काठमाडौं- अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसिसी)ले महिला विश्वकप छनोट २०२१ र यु १९ विश्वकप छनोट २०२२ युरोप डिभिजन टू का खेलहरु स्थगित गरेको छ। कोरोना भाइरस (कोभिड १९) को जोखिमका कारण खेलहरु स्थगित गरिएको आइसिसीले जनाएको छ।
महिला विश्वकप छनोटका खेलहरु श्रीलंकामा जुलाई ३ देखि १९ सम्म हुने तय थियो। जसमा १० टिमबाट तीन टिम विश्वकपमा पुग्नेछन्।
यस्तै यु १९ विश्वकप छनोट २०२२ युरोप डिभिजन टू का खेलहरु डेनमार्कमा जुलाई २४ देखि ३० सम्म हुने तय थियो।
स्थगित भएका दुवै प्रतियोगिता कहिले हुने भन्नेबारेमा अवस्थाको आँकलन गरेर आइसिसीले निर्णय गर्नेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।