लगाइसकेको छ। त्यो पनि निर्विवाद। प्रदेश सरकारले सुरुवातदेखि नै देखाएको तदारुकताले पनि यहाँका नागरिकमा आशाको सञ्चार गराएको छ। 

नयाँ वर्षसँगै सुरु भएको पर्यटन वर्ष कर्णालीको समृद्धिसँग जोडिएको विषय हो। प्रदेश सरकारले यसलाई पर्वकै रुपमा मनाउने तयारी गरेको छ। पर्यटन यहाँको अर्थतन्त्र बलियो बनाउने आम्दानीको प्रमुख स्रोतमध्येको एक हो। यो प्रदेशमा रारासहित शे–फोक्सुण्डो ताल, काँक्रेबिहार, बुलबुले ताल, पचाल झरना, त्रिपुरासुन्दरी मन्दिर, देउतीबज्यै मन्दिर लगायत दर्जर्नौ पर्यटकीय स्थल छन्। जसको संरक्षण, सम्वद्र्धन र प्रचार–प्रसार गरी आन्तरिक तथा वाह्य पर्यटकलाई आकर्षित गर्न सकेको खण्डमा प्रदेशले ठूलो धनराशि आर्जन गर्न सक्नेछ। 

पर्यटकको आगमनसँगै यहाँको स्थानीय उत्पादनले समेत बजार पाउनेछन्। र यसबाट नागरिकको आयआर्जनमा वृद्धि भई जीवनस्तरमा समेत सुधार आउनेछ। त्यसकारण पनि कर्णाली–रारा पर्यटन वर्ष सरकारको एउटा महत्वाकांक्षी योजना मात्र नभएर आम नागरिकको जनजीविकासँग प्रत्यक्ष प्रभाव राख्ने कार्यक्रम पनि हो। 

Xtrem

Xtrem

पूर्वाधार विकास हुँदै

विकट भौगोलिक अवस्थाबाट गुज्रिरहेको कर्णाली प्रदेशमा पूर्वाधार विकासको काम पनि धमाधम अघि बढ्दैछन्। २०७५ मा दीर्घकालीन महत्वका ठूला योजना सञ्चालनमा आउँदैछन्। 

नयाँ वर्षको पूर्वसन्ध्यामा शुक्रबार रारा किनारमा बसेको कर्णाली प्रदेश सरकारको मन्त्रिपरिषद बैठकले प्रदेशको समृद्धिसँग जोडिएका महत्वपूर्ण योजना सञ्चालन गर्ने निर्णय गरेको छ। बैठकले कर्णालीको समृद्धिसँग जोडिएका दीर्घकालीन योजनाहरु निर्माणका लागि केन्द्र सरकारलाई ध्यानाकर्षण समेत गराएको छ। केन्द्र सरकारसँगको पहलमा कर्णाली पर्यटन प्राधिकरण गठन गर्ने निर्णय बैठकले गरेको छ। एकीकृत रुपमा पर्यटन विकासका लागि कर्णाली पर्यटन प्राधिकरण गठन गर्ने निर्णय गरिएको हो। 

त्यसैगरी, सुर्खेतदेखि हुम्लाको हिल्सासम्म जोड्ने द्रूत मार्ग निर्माण गर्ने र त्यसलाई प्रधानमन्त्री द्रूर्तमार्ग नामाकरण गर्ने निर्णय पनि गरिएको छ। भेरी–कर्णाली करिडोर निर्माणका लागि केन्द्र सरकारसँग प्रदेश सरकारले पहल गरिसकेको छ। 

यस्तै, छिमेकी मुलुक चीनसँगको उत्तरी नाका खुलाउनका लागि पनि सरकारले पहल थासिकेको छ। मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले यसै वर्षभित्र हुम्लाको हिल्सा नाका सञ्चालनमा आउने बताइसकेका छन् भने अन्य दुई नाका पनि सञ्चालनका लागि पहल भइरहेको छ। यी नाका कर्णालीको विकास र समृद्धिका लागि अर्को महत्वपूर्ण आधार हुन्।

नागरिक अपेक्षा

प्रधानमन्त्री ओलीले आफ्नो सम्बोधनको अन्तिममा पुनः शुभाकामना दोहोर्याउँदै भनेका छन्, ‘हामी सबै एकताबद्ध भई नेपाललाई विकासको मार्गमा द्रूत गतिले अगाडि बढाउन सकौं...।’

नयाँ वर्षको सुखद् सुरुवातले प्रधानमन्त्री ओलीले भनेजस्तै कर्णाली विकासको मार्गमा द्रूत गतिले अगाडि बढ्ने अपेक्षामा छन् यहाँका नागरिक।

प्रकाशित मिति: शनिबार, वैशाख १, २०७५  ११:१६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण
रास्वपा पर्साद्वारा विजय सरावगीको सदस्यता खारेज गर्न माग
‘अवैध मार्ग’ हर्मुज हुँदै जाँदै गरेको ट्याङ्करमाथि प्रहार गरेको इरानको दाबी
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
रास्वपा पर्साद्वारा विजय सरावगीको सदस्यता खारेज गर्न माग शुक्रबार, असोज २३, २०८३
‘अवैध मार्ग’ हर्मुज हुँदै जाँदै गरेको ट्याङ्करमाथि प्रहार गरेको इरानको दाबी शुक्रबार, असोज २३, २०८३
एआइजी बंशीराज दाहाल बर्खास्त शुक्रबार, असोज २३, २०८३
‘लोकतान्त्रिक गणतन्त्रको रक्षार्थ पुनः पार्टीमा आबद्ध भएँ’ : विद्यादेवी भण्डारी शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
३० जनालाई उम्मेदवारी फिर्ता लिन आग्रह गर्दै थापाले भने– समय अझै बाँकी छ बिहीबार, असोज २२, २०८३
राष्ट्रपति पौडेलले जारी गरे अध्यादेश शुक्रबार, असोज २३, २०८३
यी हुन् मन्त्रिपरिषद् बैठकका ४ निर्णय शुक्रबार, असोज २३, २०८३
धादिङको गलौँदीमा सडक भासियो, मुग्लिन-काठमाडौं सडक पूर्ण अवरुद्ध शुक्रबार, असोज २३, २०८३
इनाम सापकोटाको बन्दी  निवेदन खारेज हुने सर्वोच्चको फैसला शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्