नयाँ दिल्ली- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आत्मनिर्भर भारतका लागि २० लाख करोड भारु बराबरको आर्थिक प्याकेज घोषणा गरेका छन्। कोरोना प्रभावित अर्थतन्त्रलाई नयाँ बाटोमा लैजान र आत्मनिर्भर भारतका लागि यो प्याकेज घोषणा गरेका हुन्।
आफ्नो सम्बोधनमार्फत 'आत्मनिर्भर भारत अभियान'का लागि मोदीले कूल गार्हस्थ उत्पादनको १० प्रतिशत बराबरको प्याकेज घोषणा गरेका हुन्। 'हामीले साना र मझौला उद्योग तथा कृषि क्षेत्रमार्फत सुधारका कामलाई अघि बढाउनुपर्ने भएको छ,' मोदीले सम्बोधनमा भनेका छन्।
मोदीले आत्मनिर्भरताका पाँचवटा आधार हुने पनि बताएका छन्। यसका लागि अर्थतन्त्र, पूर्वाधार, प्राविधिक प्रणाली, जनसंख्या र माग तथा आपूर्ति प्रणाली महत्वपूर्ण हुने उनले बताए। संकटका बीच भारत नयाँ यात्रामा अघि बढेको पनि उनले सम्बोधनमा उल्लेख गरेका छन्।
मोदीले वित्तमन्त्री निर्मला सिथारमणले यसबारे बुधबारबाट विस्तृत जानकारी गराउने पनि बताएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।