काठमाडौं- बैसाखदेखि लगानीकर्ताले घरमा नै बसेर इन्टरनेटबाट सेयर खरिद-बिक्री गर्न पाउने भएका छन्।
नेपाल धितोपत्र बोर्डले धितोपत्र दलाल व्यवसायी (ब्रोकर) लाई २०७५ को सुरुवातदेखि नै इन्टरनेटबाट सेयर खरिद-बिक्री गर्न सक्ने व्यवस्थ गर्न निर्देशन दिएको जनाएको छ। हाल प्रयोग गरिरहेको ब्रोकर ब्याक अफिस सफ्टवेयरमा इन्टरनेटमार्फत धितोपत्र कारोबार गर्न खरिद-बिक्री आदेश दिने व्यवस्था गर्न निर्देशन दिएको हो।
यसबाट लगानीकर्तालाई धितोपत्र खरिद-बिक्री गर्न ब्रोकर कार्यालयमा धाउनुपर्ने झन्झटबाट मुक्त हुने अपेक्षा बोर्डको रहेको छ। यस व्यवस्थाले कारोबारमा पारदर्शी र छिटोछरितो हुने बोर्डले जनाएको छ।
यसले नेप्सेले लागू गर्न लागेको आनलाइन कारोबार प्रणालीको लागि आधार तयार भएको बोर्डले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।