एजेन्सी- चीन र भारतको सिमाना उत्तरी सिक्किममा भारतीय र चिनियाँ सेनाहरूबीच शनिबार तनाव उत्पन्न भएको छ। नकु ला सेक्टर क्षेत्रमा उत्पन्न भएको तनावको विषयलाई सार्वजनिक गर्न आर्मी हेडक्वार्टरले भने आनाकानी अस्वीकार गरेको छ।
‘४ जना भारतीय आर्मी र ७ जना चिनियाँ आर्मी घाइते भएका छन्। आमुन्ने सामुन्ने हुने क्रममा त्यसबेला दुवैतर्फका गरी करीब १ सय ५० जना सेना सहभागी थिए‚’ एक अधिकारीले भने।
सिमानामा भारतीय र चिनियाँ आर्मीबीच यसरी तनाव उत्पन्न भएको यो नै पहिलो पटक भने होइन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।