पोखरा- प्रदेश ४ ले पदाधिकारीहरुको सेवासुविधा सम्बन्धी विधेयक पारित गरेको छ। केन्द्र सरकारले पठाएको ‘प्रदेशसभाका पदाधिकारीको पारिश्रमिक तथा सेवा सुविधा सम्बन्धी नमुना विधेयकलाई केही परिवर्तन गर्दै शुक्रबार पारित गरेको हो।
पारित विधेयक अनुसार सभामुखले ५३ हजार रुपैयाँ तलब पाउनेछन्। सभामुखसँगै सबै पदाधिकारी र सदस्यले प्रत्येक बैठक भत्ताबापत ७ सय ५० रुपैयाँ पाउनेछन्।
उपसभामुख, विपक्षी दलका नेता र समितिका सभापतिलाई बराबर तलब र सुविधाको हुने पारित विधेयकमा उल्लेख छ।
उपसभामुख र विपक्षी दलको नेतालाई ५०/५० हजार र समिति सभापतिले ४९ हजार तलब पाउने विधेयकमा उल्लेख छ। दलका प्रमुख सचेतकले ४७ हजार र सांसदले ४५ हजार तलब पाउनेछन्।
सभामुखले आवास र सवारी साधनसँगै सञ्चारका लागि २ हजार, निजी सचिवालयका लागि २ हजार, इन्धन १ सय ५० लिटर, मोबिल १० लिटर, धारा, बिजुली बिल अनुसारको, दैनिक भ्रमण भत्ता २ हजार ५ सय रुपैयाँ पाउने विधेयकमा उल्लेख छ । अतिथि सत्कारका लागि ५ हजार रुपैयाँ पाउने पारित विधेयकमा उल्लेख छ। विधेयक पारित भएपछि अब यसले कानुनको रुप लिएको छ र उक्त सुविधा लागू हुनेछ।
सभामुखले राजपत्रांकित तृतीय श्रेणीका १ जना स्वकीय सचिव र १ जना कार्यालय सहयोगी सरकारी सुविधाबाटै राख्न पाउनेछन्। सभामुखले स्वदेश भ्रमणमा दैनिक २ हजार ५ सय रुपैयाँ र विदेश भ्रमणमा प्रतिदिन १ सय ७५ डलर भत्ताबापत पाउने विधेयकमा उल्लेख छ।
उपसभामुख, विपक्षी दलका नेता, समितिका सभापति, सचेतक र सदस्यले पनि इन्धन, अतिथि सत्कार, सञ्चार, स्वदेश तथा विदेश भ्रमण भत्ता लगायतको सुविधा पाउने भएका छन्।
राजपत्रांकित तृतीय श्रेणीको १ जना स्वकीय सचिव र १ जना कार्यालय सहयोगी पनि उपसभामुख र विपक्षी दलको नेतालाई दिइनेछ। सदस्यले पनि राजपत्र अंकित स्वकीय सचिव राख्न पाउने भएका छन्।
आन्तरिक मामिला तथा कानुनमन्त्री हरिबहादुर चुमानले चैत १६ गतेको बैठकमा पेश भई दफाबार छलफलपछि प्राप्त प्रतिवेदनलाई पारित गर्न संसदमा प्रस्ताव गरेका थिए।
दलहरुले पदाधिकारी कोको मान्ने भन्ने विषय प्रस्ट पार्न प्रदेशसभा नियमावली संशोधन गरेका थिए। नयाँ शक्ति र राष्ट्रिय जनमोर्चाले विधेयक पारित गर्न हुन्न भन्ने पक्षमा आवाज दिएका थिए।
यस्तो थियो केन्द्रको सुविधा प्रस्ताव-

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।