एजेन्सी–भारतीय पूर्वप्रधानमन्त्री एवं कांग्रेस नेता मनमोहन सिंहलाई अस्पताल भर्ना गरिएको छ। छातिमा समस्या देखिएपछि उनलाई दिल्लीस्थित एम्समा भर्ना गरिएको एएनआइ समाचार समितिले जनाएको छ।
पूर्वप्रधानमन्त्री सिंह अस्पताल भर्ना भएको खबरलाई कांग्रेस प्रवक्ता जयवीर शेरगिलले पुष्टि गरेका छन्। उनले आफ्नो ट्वीटर ह्याण्डलबाट ट्वीट गर्दै मनमोहन सिंहको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन्। यस्तै, कांग्रेस पार्टीले समेत सिंहको स्वास्थ्य लाभको कामना गरेको छ।
यस्तै, राष्ट्रिय जनता दलका नेता लालूप्रसाद प्रसाद यादवले पनि पूर्व प्रधानमन्त्री सिंहको स्वास्थ्य लाभको कामना गरेका छन्।
मनमोहन सिंह सन् २००४ देखि २०१४ सम्म भारतका प्रधानमन्त्री थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।