काठमाडौं- कुमारी बैंकले २० प्रतिशत हकप्रद सेयर जारी गर्ने भएको छ।
उक्त हकप्रद सेयरको लागि २०७५ बैसाख १० गते सेयरधनी पुस्तिक बन्द (बुक क्लोज) हुने नेप्सेले जनाएको छ। तसर्थ उक्त हकप्रद सेयरमा आवेदन दिन चाहाने लगानीकर्ताले बैसाख ९ गतेसम्म सेयर खरिद गर्नुपर्छ।
बैंकले लगानीकर्तालाई १० बराबर २ को अनुपातमा ५ अर्ब ९६ करोड ९४ लाख रुपैयाँ बराबरको हकप्रद सेयर जारी गर्न लागेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।