नयाँ दिल्ली- भारत उत्तर प्रदेश राज्यको औरया जिल्लामा दुई ट्रक एक आपसमा ठोकिँदा २४ मजदुरले ज्यान गुमाएका छन्। घटनामा कयौं मजदुर घाइते भएका छन्।
उनीहरुको उपचार नजिकैको अस्पतालमा भइरहेको छ। सबै मजदुर राजस्थानबाट आएका थिए। उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले घटनाप्रति चासो लिँदै जिल्ला प्रशासनका अधिकारीहरुलाई घटनास्थलमा पुगेर पीडितहरुको हरसम्भव राहत दिन निर्देशन दिएका छन्।
मुख्यमन्त्रीले मंडलायुक्त कानपुर र कानपुर क्षेत्रका प्रहरी महानिरिक्षकलाई घटनास्थल पुगेर अनुसन्धान गरी प्रतिवेदन पेश गर्न पनि निर्देशन दिएका छन्।
औरयाका डिएम अभिषेक सिंहका अनुसार यो घटनामा धेरै मजदुर बिहार, झारखण्ड र पश्चिम बंगालका रहेका छन्। घटनामा घाइतेहरुको उद्धार र गम्भीर घाइतेहरुको उपचार सैफइ मेडिकल कलेजमा भर्ना गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।