काठमाडौं- पाकिस्तान एकदिवसीय र टी २० क्रिकेट टिमको कप्तान बाबर आजमलाई बनाइएको छ। उनले कप्तानका रुपमा सर्फराज अहमदको स्थान लिएका हुन्।
पाकिस्तान टेस्ट टिमको कप्तानी भने अजर अलिले नै गर्नेछन्। एकदिवसीय र टी २० का लागि आजमलाई २०२०-२१ को सिजनसम्मका लागि कप्तान बनाइएको हो।
आउने जुलाईदेखि सुरु हुने उनको समयमा ६ एकदिवसीय र २० टी २० खेल हुनेछन्। त्यसबाहेक पनि एसिया कप र टी २० विश्वकप क्रिकेट पनि हुनेछन्।
पाकिस्तानका मुख्य प्रशिक्षक मिसबाह उल हकले कप्तानका रुपमा बाबर आजमलाई बधाई दिएका छन्। बाबरले पाकिस्तानका लागि २६ टेस्ट र ७४ एकदिवसीय खेल खेलिसकेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।